Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

११ वर्षपछि नेपालले दक्षिणपूर्वी एसियाली राष्ट्रको क्षेत्रीय समितिको बैठक आयोजना गर्दै

खबरडबली संवाददाता

काठमाडौं । विश्वस्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को सदस्य राष्ट्र नेपालले ११ वर्षपछि दक्षिणपूर्वी एसियाली राष्ट्रको क्षेत्रीय कार्यकारी समितिको ७४औँ बैठक यही भदौ २१ देखि २५ गतेसम्म अप्रत्यक्षरूपमा आयोजना गर्दैछ । 

कोभिड–१९ महामारी तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न अत्यावश्यक स्वास्थ्य सेवाहरूको ‘अझ असल र सबल पुनर्निर्माण’का उपायदेखि लिएर  विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूका लागि खोप कार्ययोजना तथा त्यसनिम्ति क्षेत्रीय कार्यढाँचा सम्मका विषयमा गहन छलफल हुनेछ । 

बैठक समाप्तिसँगै आगामी एक वर्षका निम्ति उक्त क्षेत्रीय संस्थाको कार्यकारी समतिको अध्यक्षतासमेत गर्ने नेपालले दक्षिणपूर्वी एसियाली राष्ट्र बङ्गलादेश, भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लेस्टेसँग निकट सम्पर्क र समन्वयमा रहेर स्वास्थ्यसम्बन्धी क्षेत्रीय मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ । 

बैठकको पूर्वसन्ध्यामा आज अपराह्न पत्रकार सम्मेलन गरेर स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भावी नीति, रणनीतिको तर्जुमा, प्रगतिका प्रतिवेदनउपर छलफल, तथा यस क्षेत्रका लागि बजेट तथा कार्यक्रमको अनुमोदन पाँचदिने बैठकबाट हुने बताए । 

एघारवटै दक्षिणपूर्वी एशियाली देशका स्वास्थ्यमन्त्री, डब्लूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसस, क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह, उच्च स्वास्थ्य अधिकारी, राष्ट्रसङ्घीय निकायका प्रतिनिधि, विकासका साझेदार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा हुने बैठकले विगतका बैठकबाट अनुमोदन भएका विषयको प्रगतिको समीक्षा स्वास्थ्यको आपत्कालीन पूर्वतयारी कार्य, नसर्ने रोग नियन्त्रण, स्वास्थ्यमा कोभिड खोपको व्यवस्थापन, वितरण र प्राप्तिबारे छलफल, खोपद्वारा अन्य रोगको रोकथाम, आगामी वर्षमा गरिने साझा कार्ययोजनाबारे छलफल र निर्णय हुने जानकारी दिए । 

साठी वर्षदेखिको डब्ल्युएचओसँगको नेपालको साझेदारीलाई अझ सघन र परिणामुखी तुल्याउन बैठक उपयोगी हुने विश्वास व्यक्त गर्दै उनले दक्षिणपूर्वी एसियाली क्षेत्रमा स्वास्थ्य समस्या समाधानका निम्ति पनि फलदायी हुने बताए । ‘हरेक वर्ष विश्व स्वास्थ्य सङ्गठनको जेनेभामा हुने महासभाको पूर्वतयारीका रूपमा लिइने यो  बैठक नेपालले आयोजना गर्नु राष्ट्रका लागि गौरवको विषय हो’, राज्यमन्त्री श्रेष्ठले भने । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेल जापानमा

जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...

नेपालमा कहाँकहाँ पाइन्छ सुन, के रोल्पामा खानी भेटिएको हो ?

बालुवामा सुनका कण भेटिनुको अर्थ

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षे छोराको मृत्यु, चालक बुवा घाइते

दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...

गृहमन्त्री अर्यालद्वारा आगजनी र तोडफोडका घटना दोहोरिन नदिन निर्देशन

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...

निर्वाचन ३१ दिन बाँकी: प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE