Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

चोरी भएको छिन्‍नमस्ताको मुकुटसहित पक्राउ

खबरडबली संवाददाता
सप्तरी । छिन्‍नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्‍नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका-५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति करिब ७:०० बजे सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो ।  
 
चोरी गरेका मण्डलले बिहान आफैँले मुकुट ल्याएको र मन्दिर स्थापना गर्ने भन्दै गाउँमा हल्ला गर्दै हिँडेको स्थानीयवासी जयप्रकाश यादवले बताए । मण्डलसहित ७५० ग्रामको चाँदीको मुकुट, सुनको टीका र नथिया बरामद गरी मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए । 
 
चोरीको घटना बाहिरिएपछि आइतबार राति नै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरीक्षक धमलासहितको टोली घटनास्थल पुगेको थियो । प्रहरीले तत्कालै पूजाको पालोमा रहेका तीन पुजारीलाई नियन्त्रणमा लिएको थियो । चोरीको अनुसन्धानका लागि राति नै सीमानाकालाई समेत सिल गरिएको थियो ।
 
मन्दिरमा सिसीटिभी जडान भए पनि तार काट्ने, क्यामेरा फुटाउने कामले गर्दा मन्दिर अहिले सिसीटिभीको निगरानीमा छैन । मन्दिरको संरक्षणमा लापर्वाही भएको भन्दै मन्दिरमा भेला भएका स्थानीयवासीले रातिदेखि नै चर्को विरोध गरिरहेका छन् । रासस
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यान्डम रिडर्स सोसाइटीद्वारा पुस्तक साटासाट गरी मनाइयो पुस्तक दिवस

पोखरा  । र्‍यान्डम रिडर्स सोसाइटीले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा पुस्तक आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोसाइटीका अध्यक्ष...

के-के भयो नेपाल र कतारबीच आठ बुँदे सम्झौता ?

काठमाडौं । कतारी राजा शेख तामिम बिन हमाद अल थानीको दुई दिने नेपालको राजकीय भ्रमण सकिएसँगै दुई देशका विभागीय मन्त्री तथा अधिकारीहरूले विभिन्न सम्झौता त...

डुंगा दुर्घटनामा परेर फेवातालमा डुबेका पाँच जनाको सकुशल उद्धार

पोखरा। कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ। अचानक आएको हावाहुरीको क...

प्रहरीको उपस्थितिमा ६३ वर्षीय वृद्धसँग १२ वर्षीया बालिकाको विवाह

काठमाडौं । घानाको नुगुआमा ६३ वर्षीय पादरी गबोर्बु वुलोमो नुउमो बोरकेटे लावे ३३ औंले ना ओक्रोमो नामक १२ वर्षीया बालिकासँग विवाह गरेको बताइएको छ। लामो स...

पर्यटन बोर्ड सीईओ छनोट तत्काल नगर्न अन्तरिम आदेश

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत छनोट सम्बन्धी कुनै पनि काम नगर्न नगराउन उच्च अदालत पाटनले  अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ...

नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा स...

दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी

काठमाडौं । कतारका राजा शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमण सकेर थानी बुधबार दिउँसो स्वदेश फर्किएका हुन् । ...

देशभर पन्ध्र स्थानमा आगलागी हुँदा लाखौंको क्षती

काठमाडौं । देशभर पन्ध्र स्थानमा आगलागी हुँदा  लाखौंको क्षती भएको छ ।  पछिल्लाे समय सुख्खा बढेसँगै देशभर आगलागीका घटना बढ्दा लाखाैंकाे क्षती भएकाे हाे ...

मोरङमा भरूवा बन्दुक बरामद

मोरङ । मोरङको सुन्दरहरैचाबाट प्रहरीले एकथान भरुवा बन्दुक बरामद् गरेको छ ।  सुन्दरहरैचा नगरपालिका-५ स्थित नमुना सामुदायिक वनबाट १ थान भरूवा बन्दुक मंगल...

झपा, सुखेत र बर्दीयाबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं । झपा, सुखेत र बर्दीयाबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन् ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ बस्ने ३० वर्षीय हेमन्त विकलाई अवै...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies