Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

आम्दानीको स्रोत बन्दै बोयर बोका र बाख्रा

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले  यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन् ।

चाँडो फस्टाउने तथा मासु पनि अन्य बोकाभन्दा बढी हुने भएकाले अहिले जिल्लामा बोयर बाख्रापालनमा किसान आर्कषित हुन थालेका हुन् । रुपसकाँडासहित जिल्ला सदरमुकाम सिलगढीलगायत यहाँका अन्य स्थानीय तहका ग्रामीण क्षेत्रमा बाख्रापालन गर्नेको सङ्ख्या बढ्दै गएको शिखर नगरपालिका–१ का केशबबहादुर भुलले बताए । उनले भने, “स्थानीय जातका बाख्राभन्दा बोयर बाख्रा चाँडो फस्टाउने र आम्दानी पनि राम्रै हुने भएकाले प्राय: सबैको रोजाइमा परेको हो ।”


रुपसकाँडामा बोयर बाख्रापालन गर्नका लागि स्रोत केन्द्र स्थापना गरिएपछि त्यहाँ पालिएका बोयर बोका, बाख्रा बिक्री–वितरणले किसानको आम्दानी हुन थालेको हो । ग्लोबल एग्रिकल्चर एण्ड फुड सेक्युरिटी कार्यक्रमले बहुदाताहरुको सहयोगमा सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना जिल्ला पशु सेवा कार्यलय सिलगढी डोटीमार्फत करिब १० वर्ष पहिले रुपसकाँडामा केन्द्र स्थापना गरेको थियो । बोयर बाख्रा बिक्री वितरणले किसानको मनग्य आम्दानी हुन थालेको बोयर बाख्रापालक किसान कर्ण सिजालीले जानकारी दिए ।


यहाँका बाख्रापालक किसानको उत्पादन र उत्पादकत्व बढाई आयआर्जनमा वृद्धि गर्दै पशुजन्य खाद्य पौष्टिक पदार्थको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले स्थापना गरिएको उक्त बोयर बाख्रा केन्द्रमा अहिले बोयर बोका तथा बाख्रा किन्नेको निकै घुइँचो लाग्ने गरेको स्थानीयवासी भरत कुँवरले बताए । उले भने , “बोयर स्रोत केन्द्रमा थुप्रै बायर बाख्रा तथा बोका पालिएका छन्, विभिन्न क्षेत्रबाट किन्न आउने ग्राहकको भीड लाग्छ, किसानको पनि आम्दानी हुन थालेको छ ।”


उक्त स्रोत केन्द्रमा विश्व कृषि तथा खाद्य सङ्गठन ९एफएओ०मार्फत अष्ट्रेलियाबाट आयातित १३ शुद्ध नश्लका बोयर जातका प्रजनन बोका वितरण गरेका थियो । अहिले दैनिक बोयर बोका तथा बाख्रा बिक्री हुन थालेपछि यहाँका किसान पनि निकै खुशी भएको बुडरका स्थानीयवासी चक्रबहादुर सार्कीले बताए । उनले भने, “विभिन्न सङघसंस्थाका व्यक्तिसहित अन्य गाउँका नागरिकहरू बोका, बाख्रा किन्न आउने गरेका छन्, अहिले त सबैले गाउँभरिमा बोयर बाख्रा मात्रै पाल्ने गरेका छन् ।” 

स्थानीय जातका खसी बोकाको तुलनामा बोयर जातका खसी बोकाको राम्रो उत्पादन र उत्पादकत्व भएकाले यहाँका पहाडी जिल्लामा बोयर जातको प्रजनन बोकाको माग अत्यधिक रहेको मत्स्य विकास तथा पशुपक्षी विकास प्रदेश कार्यालय दिपायल राजपुरका प्राविधिक गणेश धामीले बताए । 

किसानका अनुसार बोयर जातका बोकाको बजार मूल्य जिउँदो रु ८०० केजी छ । आम्दानी पनि हुने तथा चाँडो फस्टाउने भएकाले पनि पछिल्लो समय यहाँका किसान प्रजनन बोयर बोकापालनमा आकर्षित हुन थालेको जोरायल–२ बुडरका स्थानीयवासी विजय गाहामगरले बताए । 

रुपसकाँडाका बोयर बोकाले नै केही समयपछि मासुका लागि डोटी सक्षम हुने यहाँका बोयर बाख्रापालक किसानको दाबी छ । तत्कालीन जिल्ला पशु सेवा कार्यालय सिलगढीबाट कूल २३२ क्रस बोयर प्रजनन जाँतका बोका यहाँका अन्य पहाडी जिल्ला अछाम, दार्चुला, बैतडीका विभिन्न समूहमा बिक्री वितरण गरिएको थियो । वितरण गरिएका ठाउँ मध्य डोटी जिल्लाको अन्य ठाउँभन्दा रुपसकाँडामा भने यो व्यवसाय निकै फस्टाएको र अन्य ठाउँमा पनि क्रमिकरूपमा फस्टाउँदै जान थालेको जानकारी आएको मत्स्य विकास तथा पशुपक्षी विकास प्रदेश कार्यालय दिपायल राजपुरले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending