काठमाडौँ । नेकपा (एमाले) कार्यदलले विवाद समाधान खाका तयार गरिसकेकाले पार्टी एकताबद्ध भएको घोषणा हुने भएको छ ।
कार्यदलको आज दिउँसो सिंहदरबारमा भएको छलफलमा पार्टीभित्रको विवादलाई सहमतिका आधारमा अन्तिम रूप दिने तयारी भएको हो । एमाले नेता सुवास नेम्वाङले आज साँझ पुनः कार्यदलको बैठक बसी पार्टीभित्रका सबै समस्या समाधान गरिने बताए । दिउँसो बसेको कार्यदलको बैठक थप गृहकार्य गर्न साँझ ७ बजे सिंहदरबारमा पुनः बस्ने छ । यसअघि कार्यदलको तयारी र आपसी परामर्शका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।
'भरसक आजै पार्टीभित्रको विवाद समाधानलाई निष्कर्षसम्म पुर्याउने हाम्रो जोड हुन्छ', कार्यदलका नेता नेम्वाङले भने, 'जो भइरहेको छ, ठीक भइरहेको छ, सहमतिका आधारमा संयुक्त वक्तव्य आउने कुरा ठूलो होइन, पार्टी एकताबद्ध बनाउने घोषणा गर्न लागेका हौँ ।' उनले पार्टीभित्रको विवाद समाधान गर्न छलफल निरन्तर जारी रहेको र सकारात्मक भएको बताए । उनले कार्यदलमा गरिएको सहमतिको गृहकार्यबारे शीर्षनेतासँग पनि बैठक बस्नुअघि छलफल गरिने जानकारी दिए ।
एमालेका सचिव गोकर्णराज विष्टले छिट्टै विवाद समाधान गर्दै एकताको घोषणा गरिने बताए । उनले लामो समयदेखिको अनौपचारिक छलफललाई कार्यदलको बैठकमार्फत कार्यकर्ता र शुभेच्छुकको चाहनाबमोजिम एकताको कामलाई सार्थक निष्कर्षमा लैजान लागिएको बताए । नेता विष्टले भने, 'आपसी अविश्वास र बेमेल तथा अप्ठ्यारो स्थितिबाट पार गर्दै हामी निचोडमा पुग्न लागेका छौँ ।' रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो
आषाढ़ १२ गते, २०८३ - ०७:४८
१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति
आषाढ़ १२ गते, २०८३ - ०७:४५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...



प्रतिकृया लेख्नुहोस्: