काठमाडौं । सर्वोच्चमा बुझाएको हस्ताक्ष सोमबार सम्म फिर्ता नलिए पार्टी एकता सम्भव नभएको चेतावनी दिएका एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच शनिबार पुन: टेलीफोन वार्ता भएको छ ।
शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा वार्ता भएको बालुवाटार स्रोतले जनाएको छ । असार १६ गते अध्यक्ष ओलीले दशौं महाधिवशेन आयोजक कमिटी बैठक खारेज गरी पुरानै केन्द्रीय कमिटी बैठक शुक्रबार बोलाएका थिए । तर, माधव नेपाल समूहले आयोजक कमिटीले गरेको निर्णय अवैधानिक भएको भन्दै बैठकमा सहभागी भएको छैन ।
यस अघि शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन अध्यक्ष ओलीले टेलिफोन वार्ता गरेका थिए । ओलीको आग्रहलाई अस्वीकार गर्दै नेता नेपालले दुवै पक्षबीच सहमति भएपछि मात्र बैठक बोलाउन ओलीलाई आग्रह गरेका थिए । ओलीले नेपालको सुझावलाई लत्याउँदै केन्द्रीय कमिटी बैठक जारी राखेका छन् ।
शुक्रबारको बैठकमा माधव समूह सहभागी नभएपछि ओलीले चेतावनी दिदै सोमबारसम्म अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने धम्की दिएका थिए । ओलीको उक्त धम्की दिए पछि माधव समूहले बरु राजनीतिबाट सन्यास लिने तर हस्ताक्षर फिर्ता नलिने बताएका थिए ।
अदालतमा प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेपछि पार्टी एकताको नाममा हस्ताक्षर फिर्ता लिन लगाइ मुद्दा कमजोर बनाउने रणनीतिमा ओली लागेको माधव समूहको बुझाइ रहेको छ । सर्वोच्च दशौं आयोजक कमिटीलाई मान्यता नदिए पछि थप अप्ठ्यारोमा परेका ओलीले ०७५ जेठ ३ अघिको केन्द्रीय कमिटी बैठक नबोलाई ०७७ फागुन २८ पूर्वको बैठक बोलाएपछि माधव समूह थप शशंकित भएको छ । यद्यपी दुवै पक्षका दोस्रो तहका नेताहरुबीच मध्यमार्गी उपायहरुको खोजिमा निरन्तर संवादमा रहेका छन् ।
अहिले पनि दोस्रो तहका नेताहरु ललितपुरस्थित समिट होटलमा छलफलमा छन् । दुई पक्ष छलफल चलिरहेकै अवस्थामा उपमहासचिव भुसालले माधव नेपाल निवास पुगेर दुई शीर्ष नेताबीच टेलिफोन संवाद गराएको बुझिएको छ । ओली र नेपालको फोन कुराकानी लगत्तै समिट होटलमा ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले माधव पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्यसँग छलफल गरेका थिए । यद्यपी दुवै पक्ष आ–आफ्नै अडानमा कायमै रहदाँ सहमतिको गाँठो अझै फुक्न सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: