सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियाबारे चासो व्यक्त गरेका छन्।
शनिबार सुर्खेतमा आयोजित ‘एकता सभा’लाई सम्बोधन गर्न आएका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नेता कालिबहादुर मल्लको उपस्थितिमा नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बैठक बसेको थियो।
उक्त बैठकमा संयोजक प्रचण्डले संसदीय दलको नेता तथा पदाधिकारी चयन र आगामी राजनीतिक रणनीतिका विषयमा विशेष चासो राखेका हुन्। कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता भई ‘नेकपा’ मा रूपान्तरण भइसके पनि हालसम्म संसदीय दलका पदाधिकारी चयन हुन सकेका छैनन्।
‘पदाधिकारी चयनको विषय दलभित्रकै छलफल र सहमतिका आधारमा टुंग्याउनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सांसद कृष्णबहादुर जिसीले भने, ‘अब प्रतिपक्षमा रहँदा सोहीअनुसार भूमिकालाई प्रभावकारी बनाउन लाग्नुस्।’
प्रचण्डले सकेसम्म संसदीय दलको नेता र पदाधिकारीको चयन संसदीय दलकै छलफलबाट टुंगोमा पुर्याउन निर्देशन दिएका छन्। सहमति नजुटेमा प्रदेश पार्टी कमिटीले जिम्मेवारी लिएर निर्णय गर्ने उनको भनाइ छ।
‘दलले तल्लो तहबाट जे निष्कर्ष निकाल्छ, त्यसैका आधारमा केन्द्रले धारणा बनाउने हो,’ प्रचण्डले भने, ‘माथिबाट छुट्टै लाद्ने वा अलग धारणा बनाउने हुँदैन।’
बैठकमा सहभागी सहसंयोजक माधवकुमार नेपालले यस विषयमा कुनै औपचारिक धारणा नराखेको सांसद जिसीले जानकारी दिए। उनका अनुसार नेपालसँग सांसदहरूको परिचयात्मक कार्यक्रममात्र भएको थियो। पदाधिकारी चयनको विषयमा अब छिट्टै छलफल अघि बढाइने पनि उनले बताए।
दुई दलको एकतापछि कर्णाली प्रदेश सभामा नेकपा दोस्रो ठूलो शक्ति बनेको छ। यहाँ एकीकृत समाजवादीका १ जना र माओवादी केन्द्रका १३ जना सांसद रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८३ - १३:३०
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित रहेको छ। सिंहदरबारस्थित कांग्रेस सं...
बैशाख १६ गते, २०८३ - १३:२१
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई मनोनयन भएका छन्। संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले आज था...
बैशाख १६ गते, २०८३ - १२:५०
काठमाडौं । नेपाली कांग्रेस ले राष्ट्रिय सभामा आफ्नो दलको नेतामा कमला पन्तलाई मनोनित गरेको छ। प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम...
बैशाख १६ गते, २०८३ - १२:२८
काठमाडौँ । यातायात व्यवस्था विभागले फेरि सार्वजनिक यातायातको भाडा बडाएको छ । बुधबारदेखि नै लागू हुने गरी विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक ...
बैशाख १५ गते, २०८३ - १७:३३
काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्कर...
बैशाख १५ गते, २०८३ - १७:१७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली ले सरकारले संसद् छलेर अध्यादेश ल्याउन खोज्नु संसदीय अभ्यासमाथिको गम्भीर हम...
बैशाख १५ गते, २०८३ - १७:०१
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजेकोप्रति आपत्ति जनाएको छ। सरकारले दुई अध्यादेश जारी गर्...
बैशाख १५ गते, २०८३ - १६:४७
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहुँचका भरमा प्रयोग भइरहेका सरकारी सवारी साधन फिर्ता लिने प्रक्रिया तीव्र बनाएको छ। हालसम्म वि...
बैशाख १५ गते, २०८३ - १६:३६
प्यूठान। प्यूठान अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । लुंग्री गाउँपालिका वडा १ रोल्पा निवासी १८ वर्षीया यमुना बस्नेतको...
बैशाख १५ गते, २०८३ - १६:०३
पश्चिम नवलपरासी। जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार ...


प्रतिकृया लेख्नुहोस्: