काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा आगलागी भएको छ । काठमाडौं महानगरपालिका-१६ स्थित बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो ।
दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । प्रहरीका अनुसार आगलागीको कारण र क्षतिको विवरण खुलेको छैन ।
प्रतिकृया लेख्नुहोस्: