Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

विद्युत् प्राधिकरणद्वारा लाइन काटेर बक्यौता असुल

रासस

बाग्लुङ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रु ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ ।

महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुन: लाइन दिने गरिएको केन्द्र प्रमुख शिवनारायण गोशलीले बताए । मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नतिरेमा बिनासूचना जुनसुकै समयमा पनि प्राधिकरणले लाइन काट्न सक्ने कानूनी व्यवस्था छ । 

तोकिएको अवधिभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्ने गरिएको प्रमुख गोशलीको भनाइ छ । लाइन काटिएपछि बल्ल ग्राहकले बक्यौता रकम बुझाउने गरेका छन् । बक्यौता नतिरेसम्म लाइन नजोडिने केन्द्रले जनाएको छ ।

लाइन काटिएपछि पनि महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर केन्द्रले कारवाही अगाडि बढाउन सक्छ । गत आवमै कालोसूचीमा रहेका १६ जना पुराना ग्राहकबाट रु तीन लाख आठ हजार बक्यौता असुल गरिएको थियो । यस्तै ४१ ग्राहकलाई विद्युत् चुहावट गरेको आरोपमा कारवाही गरिएको छ । केन्द्रले अहिले जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तारको काम गरिरहेको छ । विद्युतीकरण कार्यक्रममार्फत गत आवको शुरुमै बडिगाड र ढोरपाटन नगरपालिकाकामा पहिलोपटक केन्द्रीय प्रसारण लाइन पुगेको थियो ।

ताराखोला, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा पनि विद्युत् विस्तार भइरहेको छ । “जिल्लाको करिब ६५ देखि ७० प्रतिशत ठाउँमा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भइसकेको छ”, प्रमुख गोशलीले भने, “आगामी वर्षसम्ममा सबैतिर पुग्छ, त्यहीअनुसार बजेट माग गरेका छौँ ।”

तमानखोला र निसीखोला गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारणको विद्युत् पुग्न सकेको छैन । स्थानीयवासीहरू गाउँमै सञ्चालित लघुजलविद्युत् आयोजनाका भरमा छन् । गत आवमा विद्युत्का एक हजार ९०५ जना नयाँ ग्राहक थपिएको केन्द्रले जनाएको छ ।

गण्डकी प्रदेश सरकारबाट आएको ग्रामीण विद्युतीकरण कार्यक्रमको शतप्रतिशत काम पूरा भएको जनाइएको छ । केन्द्रले विद्युत् विस्तारका साथै विद्युत् लाइन सुदृढीकरण, ट्रान्सफर्मर जडान, चुहावट रोक्ने, जीर्ण काठका पोललाई विस्थापित गरी नयाँ फलामका पोल राख्नेलगायतका काम गर्दै आएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies