Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कैलालीको वडा अधिवेशन अनिश्चित

रासस

सुदूरपश्चिम ।  नेपाली कांग्रेसको १४औँं महाअधिवेशनको प्रक्रिया आरम्भ भइसक्दा पनि कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ । 

पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद केन्द्रबाट टुङ्गो लगाउन ढिलो हुँदा वडा अधिवेशन अनिश्चित बनेको कांग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए ।
  
पार्टीको जिल्ला सभापति पदका दाबेदारसमेत रहनुभएका बमले भने, ‘‘केन्द्रमा विवाद समाधानको प्रयास भइरहेको छ, केही दिन ढिलो भए पनि अधिवेशन रोकिँदैन ।’’ देश सङ्घीयतामा गएसँगै सङ्घीय संरचनाअनुरुप अधिवेशन गर्ने पार्टी कांग्रेस पहिलो रहेको उनले बताए  ।  सुदूरपश्चिम प्रदेशका जिल्लामध्ये सबै भन्दा बढी पाँच निर्वाचन क्षेत्र रहेको यो जिल्लाको निर्वाचन क्षेत्र नं १ मा क्रियाशील सदस्यता विवादको समस्या ठूलो रहेको बताइएको छ ।
   
विवादकै कारण सो क्षेत्रका नेता कार्यकर्ताले कांग्रेसको केन्द्रीय कार्यालयमा यसअघि धर्नासमेत दिएका थिए । कांग्रेसको जिल्ला सभापति पदका लागि वर्तमान उपसभापति बम, नेता नारायणदत्त भट्ट, नृपबहादुर ओड, डा रणबहादुर रावल, गणेश देउवा, खेमराज चौधरीलगायतका नेता आकांक्षी देखिएको चर्चा छ । 
 
पार्टीका जिल्ला सभापति नरनारायण शाह दुई कार्यकाल सभापतिको जिम्मेवारीमा रहिसक्नुभएको छ । तेस्रो कार्यकाल सभापतिमा उठ्न नपाइने कांग्रेसको विधानमा व्यवस्था छ । 

डडेलधुरामा पनि पूर्वनिर्धारित मिति अर्थात भदौ १८ गते कांग्रेसको वडा अधिवेशन हुन सकेको छैन । त्यस्तै बाजुरा, दार्चुला र बैतडी जिल्लामा पनि वडा अधिवेशन प्रारम्भ हुन सकेको छैन । तीमध्ये कतिपय जिल्लामा आज वा भोलिसम्म वडा अधिवेशन सुरु हुने जनाइएको छ । डडेलधुरा जिल्लाका कांग्रेस नेता एवं प्रदेशसभामा प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्दराज बोहराले केन्द्रबाट क्रियाशील सदस्यको विवरण नआउँदा जिल्लामा तोकिएको समयमै वडा अधिवेशन हुन नसकेको बताए ।
 
उनले भने, ‘‘क्रियाशील सदस्याताकोे विवाद त्यति ठूलो थिएन, केन्द्रवाट लिष्ट नआउँदा अधिवेशन हुन सकेको छैन ।’’ सो जिल्लामा यही भदौ २२ गते वडा अधिवेशन गर्ने तयारी भइरहेको छ । डडेलधुराको पार्टीको सभापतिका लागि परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउद, वर्तमान उपसभापति करुणकर भट्टलगायत आकांक्षी देखिएका छन् । 
 
डडेलधुराका वर्तमान सभापति एवं प्रदेशसभा सदस्य कर्णबहादुर मल्लको दुई वर्षे कार्यकाल पूरा भइसकेको छ । केही जिल्लामा यही भदौ २१ र अन्य केही जिल्लामा भदौ २२ बाट वडा अधिवेशन हुन लागेको जनाइएको छ । कञ्चनपुर, डोटी, बझाङ र अछाम जिल्लामा भने भदौ १८ देखि वडाअधिवेशन सुरु भइसकेको छ । 

कञ्चनपुरका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । सो जिल्लामा पार्टीका वर्तमान सभापति हरिप्रसाद बोहरा र गोपाल गुरुङलगायतका नेता जिल्ला सभापतिका लागि दाबेदार रहेको जनाइएको छ । डोटी जिल्लाका ६५ वडामध्ये ५९ वडामा भएको अधिवेशनमा वडासमितिका सदस्य र क्षेत्रीय प्रतिनिधि अधिकांश सर्वसम्मतिले छनोट भएको छ । बाँकी छ वडामा निर्वाचन प्रक्रिया अपनाइ वडा तहको अधिवेशन सम्पन्न भइसकेको सो पार्टीका निर्वाचन अधिकृत ठेकेन्द्रराज जोशीले जानकारी दिए । 
 
डोटीमा भूमिराज वडू, दीपक विष्ट, रामप्रसाद उपाध्याय, प्रदीप देउवा, नरेन्द्रबहादुर सिंह पार्टीको जिल्ला सभापतिका लागि आकांक्षी देखिएका छन् । हाल पार्टीको जिल्ला सभापति देउवा छन् । बैतडीमा भदौ २१ देखि वडा अधिवेशन गर्ने तयारी गरिएको छ । वडा अधिवेशनपछि नगर, गाउँ समितिको नेतृत्व चयन गरिने कार्यतालिका छ । त्यसपछि जिल्ला तहको कार्यसमिति चयन हुनेछ । क्रियाशील सदस्यले पार्टी संरचनाको वडा र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने जनाइएको छ । क्षेत्रीय प्रतिनिधि प्रदेश, क्षेत्र, जिल्ला अधिवेशनका मतदाता हुने व्यवस्था गरिएको छ । 
  
कांग्रेसको १४औँ अधिवेशनको प्रक्रिया आरम्भ भइरहँदा पार्टीमा मौलाएको गुट उपगुटको राजनीतिले वर्षौदेखि राजनीतिमा लागेका निष्ठावान र त्यागी नेता भने पछि पर्दै गएको गुनासो एक नेताले सुनाए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies