Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

राष्ट्रिय गौरवका आयोजनाका समस्या समाधान गर्न संसदीय समितिको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न आइपरेका रुख कटान, ठेक्का, म्याद थपलगायत समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । 

सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अध्ययन/अवलोकन अनुगमन सम्बन्धी प्रतिवेदनका विषयमा छलफल गर्न आज आयोजित बैठकमा  आयोजनाका समस्या समाधान गर्न ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए । 

समितिले राष्ट्रपतिले सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको वार्षिक नीति तथा कार्यक्रममा व्यक्त सरकारी आश्वासनमध्ये सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा पर्ने महाकाली सिँचाइ आयोजना, हुलाकी राजमार्ग, भेरी बबई डाइभर्सन, रानी–जमरा–कुलरिया सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना, लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र/सभा हलको कार्यान्वयन अवस्थाका बारेमा स्थलगत अध्ययन/अनुगमन गर्ने निर्णय २०७७ चैत १ गते गरेको थियो । सरकारी आश्वासन अध्ययन उपसमितिका संयोजक सांसद शेरबहादुर कुँवर नेतृत्वको टोलीले काम गरी आजै प्रतिवेदन समितिसमक्ष पेश गरेको थियो ।  सो प्रतिवेदनमाथि आजै छलफल भएको हो । 

बैठकमा सांसद राधेश्याम अधिकारीले बैठकमा पेश भएको प्रतिवेदनका आधारमा गौरवका आयोजना कार्यान्वयनमा सुरक्षा पनि जोडेर राख्नुपर्ने आवश्यकता देखिएको बताए । आयोजनालाई समयमै काम सक्न आवश्यक जनशक्ति र स्रोतको सुनिश्चित गरिनुपर्नेमा पनि उनले जोड दिए। स्थलगत अध्ययनमा सहभागीसमेत हुनुभएकी सांसद सुमित्रा बिसीले भेरी बबई डाइभर्सनमा स्थानीयवासीले कर्मचारीलाई कुटपिट गरेकाले असुरक्षा भई काम गर्न सक्ने अवस्था नरहेको भेटिएको बताए । आयोजनाका भवनमा पानी चुहिने समस्या देखिएकाले समस्या समाधान सरोकार भएका निकायको उहाँले ध्यानाकर्षण गराए ।

उपसमितिका सदस्य सांसद विना पोखरेलले दुर्गम क्षेत्रका आयोजनामा खटिने कर्मचारीका लागि थप पारिश्रमिक दिने व्यवस्था नहुँदा कर्मचारी जानै नमान्ने गरेको स्थलगत रुपमा देखिएको बताए । खोलामा बगेर आएर बनेको बालुवाको टापुका कारण समस्या भएकाले यसको समाधान हुनुपर्नेसमेत उहाँले जानकारी गराए । उपसमिति संयोजक सांसद कुँवरले ऐलानी जग्गामा बसेकालाई मुआब्जा दिन समस्या हुँदा आयोजनाका काममा ढिलाइ भएकाले सम्बन्धित निकायले समस्या समाधान गरिदिनुपर्ने बताए । एक हजार २०० हेक्टर जग्गाको मुआब्जा दिनुपर्नेमा हालसम्म ७७ हेक्टरको मात्र मुआब्जा दिएको पाइएको उनले भने । 

आयोजनापिच्छे ऐलानी जग्गामा बसेकालाई फरक फरक दरले मुआब्जा दिने निर्णय मन्त्रिपरिषद्ले गर्दा पनि कार्यान्वयनमा समस्या भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सांसद नैनकला ओझाले सुनसरी मोरङ सिँचाइ आयोजनाको जग्गामा प्रदेश नं १ सरकारले शहरी विकास गर्न लागेको सूचना आएकाले त्यसको पनि स्थलगत अध्ययन समितिले गर्नुपर्ने बताए । 

जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले सङ्घीय सरकारले सुनसरी मोरङ सिँचाइ आयोजनामा खर्बौँ रुपैयाँ खर्च गरिसकेको जानकारी दिए । 

मन्त्रालयका सहसचिव सरिता दवाडीले मन्त्रिपरिषद्ले ऐलानी जग्गामा आयोजनापिच्छे फरक फरक मुआब्जाको मापदण्ड तय गर्दा समस्या भएपछि सरोकार भएका मन्त्रालयसँग समन्वय गरी राष्ट्रिय योजना आयोगले जग्गा प्राप्ति मार्गदर्शन मस्यौदा गरेर मन्त्रिपरिषद्मा पेश गरेको जानकारी दिए ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले जग्गा प्राप्ति ऐन २०३४ अनुसार ऐलानी जग्गालाई मुआब्जा दिन नमिल्ने भएकाले मन्त्रिपरिषद्बाट निर्णय गराउनुपरेको बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेल जापानमा

जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...

नेपालमा कहाँकहाँ पाइन्छ सुन, के रोल्पामा खानी भेटिएको हो ?

बालुवामा सुनका कण भेटिनुको अर्थ

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षे छोराको मृत्यु, चालक बुवा घाइते

दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...

गृहमन्त्री अर्यालद्वारा आगजनी र तोडफोडका घटना दोहोरिन नदिन निर्देशन

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...

निर्वाचन ३१ दिन बाँकी: प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE