कैलाली । कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले रु ३० लाखको लागतमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन् ।
निःशुल्करुपमा सञ्चालनको जिम्मेवारी पाउनुभएका धनगढीका सामाजिक अगुवा शिद्धराज पनेरुलाई आज उक्त यानको चाबी हस्तान्तरण गरिएको छ । धनगढीमा मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि लैजानका लागि महाप्रस्थान यानको नाम दिएर उक्त यान सञ्चालनमा ल्याइएको व्यवसायी हमालले बताए । उनले भने, “यहाँ पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गरि यान सञ्चालनमा ल्याइएको हो ।” उक्त यान धनगढीवासीमा समर्पित हुने बताइएको छ ।
शव यात्राका लागि अधिकांशले गाडी दिनै नमान्ने समस्याका कारण पनि सम्मानसहित दाहसंस्कारका लागि लैजान सो यानको व्यवस्था गरिएको व्यवसायी हमालको भनाइ छ । यान हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वरजिष्टार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख डा हेमराज पन्तले अभियन्ता हमालले महाप्रस्थान यान सञ्चालन गरेर निकै महत्वपूर्ण काम गरेको बताए ।
महाप्रस्थान यान धनगढी उपमहानगरपालिकास्थित मोहना नदी आर्यघाट, गोदावरी नदी आर्यघाट, खुटिया, कञ्चनपुरको महाकाली आर्यघाटसम्म सञ्चालन हुने बताइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८२ - १०:१८
धनगढी । कैलालीमा एक सुत्केरी मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीया तुलसी नाथ मृत फेल...
आषाढ़ ६ गते, २०८२ - ०९:५२
ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार सफल शल्यक्रियापछि ए...
आषाढ़ ६ गते, २०८२ - ०९:४४
कञ्चनपुर । गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन् । ...
आषाढ़ ६ गते, २०८२ - ०९:४०
विराटनगर । सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद...
आषाढ़ ६ गते, २०८२ - ०९:३२
धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लामा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म मौसम यस्तै रह...
आषाढ़ ६ गते, २०८२ - ०८:३४
काठमाडौँ । फेसबुकले अकाउन्ट लगइन गर्दा पासवर्ड नै नचाहिने फिचर ल्याउने भएको छ । बुधबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले ‘पास की’ फिचर ल्याउने घोषणा गर...
आषाढ़ ६ गते, २०८२ - ०८:०५
काठमाडौं। प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत...
आषाढ़ ६ गते, २०८२ - ०७:४५
काठमाडौं । ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास आज उदघाटन हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपास उदघाटन गर्ने छन् । भौतिक पूर्वाधार तथा याताया...
आषाढ़ ६ गते, २०८२ - ०७:२५
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक आजवाट सुरु हुदैँछ । असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भव...
आषाढ़ ६ गते, २०८२ - ०६:५५
बलेवा । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा ...
प्रतिकृया लेख्नुहोस्: