Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

खबरडबली संवाददाता

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् ।

प्लेअफ समीकरण पूरा भइसक्दा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र १० अङ्कसहित दोस्रो स्थानमा रहेको विराटनगरले किङ्ग्स पहिलो क्वालिफायर खेल्ने भएका छन् । 

समान १० अङ्क बटुलेको काठमाडौँ गोर्खाज भने विराटनगरभन्दा पछि पर्दै इलिमिनेटर खेल्ने भएको छ । इलिमिनेटरमा काठमाडौँले लुम्बिनी लायन्सको सामना गर्ने छ । लुम्बिनी सात खेलबाट आठ अङ्क जोडेर प्लेअफमा सुरक्षित भएको हो । 

यी सबै टोली नयाँ च्याम्पियन बन्ने दौडमा छन् । गत संस्करणको विजेता जनकपुर बोल्ट्स भने यसपटक प्लेअफमा समेत पुग्न सकेन । सुदूरपश्चिमलाई फाइनलमा पाँच विकेटले हराएको जनकपुरले पहिलो संस्करणको उपाधि हात पारेको थियो । 

सुदूरपश्चिम रोयल्स

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साविक उपविजेता सुदूरपश्चिम यसपटक उपाधिको दाबेदार टोली हो । सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये लगातार छ खेल जितेको थियो । शनिबार भएको अन्तिम खेलमा भने विराटनगरसँग पराजित भएको हो । योसँगै सुदूरपश्चिम छ खेल जित्ने एकमात्र टोली बनेको छ । 

सुदूरपश्चिमले जितेका हरेक खेलमा नयाँनयाँ खेलाडी ‘म्याच विनर’ बनेका छन् । लिग चरणको पहिलो खेलमा काठमाडौँलाई २९ रनले हराएको खेलमा अलराउन्ड प्रदर्शन गरेका विदेशी खेलाडी प्लेयर अफ द म्याच भएका थिए । उनले ५३ रन जोडे भने बलिङमा दुई विकेट हात पारेका थिए ।

पोखरा एभेन्जर्सविरुद्धको दोस्रो खेलमा सुदूरपश्चिमले १८ रनको जीत निकालेको थियो । जसमा ६८ रनको योगदान गरेको टिमलाई जिताएका विदेशी खेलाडी जोस ब्राउन प्लेयर अफ दी म्याच चुनिएका थिए । 

तेस्रो खेलमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको जित निकालेको थियो । जसमा कप्तान ऐरीले अलराउन्ड प्रदर्शन गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए । ब्याटिङतर्फ ३९ र बलिङतर्फ चार विकेट हात पारेसँगै उनले प्लेयर अफ दी म्याचको अवार्ड जिते । 

लगातार चौथो जीत दर्ता गर्ने क्रममा सुदूरपश्चिमले लुम्बिनीमाथि सात विकेटको जीत हासिल गर्‍यो । जसमा विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६९ रनको योगदान गरे । विकेट किपरसमेत रहेका भण्डारीले विपक्षी टिमका तीन खेलाडीलाई क्याच आउट समेत गराए । उनी उक्त दिनका प्लेयर अफ द म्याच भए । 

सुदूरपश्चिमले पाँचौँ खेलमा जनकपुरलाई छ विकेटले हरायो । पहिलो संस्करणको फाइनलमा हारेको सुदूरपश्चिमले दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेको हो । सुदूरपश्चिमका तर्फबाट इशान पाण्डेले म्याच विनर पारी खेल्दै ५९ रन जोडे । अन्तमा उनलाई नै प्लेयर अफ दी म्याचको पुरस्कारसमेत दिइयो । 

छैटौँ खेलमा चितवन राइनोजलाई सुदूरपश्चिमले ४९ रनले स्तब्ध पार्‍यो । यो खेलमा ७५ रन बनाएका विदशी खेलाडी क्रिस लेन प्लेयर अफ दी म्याच भए । 

लिग चरणको सातौँ तथा अन्तिम खेलमा भने विरानगरसँग छ विकेटले हारेको सुदूरपश्चिम उपाधि जित्ने दाउमा छ । सुदूरपश्चिमका प्रशिक्षक जगत टमाटा पनि यसपटक उपाधि जित्नेमा ढुक्क देखिएका छन् ।

उनले भने, “गत वर्षको पनि उपविजेता टोली हौँ । यसपटक हामी जसरी पनि उपाधि जित्ने लक्ष्यमा छौँ । सबै खेलाडी सक्रियताका साथ खेलमा लागेका छन् । कुनै एक खेलाडीको भरमा हामी छैनौँ । जुन कुरा देखिसकेको पनि छ । लिग चरणमा जितेका खेलहरूमा पनि हाम्रो टिमका फरकफरक खेलाडी म्याच विनर बनेका छन् ।”

विराटनगर किङ्ग्स

सन्दीप लामिछानेले नेतृत्व गरेको विराटनगर लिग चरणका पाँच खेल जितेर पहिलो क्वालिफायरमा पुगिसकेको छ । गत वर्ष प्लेअफमा पुग्न नसकेको विराटनगरले यसपटक भने सुधारिएको प्रदर्शन गरेको छ । योसँगै उसले ट्रफी जित्ने योजना बनाएको छ । 

लिग चरणका सुरुका तीन खेल जितेर शानदार सुरुआत गरेको विराटनगरले चौथो र छैटौँ खेलमा पराजित भएको थियो । पाचौँ र अन्तिम खेलमा विजयी भएर प्लेअफको यात्रा सुनिश्चित गरेको विराटनगरले पनि बलियो दाबेदारी पेस गरेको छ । 

पहिलो खेलमा पोखरालाई ५३ रनले हराएपछि लोकेश बमको चर्चा चुलियो । व्यक्तिगत ७२ रन जोडेका लोकेश प्लेयर अफ द म्याचसमेत चुनिए । काठमाडौँमाथि पाँच विकेटको जीत निकालेको दोस्रो खेलमा मर्चेन्ट डे लाङ्गेले उत्कृष्ट खेल्दै महत्त्वपूर्ण दुई विकेट हात पारेपछि उनी प्लेयर अफ द म्याच भए ।

तेस्रो खेलमा कप्तान सन्दीप लामिछाने प्लेयर अफ द म्याच भए । जनकपुरविरुद्धको उक्त खेलमा सन्दीपले चार विकेट हात पार्दा टिमले नौ रनको जित दर्ता गरेको थियो । विराटनगर चौथो खेलमा चितवनसँग ४८ रनले र छैटौँ खेलमा लुम्बिनीसँग पाँच विकेटले पराजित भयो । 

पाँचौँमा कर्णाली याक्सलाई ती विकेटले हराएको खेलमा बसिर अहमदले ६२ रन पारी खेल्दै म्यान अफ दी म्याच चुनिए । सातौँ खेलमा सुदूरपश्चिममाथि छ विकेटको जीत दर्ता गरेको विराटनगरका फाफ डु प्लेसिस प्लेयर अफ दी म्याच घोषित भएका हुन् । 

कप्तान लामिछानेका अनुसार विराटनगर पनि कुनै एक खेलाडीका भरमा नरहेकाले उपाधि जित्नेमा आशावादी छ । उनले भने, “हामी कुनै एक खेलाडीको भरमा छैनौँ । सबै खेलाडीले आ–आफ्नो मेहनतसहित उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । म्याच विनर पनि फरकफरक खेलाडी देखिएकाले एक अर्काप्रतिको विश्वास बढेको छ ।” 

काठमाडौँ गोर्खाज

पहिलो संस्करणमा नेट रनरेटमा पछि पर्दै प्लेअफको स्वाद चाख्न नपाएका करण केसीको कप्तानीमा रहेको काठमाडौँ यसपटक भने सक्रियताका साथ प्रदर्शन गरिरहेको छ । लिग चरणका सातमध्ये पाँच खेल जितेर प्लेअफमा पुगेको काठमाडौँ च्याम्पियन बन्ने अडानमा छ । 

काठमाडौँले पहिलो खेलमा जनकपुरलाई पाँच विकेटले हराउँदा दोस्रोमा सुदूरपश्चिमसँग २९ रन र तेस्रोमा विराटनगरसँग पाँच विकेटले पराजित भयो । त्यसपछि पुनरागमन गर्दै सबै खेलमा विजयी भयो । 

काठमाडौँले चौथो खेलमा लुम्बिनीलाई २२ रन, पाँचौँमा चितवनलाई ५३ रन, छैटौँमा कर्णाली याक्सलाई छ विकेट र सातौँमा पोखरालाई १३ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।  

प्लेअफमा पुगेपछि टिमको जोडबल च्याम्पियन जित्नेमा रहेको कप्तान केसीले बताएका छन् । उनले भने, “प्लेअफमा पुगिसकेपछि अबका खेल राम्रो गर्दै च्याम्पियन कसरी बन्ने भन्नेमा ध्यान केन्द्रित छ । लिग चरणमा भएका कमीकमजोरीलाई सुधार गर्दै च्याम्पियन बन्ने लक्ष्य राखेका छौँ ।”

लुम्बिनी लायन्स

रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी चार खेल जितेर प्लेअफमा पुगेको छ । सुरुको खेलमा चितवनलाई छ विकेटले हराएर राम्रो सुरुआत गरेको लुम्बिनीले त्यसपछिका तीन खेल लगातार हार्‍यो । दोस्रोमा कर्णालीसँग नौ विकेटले, तेस्रोमा काठमाडौँसँग २२ रनले, चौथोमा सुदूरपश्चिमसँग सात विकेटले पराजित भयो । 

लुम्बिनीले पाँचौँ खेलपछि लगातार जीत निकालेर प्लेअफमा स्थान बनायो । पाँचौँमा पोखरालाई तीन विकेट, छैटौँमा विराटनगरलाई पाँच विकेटले र सातौँमा जनकपुरमाथि चार विकेटको विजय हात पार्‍यो ।

प्लेअफमा पुगेपछि लुम्बिनीका कप्तान पौडेलले आफ्नो टिमलाई उपाधि जित्न कसैले रोक्न नसक्ने ठोकुवा गरे । उनले भने, “प्लेअफमा पुगेका चारवटै टोलीमध्ये लुम्बिनी बलियो देख्छु, त्यसैले हामीले उपाधि जित्नेमा विश्वस्त छौँ । हामी कसैसँग पनि डराएर खेल्दैनौँ ।”

प्रतियोगिताको पहिलो क्वालिफायर यही मङ्सिर २३ गते दिउँसो ४:०० बजे सुदूरपश्चिम र विराटनगरबिच हुने छ । जित्ने टोली सिधैँ फाइनलमा पुग्ने छ । पराजित हुने टोलीले काठमाडौँ र लुम्बिनीबिच हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा भिड्ने छ । 

इलिमिनेटर खेल मङ्सिर २४ गते दिउँसो ४:०० बजे हुने छ । मङ्सिर २५ गते दिउँसो ४:०० बजे हुने दोस्रो क्वालिफायरको विजेता टोली फाइनल खेल्ने छ । प्रतियोगिताको उपाधि भिडन्त भने मङ्सिर २७ गते दिउँसो ३:३० बजे हुने छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेञ्जर्स, चितवन राइनोज, कर्णाली याक्स र जनकपुर बोल्ट्स सहभागी छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालिमाटी काठ विवाद टुङ्गियो

सल्यान। सल्यानको कालिमाटी क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत गरिएको काठ कटानसम्बन्धी विवाद अन्तत: समाधान भएको छ। वन र प्रहरीबिच उत्पन्न...

तीन दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्ला। हिमाली जिल्ला हुम्लामा लगातार वर्षा र हिमपातका कारण तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। नेपाल नागरिक उड्डयान प्राधिकरण, सिमकोटका प्रमुख म...

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद आकस्मिक बन्द

इस्लामाबाद। अमेरिका–इरानबिच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी इस्लामाबादमा दुई दिनको आकस्मिक स्थानीय बिदा घो...

उपसभामुखको उम्मेदवारबारे राप्रपामा छलफल जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुख पदका लागि उम्मेदवार चयनबारे छलफलमा जुटेको छ। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ...

१३ दिनपछि छुटे ओली, अस्पतालमै परिवारको जिम्मा लगाइयो

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टरा...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु चार हजार ३०० र चाँदी तोलामा रु १५० ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

कालिगण्डकीमा बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छ...

देउवाको वक्तव्य : सम्पत्तिसम्बन्धी विषय भ्रामक र झुटा प्रचारबाजी भयो

काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताएको छन्  । बुधबार स...

नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न आईजीपी कार्कीको निर्देशन

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending