काठमाडौं। निर्वाचन आयोगले एमाले र जसपाबाट विभाजित दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको समय मंगलबार अपरान्ह ५ बजे सकिँदैछ ।
सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसंगै नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) भदौ २ गते निर्वाचन आयोगमा दर्ता भएका थिए।
भदौ ९ गते आयोगमा उपस्थित भएर एमाले र जसपाका सांसद र केन्द्रीय सदस्यहरुले सनाखत गरेसँगै निर्वाचन आयोगले दुई नयाँ दललाई मान्यता दिएको थियो।
सरकारले संशोधन गरी जारी गरिएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगेमा दल विभाजन गर्न सकिने प्रावधान बमोजिम आयोगले स्थानीय तह र प्रदेशका जनप्रतिनिधिलाई २१ दिनसम्म दल रोज्न पाउने समयसीमा आज सकिदै छ ।
आयोगका अनुसार आजसम्ममा प्रदेश र स्थानीय तहका जनप्रनिधिले पुरानो दलबाट विभाजित भएर बनेको दल नरोजे र पछि रोज्न चाहेमा दल त्याग गरेको ठहरिने छ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आज अपरान्हसम्म देशभरबाट निर्वाचनमा आयोगमा सनाखत भएको आधारमा आयोगले छानविन गरी नामावली प्रकासन र अध्यावधिक गर्नेछ ।
सरकारले तत्कालिन एमालेका नेता माधव नेपाल र जसपाका नेता महन्थ ठाकुरको आग्रहमा चालु अधिवशेन अन्त्य गरी साउन अन्तिम साता राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको थियो ।
विद्यामान कानूनमा रहेको दल विभाजनमा पार्टीको केन्द्रीय सदस्य र संसदीय दलमा ४० प्रतिशत सदस्य अनिवार्य प्रावधानलाई संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य जुटाउन सकेमा पार्टी विभाजन गर्न पाउने सुविधा दिएको थियो । सोही सुविधानलाई उपयोग गरी माधव नेपाल र महन्थ ठाकुरले पार्टी विभाज गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: