Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

रु १४ अर्ब ३४ करोड बराबरको आइपिओ बिक्रीका लागि अनुमति

रासस

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले रु ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्न पाउने अनुमति पाएको छ ।

बोर्डले दिएका अनुमतिका आधारमा हेर्दा कूल रु १४ अर्ब ३४ करोड २३ लाख २५ हजार १०० बराबरको साधारण शेयर बिक्री हुनेछ । पछिल्ला दिनमा नेपालको धितोपत्र बजारमा विस्तारित भएको छ । बोर्डका अनुसार २०७७ असारमा कूल १७ लाखको हाराहारीमा रहेको हितग्राही खाताको सङ्ख्या शतप्रतिशतले वृद्धि भई रु ३५ लाख नाघेको अवस्था छ ।

यस्तै रु सात लाखको हाराहारीमा रहेको मेरो शेयर खाताको सङ्ख्यासमेत एक वर्षको अवधिमा साढे तीन गुणा बढीले वृद्धि भई २६ लाख पुगेको छ । यस्तै प्राथमिक सार्वजनिक निष्काशनमा मुस्किलले पाँच लाख जनाले भाग लिने गरेकामा पछिल्लो पटकसम्म आइपुग्दा त २१ लाखले आवेदन दिएका छन् ।

पछिल्लोपटक सार्वजनिक निष्काशन गरेको जीवन विकास लघुवित्तको साधारण शेयरमा २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका छन् । यसअघि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयरमा १८ लाख ४२ हजार ४८० ले आवेदन दिएको विवरण थियो । जीवन विकास लघुवित्तको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार साधारण शेयरमा लगानी गर्नेको रेकर्ड नै बनेको छ । 

धितोपत्र बजार अनलाइन कारोवारका लागि २०७७ असारमा मात्रै ३५ हजारले युजरआइडी लिएकाका हालसम्म त्यो सङ्ख्या बढेर छ लाख ६० हजार बढी पुगेको छ । दैनिक छ लाख बढीले कारोवारमा सक्रियता देखाएका छन् । बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाका अनुसार प्रविधिमा भएको विस्तार तथा लगानी सहजीकरणका लागि भएका प्रयासका कारण धितोपत्र बजारमा लगानीकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
 
बोर्डका अनुसार चालु आवको १० महिनामा नै धितोपत्रको प्राथमिक बजारमार्फत रु ७८ अर्ब बराबरको पूँजी परिचालन भएको छ । जुन विगत २८ वर्षकै इतिहासमा उच्च हो । प्राथमिक बजारमार्फत समाजमा छरिएर रहेको सानो बचत सङ्कलन गरी दीर्घकालीन पूँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पुर्‍याउने बोर्डको उद्देश्यमा सफलता हासिल भएको छ ।

बोर्डका अनुसार चालु आवको शुरुआतीमा नै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रु ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर बिक्री गर्‍यो । यस्तै समाज लघुवित्तले रु ८६ लाख बराबरको आठ लाख ६० हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो । बोर्डबाट अनुमति पाउनेमा पाँच जलविद्युत् कम्पनी छन् । त्यसमा सिङ्गटी हाइड्रोपावरले रु ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो । उक्त परिमाणको शेयर आयोजना प्रभावित स्थानीयवासी र आम सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

ग्रिन लाइफ हाइड्रोपावरले रु ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर बिक्री गर्‍यो । बोर्डले अनुमति दिएको जलविद्युत् कम्पनीमध्ये प्रिमियमसमेत जोडेर साधारण शेयर बिक्री गर्नेमा रुरु जलविद्युत् परियोजना हो । सो कम्पनीले रु आठ करोड १५ लाख ४१ हजार १०० बराबरको आठ लाख १५ हजार ४११ कित्ता साधारण शेयर बिक्री गर्‍यो ।

सिइडिबी हाइड्रोपावर कम्पनीले पनि साधारण शेयर बिक्री गरिसकेको छ । यस्तै तेह्रथुम पावर साधारण शेयर बिक्रीका लागि अनुमति पाइसकेको छ । सो कम्पनीले १२ लाख कित्ता साधारण शेयर बिक्री गर्दैछ । साधारण शेयर बिक्री गर्ने कम्पनीमध्ये नेपाल पूर्वाधार बैंक ठूलो हो । सो बैंकले रु आठ अर्ब बराबरको साधारण शेयर चालु आवमा बिक्री गरेको हो । यस्तै जलविद्युत् कम्पनीमध्ये मध्यभोटेकोशीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ । सो कम्पनीले रु एक अर्ब ५० करोड बराबरको साधारण शेयर बिक्री गर्दैछ । 

बोर्डका अध्यक्ष ढुङ्गानाका अनुसार बजारको बढ्दो स्वरुपका अनुसार सरकारको राजश्वमा समेत पूँजी बजार भरपर्दो स्रोतका रूपमा स्थापित भएको छ । गत वर्षसम्म पूँजीगत लाभकरवापत सरकारलाई वर्षमा मुस्किलले रु एक अर्ब बराबरको योगदान पुर्‍याउने गरेकामा हाल महिनामै सो भन्दा बढी रकम सङ्कलन हुन थालेको छ । लामो समयदेखि स्पष्ट नभएको पूँजीगत लाभकरसम्बन्धी व्यवस्थामा सुधार भएका कारण पनि बजार विस्तारित भएको बोर्डको बुझाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

भावी प्रधानमन्त्री भनेर अघि सारिएका उम्मेदवारबीच के साँच्चै सार्वजनिक बहस हुनुपर्छ ?

काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...

अशक्तलाई घरमै नागरिकता

सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...

निर्वाचन ३२ दिन बाँकी: पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE