Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कांग्रेस १४औँ महाधिवेशन : गुटको अन्त्य पाल्पाली युवाको एजेन्डा

खबरडबली संवाददाता

पाल्पा । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यतिखेर वडा तहमा निर्वाचन भइरहेको छ । महाधिवेशनको चर्चा जिल्ला सदरमुकाम हुँदै गाउँ–गाउँमा पुगेपछि पाल्पाका युवा पनि नेतृत्वका लागि जुर्मुराएका छन् । 

अवको महाधिवेशनमा युवापुस्ताको सक्रियता बढ्दो देखिएकाले नयाँ विचार, केही गर्छु भन्ने जोस जाँगर भएका युवापुस्ता नेतृत्वमा आउनुपर्ने नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा केन्द्रीय सदस्य राजनप्रसाद पन्तले बताए ।

उनले भने, “पार्टीलाई सशक्त रुपमा अगाडि बढाउन सबै क्षेत्र मिलाएर लैजान सक्ने, अभिभावकको भूमिका निर्वाह गर्नसक्ने जुझारु युवा नेतृत्वको खाँचो छ” । अबको महाधिवेशनले गाउँ, नगर र मुलुकको नेतृत्व युवाले गर्न पाएको खण्डमा पार्टीमा केही नयाँ परिवर्तन आउने युवावर्गको सोच छ । वडा तहदेखि केन्द्रसम्म नै सबै पङ्क्तिलाई मिलाएर पार्टी चलाउन सक्ने युवाको नेतृत्व अवको महाधिवेशनमा चुनिएर आउनुपर्ने महासमिति सदस्य कृष्णप्रसाद बस्यालको भनाइ छ ।
 
नेपाली कांग्रेस पार्टीको नीति, सिद्धान्तमा रहेर अनुशासनपूर्वक काम गर्ने युवाको खाँचो रहेको महिला नेत्री सरस्वती डोटेलले बताए । महाधिवेशन नजिकिएसँगै वडा, गाउँ, नगर, जिल्ला, केन्द्र तहमा युवावर्गको नेतृत्व हुनुपर्ने चर्चा चलेको पाइन्छ भने पुराना नेतृत्वले पनि पाकापुस्तालाई नेतृत्वमा पुर्‍याउनुपर्ने मत मतान्तर चलिरहेको छ ।

पुरानो पुस्तालाई समेट्दै अग्रज राजनीतिज्ञ अगुवालाई सम्मान गर्दै अबको महाधिवेशनमा वडा, गाउँ, नगर, जिल्ला तथा केन्द्र तहमा युवाको नेतृत्व हुनुपर्ने रामपुर नगर कार्यसमितिका सभापति नेत्रप्रसाद भट्टराईले बताए । 

पार्टीभित्र गुटको नेतृत्व मौलाएको हँुदा यसपटक गुटको राजनीति अन्त्य गराउन युवाको नेतृत्व, समाजको आवश्यकतालाई बुझेर अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने नेतृत्व नै आवश्यक रहेको धेरैको ठम्याइ छ । पार्टीमा देखिने गुटको राजनीति अन्त्य गरी अबको महाधिवेशनमा नयाँ इतिहास रच्न युवावर्गको नेतृत्व आवश्यक रहेको युवा विश्वनाथ कँडेल (सुन्दर)ले जनाए  ।

“लोकतान्त्रिक पार्टीभित्र अहिले गुट उपगुटले पार्टीमा नराम्रो छाप पारेको छ, यसभन्दा अगाडिका महाधिवेशनमा लगातारजसो नै पुराना नेताको मात्रै नेतृत्व देखिन्छ तर नेतृत्व अनुसारको काम हुन सकेन, गुटले गर्दा पार्टीभित्र विकृित मौलाएको छ, अबको नेतृत्व युवालाई नै दिनुपर्छ” उनले भने । पार्टीभित्रको गुटले आन्तरिक द्वन्द्व र कलह निम्त्याएको हुँदा अब गुटगत राजनीति अन्त्य गर्न युवा नेतृत्वको खाँचो रहेको उनको भनाइ छ ।

युवा सङ्गठनलाई बलियो बनाउने, सबै वर्गका नागरिकको समस्याको समाधान, शिक्षा, स्वास्थ्य, रोजगारीमा विशेष पहल गर्ने नेतृत्व पार्टीमा आवश्यक रहेको युवा दुर्गाप्रसाद पोखरेलले बताए । महाधिवेशनमा युवापुस्ताको सरगर्मी बढेका बेला पुराना नेतृत्व पनि चुनावी मैदानमा उत्रने पार्टीमा चर्चा छ । जीवन नै राजनीति र सामाजिक सेवामा बिताएका पाल्पाका पार्टी उपसभापति देवराज ढकाल यस पटकको महाधिवेशनमा सभापति पदमै लड्ने बताए  । “राजनीति गर्न उमेरले छेक्दैन, सक्दासम्म पार्टीमै बसेर काम गर्ने प्रचलन छ, ७० वर्ष हुदैमा विश्राम लिन मन छैन, जिल्ला सभापति लड्ने तयारी गरेको छु तर सबै वर्ग, पङ्क्ती, क्षेत्रलाई मिलाएर जानुपर्छ” उपसभापति ढकालले भने ।
       
पाल्पामा कांग्रेसको इतिहास 

बनारसमा अध्ययन गर्ने क्रममा पाल्पाका लक्ष्मण खनाल र रामप्रसाद शर्मालगायतका व्यक्ति विसं २०२८ मा विश्वेश्वरप्रसाद कोइरालाको सम्पर्कमा आएपछि त्यसको प्रभाव पाल्पामा राम्रै रह्यो । त्यस समयमा बनारसमा बिपीको विचार र सिद्धान्तसँग सम्बन्धित कुरा सिकाइने हुँदा पनि त्यहाँबाट बिपीको विचारप्रति धेरैको झुकाव बढ्दै गयो । 

तत्कालीन समयमा बनारसमा लक्ष्मण खनाल प्रधान सम्पादक रहेको तरुण नामक पत्रिकामा नेपाली कांग्रेसका धारणा, विचारलाई समावेश गरेर प्रकाशन गरिन्थ्यो । त्यहाँबाट निस्केको पत्रिका नेपालमा ल्याएर भूमिगत रुपमा सबैले पढ्न थाले । सो पत्रिकालाई नेपाली कांग्रेस पार्टीको मुखपत्रका रुपमा लिइन्थ्यो ।  बनारसबाट आफ्नो अध्ययन सकेर पाल्पाको मोहनकन्या स्कुलमा बिपीको साहित्यिक कृति पढाउने क्रममा रामप्रसाद शर्मा गिरफ्तार भई जेल परे । तरुण पत्रिकाका प्रधान सम्पादक लक्ष्मण खनाल बनारसबाट पाल्पा आउने क्रममा गिरफ्तार भई जेल परे । जेलबाट निस्केपछि विसं २०२९/०३० तिर पाल्पामा नेपाली कांग्रेसको भूमिगत रुपमा सङ्गठन बन्यो । पाल्पाको पहिलो सभापतिका रुपमा भगवतीध्वज राजवलबाट सभापति बने । 
 
तत्कालीन समयमा भगवतिध्वजको नेतृत्वमा रामप्रसाद आत्रेय, ठाकुरचन्द्र बिप्र, प्रकाशलाल श्रेष्ठलगायत केही सीमित व्यक्तिलाई मात्रै समावेश गरी भूमिगत कार्यसमितिमा समावेश बनाएर सङगठन अगाडि बढ्यो । विसं २०३४ मा वर्तमान पार्टी सभापति तथा प्रधानमन्त्री तत्कालीन नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सभापति शेरबहादुर देउवा पाल्पा आउँदा उनले बिपीको विचार र सिद्धान्त विस्तार गर्नुभयो । सोही समय कृष्ण नेपालको सभापतित्वमा नेबी सङ्घ पाल्पा गठन भयो । 
 
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट ०३५ मा विद्यार्थी आन्दोलन सुरु भयो । राजनप्रसाद पन्त, कृष्ण नेपाल, चन्द्रबहादुर केसी, विद्यार्थी आन्दोलनका अगुवा थिए । बहुदलीय व्यवस्थाको लागि समिति गठन भई पार्टी विस्तार हुदै गयो । जिल्लामा बहुदलीय व्यवस्थाको प्रभाव राम्रो रहेको हुनाले प्रशासनले त्यसलाई निषेध गर्न तत्कालीन सभापति भगवतिध्वज राजलवट, ठाकुरचन्द्र बिप्र, राजप्रसाद पन्त, कृष्ण नेपाल, चन्द्रबहादुर केसी, नारायण कोइरालालगायतका व्यक्ति गिरफ्तारीमा परे । छ महिनापछि भैरहवा कारागारबाट जेलमुक्त भएपछि बहुदलको प्रचारप्रसारमा सक्रिय भएर लागे । 

बहुदलीय संयन्त्र निर्माण गरेपछि कांग्रेसको नेतृत्वमा बहुदलीय व्यवस्थाले नेतृत्व लिने अवसर पायो । देशव्यापी रुपमा गणना गर्दा बहुदल पक्षले हार बेहोर्नुपर्‍यो । त्यस समय २४ लाख पञ्चायत र २० लाख बहुदलको पक्षमा थिए । जनमतको परिणाम धाँधलीपूर्ण रहेको भन्दै सो परिणामलाई स्वीकार गर्ने कि नगर्ने सम्बन्धमा बिपी कोइराला २०३७ मा पाल्पा आइपुगे ।       

बिपीले देशव्यापी रुपमा कार्यकर्ताको राय लिएर जनमत सङ्ग्रहको परिणाम स्वीकार गर्ने तर पञ्चायतमा सहभागी नहुने निर्णय गरे । २०३७ मा वर्गीय सङ्गठनका सदस्यता लिएकाले मात्रै पञ्चायतको चुनावमा भाग लिन पाउने व्यवस्था रहेकोमा कांग्रेसले देशव्यापी रुपमा बहिस्कार गर्‍यो । पञ्चायत विरुद्धको आन्दोलन सुस्तगतिमा अगाडि बढ्यो । विसं २०४२ मा कांग्रेसले देशव्यापी रुपमा सत्याग्रह घोषणा गर्‍यो । यसको पनि पाल्पामा राम्रै प्रभाव रह्यो । यहाँका ४२ जना सत्याग्रही गिरफ्तारीमा परे । मुलुकमा विसं २०४६ मा बहुदल आएपश्चात् पाल्पामा कांग्रेसको सङ्गठन झन् बलियो बन्दै गयो । २०४८ सालको आम निर्वाचनमा पाल्पाका तीनवटै क्षेत्रमा कांग्रेसको नेतृत्व रह्यो । 
        
त्यस निर्वाचनमा पाल्पा क्षेत्र नं १ मा कालुराम राना, क्षेत्र नं २ मा गम्भीरजङग कार्की र ३ मा हरिप्रसाद नेपालले विजयी हासिल गरे । त्यसपछि पार्टी नेतृत्वको फेरबदल हुँदै सशक्त रुपमा कांग्रेस अगाडि बढ्यो । तोकिएको समयमा महाधिवेशन नहुनु, पटकपटक मिति सर्दै जाँदा पार्टीभित्र विभिन्न गुटगत राजनीति मौलाउन थालेको भन्दै यस पटक तोकिएकै समयमा महाधिवेशन गरी आफ्नो नेतृत्व चयन गर्न पाल्पाका नेता कार्यकर्ताका सुझाव छ । पाल्पामा भदौ २१ गतेबाट वडा तहको अधिवेशन शुरु हुदैछ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies