Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

माओवादीले तोक्यो पालिका इन्चार्ज र अध्यक्ष (नामसहित)

खबरडबली संवाददाता

खोटाङ । नेकपा (माओवादी केन्द्र)ले खोटाङका १० वटै स्थानीय तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । २२ र २३ भदौमा सम्पन्न माओवादी केन्द्रको जिल्ला कमिटीको विस्तारित बैठकले जिल्लाका सबै तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको हो । 

माओवादी केन्द्रले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा सुरेश राई, सहइन्चार्जमा विनोद आचार्य, जयप्रकाश राई, सन्तोष राई, माधव राई, विकास राई र बलराम राईलाई चयन गरेको छ । यस्तै, नगर कमिटी अध्यक्षमा बिसन राई र सचिवमा युगसन किरात चयन भएका छन् ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा जीवन राई 'संगीन', सहइन्चार्जमा हस्तबहादुर राई 'आमोद' र चइन्द्र राई 'आक्रोश', अध्यक्षमा राजुविक्रम चाम्लिङ र सचिवमा कुमार बुढाथोकी चयन भएका छन् । 

ऐँसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई इन्चार्ज, सृमबहादुर राईलाई सहइन्चार्ज, अगमसिंह राईलाई अध्यक्ष र रमेश राजभण्डारीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

रावाबेँसी गाउँपालिकामा भूमि अधिकारीले इन्चार्ज, लीला श्रेष्ठ 'सविन' र रामबहादुर राईले सहइचार्ज, राजन मगरले अध्यक्ष र सीता कटुवालले सचिवको जिम्मेवारी पाएका छन् ।

यस्तै, केपिलासगढी गाउँपालिकाको इन्चार्जमा रश्मि रसाइली, सहइन्चार्जमा रुद्र राई, अध्यक्षमा साङ्गे शेर्पा र सचिवमा जिज्ञासा चुनिएका छन् । 

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दीपक पाण्डे 'आकाश'ले इन्चार्ज, कल्पना चाम्लिङ, अजम्बर राई, लक्ष्मीकुमार राई र मेरु राईले सहइन्चार्ज, राजेन्द्र राईले अध्यक्ष र दीपक पौडेलले सचिवको जिम्मेवारी पाएका छन् ।

खोटेहाङ गाउँपालिकामा उदिम राई 'मुक्ति' इन्चार्ज, इन्द्र नाराथुङ्गे सहइन्चार्ज, दीपेन थुलुङ अध्यक्ष र धनबहादुर महाराजी सचिव बनाइएका छन् ।

बराहपोखरी गाउँपालिकामा निशाना राई इन्चार्ज, दुर्गाबहादुर राई सहइन्चार्ज, युवराज मगर अध्यक्ष र ताराकान्त राई सचिव बनेका छन् भने जन्तेढुंगा गाउँपालिकामा अरुणा राईले इन्चार्ज, वीरबल किराती र केदार राईले सहइन्चार्ज, बद्री राईले अध्यक्ष र विकास भट्टराईले सचिवको जिम्मेवारी पाएका छन् । 

यस्तै, साकेला गाउँपालिका इन्चार्जमा अर्जुनकुमार खड्का 'झंकार', सहइन्चार्जमा बिर्सिका राई, अध्यक्षमा नवीन राई र सचिवमा मोहन खत्री चयन भएका माओवादी केन्द्रले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुनाव जित्ने ‘वैज्ञानिक सूत्र’ खोज्न कांग्रेसको नयाँ ब्युरो, १७ जना सदस्य थपिए

काठमाडौं । नेपाली कांग्रेस ले अब चुनावलाई केवल भाषण र झन्डामात्रै होइन, “डाटा र रणनीति” बाट जित्ने तयारी थालेको दाबी गरेको छ । त्यसका लागि पार्टीको नि...

५० लाख बुझाएपछि पूर्वमन्त्री गुप्तालाई जेलबाहिर आउन बाटो खुला

काठमाडौं । घुस प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्ता लाई सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्व...

संसद्मा हर्कको हुटिङ, सभामुखको वार्निङः साम्पाङकाे अडान रहँदा अर्यालले देखाए नियम ३०

काठमाडौं । प्रतिनिधिसभा अहिले कानून निर्माणभन्दा बढी “पर्चा प्रदर्शन प्रतियोगिता” जस्तो देखिन थालेको छ । त्यसको केन्द्रमा छन् हर्क साम्पाङ । केही द...

काफल पोखेपछि आलोचना, पीडित महिलालाई नगरपालिकाले दियो १० हजार

सुर्खेत । वीरेन्द्रनगरमा नगर प्रहरीले काफल बेच्दै हिँडेकी महिलामाथि गरेको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि नगरपालिकाले पीडितलाई १० ह...

दुर्गा प्रसाईं पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौँ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर...

मुस्ताङको कागबेनी

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित धार्मिकस्थल कागबेनी, कालिगण्डकी करिडोर र पृष्ठभूमिमा आसपासका पहाड । तस्बिरः सुन्दरकुमार थकाली/रासस ...

ललितपुरमा नक्कली ‘ब्ल्याक लेबल’ कारखानामा छापा, चार जना पक्राउ

ललितपुर । सशस्त्र प्रहरी बलले ललितपुरमा सञ्चालन भइरहेको नक्कली ब्रान्डेड मदिरा उत्पादन केन्द्रमा छापा मारेर चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने...

वर्षासँगै पहिरोका कारण देशका मुख्य राजमार्गमा यातायात प्रभावित

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बनेका छन्। नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विव...

२२ वर्षपछि आर्सनल च्याम्पियन, सिटीको बराबरीले टुट्यो उपाधि खडेरी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले २२ वर्षपछि ऐतिहासिक उपाधि जितेको छ। लगातार तीन सिजन उपविजेतामा सीमित बनेको आर्सनलले अन्ततः लामो प्रतीक्षाको...

ट्रम्प फर्किएको चार दिनमै किन चीन पुगे पुटिन ?

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर फर्किएको चार दिनमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेका छन्। यो भ्रमणलाई विश्व ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending