गोरखा । गोरखा निषेधाज्ञा उल्लङ्घन गरी चर्को भाडा असुल्ने दुई सवारी चालकलाई पक्राउ गरिएको छ । निषेधाज्ञामा गोरखाबाट काठमाडौँ यात्रु बोकेर जाँदै गरेको अवस्थामा बा५ख १०७३ र बा५ख १०७७ नंको माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिए ।
“बाह्य जिल्लाबाट सवारी साधन जिल्लाभित्र प्रवेश गर्न नपाइने र जिल्ला भित्रन नपाउने भए पनि सामाजिक सञ्जालमा सूचना नै राखेर सम्र्पक गरी यात्रु बोकेर ल्याउने गरेको रहेछ”, उनले भने, “विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।” पक्राउ परेका सवारी चालकले गोरखाबाट काठमाडौँसम्मको भाडा प्रतिव्यक्ति रु एक हजार असुलेको पाइएको एसपी खनालले जानकारी दिए ।
गोरखा–काठमाडौँ भाडादर रु ४५० रहेको छ । “दुवै सवारी चालकले तोकिएको भाडादरभन्दा झण्डै दोब्बर भाडा असुलेको पाइयो”, उनले भने, “अर्कोतिर एक जिल्लाबाट अर्को जिल्लामा सवारी साधान सञ्चालन गर्न पाइँदैन ।” जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार असार २९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
जिल्लाभित्र भने सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरिएको थियो । पक्राउ परेका सवारी चालकलाई निषेधाज्ञा उल्लङ्घनको कसुरमा कारवाही हुने एसपी खनालले जानकारी दिए । निषेधाज्ञाको उल्लङ्घन गरी बाह्य जिल्लाबाट यात्रुसहितको सवारी साधान भित्रने र बाहिरिने क्रम बढेपछि जिल्लाको प्रवेशको मुख्य नाका मझुवामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरी जाँच बढाए पनि यात्रु ओसारपसार गर्ने क्रम रोकिएको छैन । सवारी साधनले जाँच चौकीभन्दा नजिकै यात्रु झारेर हिँडाउने र जाँच चौकी कटेपछि पुनः यात्रु चढाएर ल्याउने लैजाने गरेको पाइएको प्रहरीले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: