काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र महत्वपूर्ण सांगठनिक तथा राजनीतिक निर्णयका लागि बन्दसत्रलाई विशेष महत्वका साथ हेरिएको छ ।
पार्टीले बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन गर्ने तयारी गरेको छ । बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूको सहभागितामा पार्टीका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, विधान संशोधन र नेतृत्व चयन प्रक्रिया अघि बढाइने छ ।
यस महाधिवेशनमा देशभरबाट २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन् । बन्दसत्र सुरु भएसँगै सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठन गरिएको छ । साथै, महाधिवेशनका प्रस्ताव लेखन तथा बैठक माइन्युट लेखन समितिको जिम्मेवारी पार्टीका उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।
महाधिवेशनले अध्यक्ष एक जना, महासचिव एक जना, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने कार्यतालिका तय गरेको छ ।
नेतृत्व चयनमा सहमति जुटाउने प्रयास भइरहे पनि सहमति नबन्ने अवस्था आए मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने तयारी एमालेले गरेको छ । त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने व्यवस्था मिलाइएको पार्टीले जनाएको छ ।
महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले आगामी कार्यकालमा पार्टीको राजनीतिक दिशा, संगठनात्मक रणनीति र आगामी निर्वाचनसम्बन्धी कार्ययोजना तय गर्ने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: