Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

सहकारीले लाखौँ रकम गोलमाल पारेपछि बचतकर्ता घरका न घाटको भए

रासस

महोत्तरी । अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो ।

“भोलिको दु:खको साथी हुने आशमा बचत गर्‍यौँ भन्ने थियो, तर सहकारीको कार्यालय र सञ्चालक भेट्न छाडिएपछि अब छाँगाबाट खसेजस्तै भएको छ”, स्थानीयवासी रामकुमार श्रेष्ठले भन्नुभयो, “हामी ठगिएछौँ, रु दुई लाख बचत फिर्ता पाउनुपर्ने छ, दुई वर्षदेखि आफ्नै रकम खोज्दै हैरान छौँ ।”

उहाँजस्ता सयौँ बचतकर्ता अहिले आफ्नो रकम खोजी गरिदिन बर्दिबास सहकारी सञ्जाल, बर्दिबास नगरपालिकाको सहकारी शाखा र अरु विभिन्न निकायमा दौडिरहेका भेटिन्छन् । बर्दिबासमा सञ्चालित पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय हटाइएको छ । सञ्चालक बर्दिबास–१ कै बासिन्दा नीरकमल कार्की पनि सम्पर्कमा नभेटिएपछि बचतकर्ता मात्र नभएर बचत सङ्कलक पनि अप्ठ्यारोमा परेका छन् । विसं २०७६ चैतदेखि संस्था र सञ्चालक सम्पर्कविहीन भएको सोही संस्थामा बचत सङ्कलनकर्ता भएर काम गरेकी जानुकाकुमारी तामाङ बताउनुहुन्छ ।

“दैनिक बचत रकम सङ्कलन गर्न त हामी सङ्कलक पुग्थ्यौँ”, उहाँले भन्नुभयो, “त्यसैले बचतकर्ताको पहिलो भनाइको चोट हामीले खेप्नुपर्छ ।” आफूले सङ्कलन गरेको नै करिब रु ५० लाख बचत फिर्ता दिन बाँकी रहेको उहाँको भनाइ छ । 

पछिल्लोपटक संस्था र सञ्चालक दुवै नभेटेपछि बचतकर्ता हारगुहार माग्दै  नगरपालिका र  सहकारी सञ्जाल पुगेपछि यो घटना सार्वजनिक भएको हो । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विसं २०७४ देखि कारोबार शुरु गरेर २०७६ चैतदेखि सम्पर्कमा नआएको बचतकर्ता र बचत सङ्कलक बताउँछन् ।

नगरकाको सहकारी शाखा र सञ्जाल दुवैले समन्वयको प्रयत्न गरे पनि संस्था सञ्चालक कार्की बचतकर्ताको रकम दिन आनाकानी गरिरहेका छन् । “बचतकर्ता र बचत सङ्कलकको गुनासो बुझ्न सञ्चालक कार्कीसँग सम्पर्क गरियो”,सञ्जालका अध्यक्ष शङ्कर श्रेष्ठले भन्नुभयो, “उहाँले पटकपटक बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएर पनि फिर्ता भने गर्नुभएन ।” सो सहकारी संस्था सञ्जालमा आवद्ध नभएको र आफ्नो संस्था न्यायिक निरुपण गर्ने नभएको हुँदा नगरपालिका जान बचतकर्तालाई सुझाएको उहाँको भनाइ छ ।

नगरपालिकाले दुई/तीन पटक सञ्चालक कार्कीलाई खोजेर समन्वयात्मक छलफल चलाए पनि समाधान भने नभएको  शाखाकी समन्वयकर्ता प्रेमा कार्कीले जानकारी दिनुभयो । “हामीसँगको छलफलमा सञ्चालक कार्कीले बचतकर्ताको रकम दिनपर्ने स्वीकार त गर्नुभयो”, उहाँले भन्नुभयो, “तर रकम फिर्ता गर्न उहाँले लिनुभएको समय बराबर फेल भए ।” बचतकर्ताको रकम कार्यालयबाट गोलमाल भएको स्वीकार्ने सञ्चालक कार्कीले सो रकम फिर्ता गर्न सहमति जनाए पनि रकमको जोहो हुन नसकेको जनाउँदै समय लम्ब्याउने गरेका बताइएको छ । आफ्नो पासबुकसहितका कागजात सबै संस्थाको कार्यालयमा बुझाएको र अब आफूहरुसँग कुनै प्रमाण नरहेको हुँदा बचतकर्ता बचत फिर्ता पाउनेमा अन्योलमा छन् । 

यसैबीच नगरपालिकाले संस्था सञ्चालक कार्कीलाई तीन दिनभित्र बचतकर्ताको सबै हरहिसाब पेश गरेर रकम फिर्ता नगरे कारवाहीका स्थानीय प्रशासन र प्रहरी कार्यालयमा अनुरोध गर्ने जनाएको छ । संस्थाले हरहिसाब नै नदेखाएपछि कति रकम फिर्ता गर्नुपर्ने यकिन नभए पनि बचतकर्ता र सङ्कलकको भनाइबाट रु एक करोड ५० लाखभन्दा बढी बचतकर्ताको रकम हिनामिना भएको अनुमान गरिएको शाखाले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता, किरणलाई नेता बनाउने तयारी

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...

सल्यान जिप दुर्घटना अपडेट: भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो

सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...

जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून संशोधन गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...

फिफाको निलम्बनपछि नेपाली फुटबल ठप्प, फुकुवा गर्न संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदनले के देखायो ?

काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...

गृहमा १२९ कर्मचारी दरबन्दी थपिँदा सहसचिवको संख्या घट्यो

काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...

कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिको निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...

सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम

काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...

भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता, दुई जना घाइते

सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending