सुनसरी । सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पु¥याएको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवा–९ मा बबियामा आज नेपाली कांग्रेस वडा कमिटीले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै चैतसम्ममा सबै नागरिकलाई खोप प्रदान गर्ने विश्वास दिलाए ।
नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकारमाथि जनताको ठूलो अपेक्षा र भरोसा भएको उनको भनाइ छ । जनताको जीउधनको, संविधान, लोकतन्त्र रक्षा गर्नाका साथै शान्ति अमनचयन कायम गर्नु अहिलेको सरकारको प्रमुख दायित्व भएको मन्त्री कार्कीले बताए ।
कार्यक्रममा समाजसेवी मौलान हारुन खाँसहित व्यक्तिले विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई पार्टीका केन्द्रीय सदस्य तथा मन्त्री कार्की, पार्टीका जिल्ला सभापति तथा १ नं प्रदेशका प्रमुख प्रतिपक्षीदलका नेता राजीव कोइराला, सङ्घीय सांसद सीताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलगायत नेता तथा कार्यकर्ताले पार्टीमा स्वागत गरेका थिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - ०९:३६
सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...
जेष्ठ २७ गते, २०८३ - ०९:३०
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...
जेष्ठ २७ गते, २०८३ - ०९:१४
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...
जेष्ठ २७ गते, २०८३ - ०९:११
काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...
जेष्ठ २७ गते, २०८३ - ०८:५१
कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...
जेष्ठ २७ गते, २०८३ - ०८:४५
बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...
जेष्ठ २७ गते, २०८३ - ०८:३६
बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...
जेष्ठ २७ गते, २०८३ - ०८:३१
काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...
जेष्ठ २७ गते, २०८३ - ०८:२४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...
जेष्ठ २७ गते, २०८३ - ०८:२०
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक कृष्ण चापागाईं को अमेरिकामा हृदयघातका कारण निधन भएको छ। उपचारका क्रममा बोस्टनस्थित अस्पतालमा उनको ...



प्रतिकृया लेख्नुहोस्: