Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कर्णाली प्रदेशमा नेकपाको संसदीय दल नेता चयनमा प्रचण्डको चासो, छलफलबाटै टुङ्ग्याउन निर्देशन

खबरडबली संवाददाता

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियाबारे चासो व्यक्त गरेका छन्।

शनिबार सुर्खेतमा आयोजित ‘एकता सभा’लाई सम्बोधन गर्न आएका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नेता कालिबहादुर मल्लको उपस्थितिमा नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बैठक बसेको थियो।

उक्त बैठकमा संयोजक प्रचण्डले संसदीय दलको नेता तथा पदाधिकारी चयन र आगामी राजनीतिक रणनीतिका विषयमा विशेष चासो राखेका हुन्। कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता भई ‘नेकपा’ मा रूपान्तरण भइसके पनि हालसम्म संसदीय दलका पदाधिकारी चयन हुन सकेका छैनन्।

‘पदाधिकारी चयनको विषय दलभित्रकै छलफल र सहमतिका आधारमा टुंग्याउनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सांसद कृष्णबहादुर जिसीले भने, ‘अब प्रतिपक्षमा रहँदा सोहीअनुसार भूमिकालाई प्रभावकारी बनाउन लाग्नुस्।’

प्रचण्डले सकेसम्म संसदीय दलको नेता र पदाधिकारीको चयन संसदीय दलकै छलफलबाट टुंगोमा पुर्‍याउन निर्देशन दिएका छन्। सहमति नजुटेमा प्रदेश पार्टी कमिटीले जिम्मेवारी लिएर निर्णय गर्ने उनको भनाइ छ।

‘दलले तल्लो तहबाट जे निष्कर्ष निकाल्छ, त्यसैका आधारमा केन्द्रले धारणा बनाउने हो,’ प्रचण्डले भने, ‘माथिबाट छुट्टै लाद्ने वा अलग धारणा बनाउने हुँदैन।’

बैठकमा सहभागी सहसंयोजक माधवकुमार नेपालले यस विषयमा कुनै औपचारिक धारणा नराखेको सांसद जिसीले जानकारी दिए। उनका अनुसार नेपालसँग सांसदहरूको परिचयात्मक कार्यक्रममात्र भएको थियो। पदाधिकारी चयनको विषयमा अब छिट्टै छलफल अघि बढाइने पनि उनले बताए।

दुई दलको एकतापछि कर्णाली प्रदेश सभामा नेकपा दोस्रो ठूलो शक्ति बनेको छ। यहाँ एकीकृत समाजवादीका १ जना र माओवादी केन्द्रका १३ जना सांसद रहेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दृढ अठोट र ऊर्जासहित आचरणशील र नेतृत्वको खाँचो छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेको छन्। उनले...

कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो: महामन्त्री थापा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण...

दर्जनभन्दा बढी बैंकले ब्याजदर घटाए, कसको कति ?

काठमाडौँ। एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्ति...

एमाले महाधिवेशनमा सहभागीलाई ब्रेड–फलफूलदेखि मासु–भातसम्मको व्यवस्था

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि ब्रेड–फलफूलदेखि मासु–भातसम्मको खाना–नास्ताको व्यवस्था गरिएको छ। ख...

निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व : गृहमन्त्री अर्याल

पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...

सुनको भाउ २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ...

व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र एप्रुभ गर्ने कर्मचारीसहित दुई पक्राउ

काठमाडौं । व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ प...

कम मूल्यमा धान बिक्री गर्न बाध्य सप्तरीका किसान

सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै...

सिड्नी गोलीकाण्ड अपडेट: मृतकको सङ्ख्या १६ पुग्यो

काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...

एमाले ११औँ महाधिवेशन: सुनिता डङ्गोलदेखि सुहाङ नेम्वाङसम्म केन्द्रीय सदस्यमा इन्ट्री

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending