Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

के गर्लान् माधव निकट दोस्रो पुस्ताका एमाले नेताहरु ?

खबरडबली संवाददाता

काठमाडौं। एमालेभित्र लामो समय माधव नेपालको टिममा रहेर काम गरेका तर पार्टी विभाजनमा साथ नदिएका  एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टी एकताको प्रयास जारी राख्ने निष्कर्ष निकालेका छन् । वरिष्ठ नेता माधव नेपालले तेस्रो पुस्ताका नेताहरुलाई साथ लिएर ओलीसंग विद्रोह गरी अलग पार्टी खोलेपछि आफ्नो कित्ता क्लीयर गर्न शुक्रबार बसुन्धराको एक होटलमा उनीहरु भेला भएका थिए । करिब ५७ जना केन्द्रीय सदस्य उपस्थिति रहेको दावी गरिएको उक्त भेलाले एमालेको एकता नै अहिलेको अपरिहार्य आवश्यकता रहेको भन्दै एकताका लागि अध्यक्ष ओलीमाथि थप दवाव दिने रणनीति अपनाएका छन् ।  

कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अक्षरसः कार्यान्वयन गर्नुपर्ने भेलाले निष्कर्ष निकालेको एमाले सचिव भीम प्रसाद आचार्यले जानकारी दिए । ‘हामी शुरुदेखि नै पार्टी एकताका पक्षमा लागेका हौं । शुक्रबारको भेलाबाट दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गर्ने, १० बुँदे सहमति कार्यान्वयनका लागि आग्रह गर्ने, माधव नेपालसहितका नेताहरूलाई दल दर्ताको प्रक्रियाबाट फर्किन आग्रह गर्ने निष्कर्ष निकालेका छौं,’ आचार्यले भने । 

भेलामा सहभागी एक नेताका अनुसार अध्यक्ष ओलीले १० बुँदे कार्यन्वयन गर्न अध्यक्ष ओलीलाई दुई दिनको अल्टिमेटम दिएको छ । ‘पार्टी एकतालाई बचाउन अझ केही दिन पर्खिने छौं ।  यसबीचमा कुनै सुनुवाइ नभए विद्रोहमा उत्रिने छौं । त्यो विद्रोह माधव नेपालको भन्दा ठुलो हुनेछ । यदी बेलैमा ओली नसच्चिए अकल्पनीय क्षति बेहोर्नु पर्नेछ’, भेलाको निष्कर्ष सुनाउँदै एक नेताले भने । 

तर अध्यक्ष ओलीले दोस्रो तहका नेताहरुले उठाएको मागप्रति कुनै रुची देखाएका छैनन् । उनले आफ्ना पक्षका नेताहरुमार्फत १४ लाई सांसद पदबाट तत्काल मुक्त गर्न सभामुखमाथि दबाव बढाएका छन् । त्यसैले माधव निकट रहेर काम गरेका दोस्रो पुस्ताले ओली विरुद्ध विद्रोह गर्छन वा आत्मसमपर्ण त्यसका लागि केही दिन प्रतिक्षा गर्नुपर्ने हुन्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending