Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

तस्विरः मनाेज भट्टराई
मनोज भट्टराई

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै देशकै पहिलो र एकमात्र जर्बुटा कला केन्द्र हो । यहाँ हरेक रुख, बोटबिरुवाका जरा र हाँगाले मानव दृष्टिकोणमा रूपान्तरण भएर कला बन्न पुगेका छन्। विश्वम्भरको जीवन र कलात्मक यात्रा प्रकृतिसँगको गहिरो संवादको जीवित उदाहरण हो।

विश्वम्भर लामिछाने पेशाले कानुन व्यवसायी हुन् । २०१८ साल बैशाख ६ गते बाबु तारनाथ र आमा हरीप्रीया लामिछानेको कोखबाट जन्मिएका उनी तीन दाजुभाइ मध्य कान्छा हुन्। सानैदेखि उनी प्रकृति र समाजप्रति अत्यन्त संवेदनशील रहे। उनका अनुसार, “आँफु समाजशास्त्रको विद्यार्थी भएकाले प्रकृति र त्यसले दिएका हरेक चिजमा समाज देख्ने गरेको छु।” यही संवेदनशीलता र सामाजिक दृष्टिकोण नै उनका कला सिर्जनाको आधार बनेको छ।

विश्वम्भर भन्छन्, “०४८ सालमा एउटा रुखको जरालाई दिव्य दृष्टिले हेर्दा मलाई त्यसमा एउटा टाउकोको आकृति झल्कियो। त्यसबाट सुरु भयो मेरो कला यात्रा। २६ वर्षअघि एउटा जराबाट सिर्जित कलाले मेरो मनभित्रको कलात्मक भावनालाई व्यक्त गर्यो । अहिले त्यो यात्रा सङ्ग्रहालयमा परिणत भएको छ। सिन्धुली आउने पर्यटकहरू मेरो घरमा आएर कला हेरेर फर्कदा खुसी देख्दा मलाई निकै सन्तोष मिल्छ।”

उनले स्थापित गरेको सङ्ग्रहालयमा हाल पाँच सयभन्दा बढी कला कृतिहरू सुरक्षित छन्। यी कृतिहरूमा वनमाराको जरा, चियाबोटका जरादेखि ठूला र साना रुखबोटका हाँगा–बिँगासम्म समेटिएका छन्। हरेक कलाले पृथक कथासहित सौन्दर्य प्रस्तुत गर्दछ।

जर्बुटा कलाको विशेषता

विश्वम्भरले कुनै औपचारिक कला शिक्षा प्राप्त नगरेको भए पनि उनका कलाहरू देश–विदेशमा प्रशंसित छन्। उनी भन्छन्, “यी कला मैले बनाएको होइन, प्रकृतिले सृजित गरेको हो। मैले केवल मेरो दृष्टिकोण र भावना भरेको हुँ। प्रत्येक कला ‘वान पिस’ हुन्छ, उस्तै अर्को बनाउन सक्ने सामर्थ्य मसँग छैन।”

उनको कला केवल दृश्यात्मक सौन्दर्यमा सीमित छैन। यसमा मानव जीवनको चक्र, भावनात्मक अवस्था, सामाजिक परिवर्तन्, आवेग, आशा–भरोसा सबै झल्किन्छ। विश्वम्भरका कलाहरूमा माक्र्सवाद, इतिहास, समाजशास्त्र र वर्तमान चेतनाको प्रभाव स्पष्ट देखिन्छ। कानुन व्यवसायीको दृष्टिकोणले हेर्दा उनका केही कलामा वर्तमान चेतना झल्किन्छ भने समाजशास्त्रीको दृष्टिबाट हेर्दा भविष्यप्रतिको आशा र सम्भावना उजागर हुन्छ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले यस विधालाई मान्यता दिएको छ। विश्वम्भरले यसलाई राष्ट्रिय स्तरमा पहिचान दिने प्रयास गर्दै आएका छन्। उनका कलाहरूको चर्चा अहिले अमेरिकासमेतमा भइरहेको छ। डकुमेन्ट्री मार्फत उनका कलाहरूको प्रचार–प्रसार भइरहेको छ।

जीवनसँगै कला यात्रा

विश्वम्भरका अनुसार, सानैदेखि नयाँ कुरा के हो भन्ने कौतुहलता उनको जीवनको हिस्सा भएको छ। समाजमा हुने प्रत्येक परिवर्तनमा उनले कला सिर्जना गर्ने प्रयास गरेका छन्। २०४७ सालको परिवर्तनपछि र ०४८ सालदेखि निरन्तर रुखका जराबाट कला सिर्जना गर्दै आएका उनले प्रत्येक कृतीमा इतिहास, समाज र राजनीतिक परिवेशलाई समेटेका छन्।

उनको सङ्ग्रहालयमा नेपाल सरकार र माओवादीबीच भएको युद्धबिराम, १९ दिने जनआन्दोलन, गणतन्त्र घोषणा, दोस्रो संविधान सभा, पशुपंछि लगायतका आकृतिहरू सुरक्षित छन्। यी कला केवल सौन्दर्यको लागि होइनन्, यिनले ऐतिहासिक, सामाजिक र राजनीतिक सन्देश बोकेका छन्।

विश्वम्भरले आफ्नो कला नगरपालिकालाई हस्तान्तरण गर्ने सोच राख्दा पनि उनी केही असुरक्षित महसुस गरेका छन्। उनी भन्छन्, “आफ्नै नेतृत्वमा संस्था दर्ता गरेर एक कठ्ठा जमिनमा भवन बनाएर आफ्ना कलाहरू सुरक्षित राख्ने योजना छ। नगरपालिकाले भवन निर्माणको प्रतिबद्धता गरेपछि केही समयपछि कलाहरू हस्तान्तरण गर्नेछु।”

उनको श्रीमती प्रसिद्धा शर्माले पनि उनको कलात्मक यात्रामा साथ दिएकी छिन्। उनी आफैं साहित्यिक यात्रामा सक्रिय रहेकी छिन्। श्रीमतीका अनुसार बिहानदेखि बेलुकासम्म आगन्तुकलाई कला व्याख्या गर्दै समय नै नबोधिने अवस्था हुन्छ।

निजी सङ्ग्रहालय: प्रकृतिसँगको संवाद

विश्वम्भरको निजी निवासमै रहेको सङ्ग्रहालय केवल कला हेर्ने स्थान होइन, प्रकृति र मानवबीचको अन्तर्क्रिया बुझ्ने केन्द्र पनि हो। यहाँ हरेक जरा, हाँगा र बोटबिरुवामा भाव, चिन्तन र सामाजिक सन्देश समाहित गरिएको छ।

उनको कला प्रकृतिको विम्बलाई मानव दृष्टिकोण र भावनासहित कलात्मक रूपमा प्रस्तुत गर्ने अद्वितीय प्रयास हो। यसले दर्शकलाई प्रकृतिको सौन्दर्य, मानव जीवन र समाजबीचको सम्बन्ध बुझ्न प्रेरित गर्दछ।

विश्वम्भर भन्छन्, “मेरो कला केवल सुन्दर देखिने उद्देश्यले होइन, यसले समाज, इतिहास र भविष्यसँग जोडिएको कथा सुनाउनुपर्छ। प्रत्येक कला मेरो मनको प्रतिबिम्ब हो, प्रकृतिको सिर्जना होइन भन्ने भावनालाई व्यक्त गर्नुपर्छ।”

कला र समाज: एउटा सन्देश

विश्वम्भरको जर्बुटा कला केवल निजी रुचि वा सौन्दर्य प्रदर्शन होइन। यसले सामाजिक चेतना, ऐतिहासिक सन्देश, र राजनीतिक विचारलाई पनि समेट्छ। उनका कलाहरूले दर्शकलाई सोच्न बाध्य पार्छ – मानव र प्रकृतिबीचको सम्बन्ध के हो? समाजमा परिवर्तन ल्याउन कला कसरी प्रयोग गर्न सकिन्छ?

उनले सृजित प्रत्येक कला अद्वितीय छ। यसले नेपालमा जर्बुटा कला विधालाई स्थापित गरेको छ। यदि स्थानीय, प्रदेशीय र केन्द्रिय सरकारले सहयोग गर्लान् भने उनका कलाहरू देशमा मात्र नभई विदेशसम्म पनि फैलिन सक्थे।

विश्वम्भर अहिले करिब सात दशकको उमेरमा पुगेका छन्। उनका सङ्ग्रहालयमा हाल ३५० पिस कला सुरक्षित छन् र अझै पाँच सय पिस बन्ने सामग्री सुरक्षित राखिएको छ। उनी नयाँ भवन निर्माण गर्दै आफ्नो सङ्ग्रहालय विस्तार गर्ने योजना बनाइरहेका छन्।

विश्वम्भर लामिछानेको जीवन र कला एकअर्कासँग गहिरो रूपमा जोडिएको छ। उनले प्रकृतिको सामान्य जरा–बिँगाबाट कला सिर्जना गरेर त्यसमा मानव भावना, इतिहास र समाजको झलक समाहित गरेका छन्। उनका कला कृतिहरूले दर्शकलाई केवल सौन्दर्यको अनुभव मात्र होइन, मानव जीवन, समाज र प्रकृतिसँगको सम्बन्ध बुझ्ने अवसर पनि दिन्छ।

नेपालमा जर्बुटा कला केन्द्र स्थापना गरी देशको सान बढाउन सफल विश्वम्भर लामिछानेको यात्रा, सिर्जना र सङ्ग्रहालयले प्रजातान्त्रिक समाजमा कला, प्रकृति र चेतनाको अद्भुत मिश्रण प्रस्तुत गरेको छ।

सिन्धुली आउने पर्यटकका लागि उनका घरमै रहेको सङ्ग्रहालय केवल कला हेर्ने स्थान नभई मानव–प्रकृति संवादको केन्द्र पनि हो। विश्वम्भरको जर्बुटा कला विधि नेपाल मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चिनिने क्षमता राख्छ।

उनको कला र जीवनको यो कथा हामीलाई देखाउँछ । प्रकृति, इतिहास, समाज र व्यक्तिको संवेदनशीलता मिलेर कसरी अद्वितीय कला सिर्जना गर्न सक्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending