Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

व्यवसायीकाे गुनासाे : ‘कर बढेकोबढ्यै छ, अलिकति त सास फेर्ने ठाउँ दिनुस्’

खबरडबली संवाददाता

बाग्लुङ । केही दिनअघि यहाँका युवा व्यवसायी सुवास श्रेष्ठले फेसबुकमा लेखेको ‘पोष्ट’ले धेरैको ध्यान खिचेको हुनुपर्छ । सर्रर हेर्दा सामान्यझैँ लागे पनि अन्त्यसम्म पढ्दा स्तब्ध पार्ने खालको छ ।

उनले लेखेका छन्, “भोलिका दिनमा हामीजस्ता व्यवसायीको केही गरी देह त्याग भएमा कोरोनाले लग्यो रे भनेर झूठो समाचार नबनाइदिनू, त्यो हजूरहरुले बनाएको नियम पालना गर्दा र व्यवसायमा भएको भेदभावका कारण हुन सक्छ ।” उनी अघि थप्छन्, “१७ महिना भइसक्यो, अझै कहिलेसम्म थेग्ने, भाडा, बैंकको ब्याज, बिजुली, पानी, आय कर बढेकोबढ्यै छ, अलिकति त सास फेर्ने ठाउँ दिनुस्, सारै अटसमटस र उकुसमुकुस भइसक्यो ।”

व्यवसायी श्रेष्ठको सो ‘पोष्ट’ जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले १५ दिन लामो निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेकै साँझ सार्वजनिक भएको थियो । अन्य व्यवसाय खुल्दा पार्टी प्यालेस, चलचित्र घर, नृत्यशाला र जिमखानालगायतमा लगाइएको निरन्तरको रोकप्रति उनको दु:खेसो छ । महामारीका कारण डेढ वर्षदेखि व्यवसायमा परेको मर्कालाई उनले फेसबुकमार्फत आफ्ना भावनालाई सार्वजानिक गर्नुभएको हो । पीडा र आफ्नो दु:खान्त भोगाइलाई व्यक्त गर्न उनले आक्रोशको सहारा लिएका छैनन् । 

“हाम्रो पार्टी प्यालेस, सिनेमा हल, जिम हल, डान्स हलहरु पनि मापदण्ड बनाएर चल्न दिनु पर्ने होइन र रु सम्बन्धित निकायले हाम्रो बारेमा पनि केही सोचिदिनु, बुझिदिनु पर्ने हो”, व्यवसायी श्रेष्ठले उल्लेख गर्नुभएको छ । बजार, व्यवसाय चलायमान हुँदा केही क्षेत्रमा भने अहिले पनि प्रतिबन्ध छ । महामारीको जोखिम नटरिसकेको जनाउँदै ती व्यवसायमा बन्देज लगाइराख्ने हो भने आइपर्ने समस्याको समाधानका लागि सम्बन्धित पक्षले जिम्मा लिनुपर्ने उनको माग छ ।

उनले आफूहरु जनस्वास्थ्यका मापदण्ड अपनाएर सुरक्षित तबरले सेवा दिन तयार रहेको बताए । ती व्यवसायमा श्रेष्ठको करोडौँ लगानी छ । बागलुङमा मात्र नभएर पोखरामासमेत उनको व्यवसाय विस्तारित छ । कैँयनलाई रोजगारी दिलाउँदै आँटिला र उदाउँदा व्यवसायीको चिनारी बनाएका ३४ वर्षीय श्रेष्ठमाथि महामारीको नमिठो बज्र परेको छ । व्यवसायलाई कसरी टिकाउने भन्ने चुनौती छ । यस्तो पीडा उनी एक्लैमाथि मात्र भने छैन ।

महामारी सुरु भएपछि व्यावसायिक क्षेत्र सबैतिर मारमा छ । गत असरको तह कमीबेँसी चाहिँ छ । अत्यावश्यक सेवाका पसललगायत कतिपय व्यवसाय सधैँ खुल्ने केही भने सधैँ बन्द गर्नुपर्ने स्थितिले व्यवसायी निराश छन् । उनीहरु व्यवसाय सञ्चालनमा भेदभाव गरिएको बताउँछन् । सौन्दर्य व्यवसाय, सैलुन, फुटपाथमा पनि अहिले रोक छ । व्यवसायीको माग र दबाब बढेपछि होटल, रेष्टुराँ व्यवसाय भने खुलेका छन् । सङ्क्रमण स्थिर भएर स्थिति केही सहज बन्दै गएकाले अब विस्तारै सबै व्यवसायलाई चलायमान बनाउनुपर्ने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताए ।

“पार्टी प्यालेससहित कतिपय व्यवसाय सञ्चालनमा सरकारले नै रोक लगाएकाले जिल्लातहमा निर्णय हुन सक्ने अवस्था छैन”, उनले भने, “हाम्रो माग र आवाजलाई केन्द्रसम्मै पुर्‍याउनुपर्छ, अब बन्द गरेर मात्र हुँदैन ।” व्यवसाय निर्वाधरुपमा चल्न दिनका लागि सङ्घले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा कुरा उठाउँदै आएको उनको भनाइ छ ।  व्यवसायी पलायन हुने, श्रमिकले रोजगारी गुमाउने र आर्थिक क्षेत्र नै तहसनहस हुने स्थिति आउने हो कि भन्नेमा उनको चिन्ता छ ।

महिनौँसम्म कारोबार ठप्प हुँदा कतिपय व्यवसाय उठ्नै नसक्ने गरी थलिएका छन् । ऋणको किस्ता, ब्याज र भाडाको भारले कहिलेसम्म व्यवसायीलाई थिच्ने हो कुनै ठेगान छैन । निषेधाज्ञा खुकुलो हुँदा यसो व्यावसायिक क्षेत्रले बौरने लक्षण देखाउने गरेपछि  सङ्क्रमण उकालो लाग्दा पुन: प्रतिबन्ध खेप्नु परिरहेको छ ।

निषेधाज्ञाले मात्र पनि महामारी पूरै थामिने सङ्केत छैन । यसको चक्र लामो सयमसम्म चल्ने देखिन्छ । के अब निषेधाज्ञा थपिनै रहने कि, नयाँ विकल्पमा जाने रु भन्ने प्रश्न सतहमा आएको छ । निषेधाज्ञा हुँदा सबैभन्दा बढी गरी खाने वर्ग र व्यवसायी मार पर्छन् । जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गराएर व्यापार, व्यवसायलाई पूर्ववत्रुपमा खोल्नुपर्नेमा व्यवसायी एकमत छन् ।

यहाँ अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २२३ छ । दुई साताअघि त्यस्ता सङ्ख्या बढेर ७०० नाघेको थियो ।  अहिले यो सङ्ख्या क्रमश: घट्न थालेको छ । सङ्क्रमण दर घटेसँगै निषेधाज्ञा खोलिएको छ । कुन दिन फेरि सङ्क्रमण बढ्छ र व्यवसायीले सटर लगाउनुपर्ने हो, जानकारी छैन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानमन्त्री कार्यालय बोलाएर धम्क्याउने काम भयो: कांग्रेस

काठमाडौं । विपक्षी दलका सांसदहरूले आज पनि बालेन शाहको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै संवैधानिक पदाधिका...

सुनसरीबाट २०.१७ ग्राम ब्राउन सुगरसहित चार पक्राउ

इनरुवा । सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प...

खोलामा नुहाउन गएकी वृद्ध मृत फेला

कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित गुडरुङ खोलामा नुहाउन गएकी  ८० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा बुद्धभूमि न...

राप्रपा कार्यालय खाली गर्न राजेन्द्र लिङ्देनलाई राजभण्डारीको ३५ दिने अल्टिमेटम

काठमाडौं । राप्रपाका पूर्वउपाध्यक्ष दिलविकास राजभण्डारी ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लाई पार्टी कार्यालय रहेको आफ्नो घर ३५ दिनभित्र खाली गर्न अ...

पाल्हीनन्दन गाउँपालिकाले ल्यायो ५१ करोड १२ लाखको बजेट

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५१ करोड १२ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। ...

मुस्ताङमा आहारा प्रजाति बन्यजन्तुको गरिदैछ सर्वेक्षण

मुस्ताङ। मुस्ताङमा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न आहारा प्रजातिको बन्यजन्तुको सर्वेक्षण सुरू गरिएको छ । पछिल्लो बर्षमा शिकारी प्रजातिका...

दुर्घटनामा घाइते तनहुँका एक युवकको मृत्यु

तनहुँ। दुर्घटनामा घाइते भएका तनहुँका एक युवकको मृत्यु भएको छ । व्यास नगरपालिका वडा ४ निवासी अरुण न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...

तीनै तहको सरकारसँग सहकार्य गर्दै स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित छ: श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...

भारतको नयाँ मापदण्डका कारण इलामका चिया उद्योग ठप्प, सरकार मौन रहेको सांसद राईको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...

जुम्लाको तातोपानीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending