Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

बागमती र नारायणी क्षेत्रमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

खबरडबली संवाददाता

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले नारायणीको सहायक नदी  मर्स्याङ्दी, बिमल नगर जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाएको छ । 

बिहीबार बिहान ७ बजेको मापन अनुसार कार्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाव स्थिर रहे पनि कोशी, नारायणी, बागमती र यसका सहायक नदीमा पानीको बहाब बढ्ने क्रममा रहेकोले तटिय क्षेत्र तथा आसपासका क्षेत्रहरुका बान्सिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् । महाशाखाका अनुसार आज कार्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाव सामान्य रहने जनाएको छ ।

यस्तै, भोटेकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु तथा त्रिशुली, बुढीगण्डकी, मस्याङ्दी लगायत नारायणीका सहायक नदीहरुमा पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

यसैगरी पश्चि राप्ती, बबईमा बहाब सामान्य रहने, पूर्वी राप्ती र कन्काईमा जलाधारका केही सहायक नदीहरुमा मध्यम देखि भारी वर्षा भइ सतर्कता तह पार गर्न सक्ने अनुमान गरेको छ । यस्तै कमला र बागमती लगायतमा अत्याधिक वर्षाका कारण खतराको तह पार गर्न सक्ने पूर्वानुमान गरेको छ । 

महाशाखाले प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, पााँचथर, उदयपुर, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बुका आसपास भएर बग्ने नदीहरुमा बहाब बढ्न सक्ने भएकोले आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी आसपास भएर बग्ने नदीमा बहाब उच्च रहने बताएको छ ।  यस्तै बागमती प्रदेशको काठमाडौ, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक आसपास भएर बग्ने नदीहरु बाढीको उच्च जोखिममा रहेको बताएको छ ।

यस्तै गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर र लुवम्बनी प्रदेशको पाल्पा, गुल्मी, प्युठान, अघााखााँची, रोल्पा, दाङ र आसपास जिल्ला भई बग्ने स–साना नदीहरुमा पानीको बहाब उच्च रहने महाशाखाले पूर्वानुमान गरको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

भावी प्रधानमन्त्री भनेर अघि सारिएका उम्मेदवारबीच के साँच्चै सार्वजनिक बहस हुनुपर्छ ?

काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...

अशक्तलाई घरमै नागरिकता

सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...

निर्वाचन ३२ दिन बाँकी: पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE