Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

चाँगुनारायण नगरपालिकाको नीति तथा कार्यक्रम पारित

रासस

भक्तपुर । चाँगुनारायण नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । 

नगरपालिकाको नवौं नगरसभाको नगरप्रमुख सोमप्रसाद मिश्रले मङ्गलबार शुभारम्भ गरेपछि उपप्रमुख वीणा बास्तोलाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।

नगरपालिकाले कोभिड–१९, स्वास्थय, शिक्षा, कृषि एवं रोजगारउन्मुख नीति कार्यक्रम पेश गरेको छ । सबै नागरिकलाई कोरोना भाइरस सङ्क्रमणमुक्त बनाउन पर्याप्त औषधि, चिकित्सक, स्वास्थ्य सामग्रीलगायत आवश्यकको सबै थोकको व्यवस्थापन तथा परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै सङ्घीय सरकारसँग समन्वय गरी आगामी ६ महिना भित्र नगरवासीलाई खोप लगाइने, कोभिडबाट ज्यान गुमाएका परिवारलाई किरिया खर्चबापत आर्थिक सहयोग गर्ने व्यवस्था नीति तथा कार्यक्रममा रहेको उपप्रमुख बास्तोलाले बताए  ।

स्वास्थ्य सेवालाई चुस्त र गुणस्तरीय बनाउने, चाँगुनारायण अस्पताललाई भक्तपुर जिल्लाको अब्बल संस्थाको रुपमा विकास गर्न अस्पताल विकास समिति निर्माण गरी अघि बढाइने, गुणस्तरीय सेवाका साथै पाँच शय्याको एचडीयू, अल्ट्रासाउण्ड, इको, इसिजी, पीएफटी, अक्सिजन प्लान्टको व्यवस्था गर्ने, अस्पतालमा हरेक दिन फरक विषेशज्ञ सेवासहित आँखा, नाक, कान, घाँटी र बालविशेषज्ञ सेवा विस्तार गर्ने, आइसियु भेन्टिलेटरसहितको सुविधायुक्त एचडीयू शय्याको व्यवस्थापन गरिने नगरप्रमुख सोमप्रसादमिश्रले जानकारी दिए  । त्यस्तै सबै वडामा आधारभूत स्वास्थ्य सेवामा थप सुविधा विस्तार गर्ने, नगरवासीलाई आवश्यकता अनुसार कोरोना भाइरस सङ्क्रमणको परीक्षण, लक्षण देखिएकालाई तत्काल उद्दार, आइसोलेसन तथा कन्टयाकमा आएकालाई टे«सिङ गर्ने, कोभिड नियन्त्रण कोषको गठन गरिने व्यवस्था नीति तथा कार्यक्रममा उल्लेख छ ।

चाँगु अस्पतालमा ज्येष्ठ नागरिक, गरिब र विपन्न नगवासीका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने, दलित, अपाङ्ग, सुत्केरी तथा गर्भवतीको उपचारमा ओपिडी टिकट निःशुल्क गर्ने, पाठेघर, स्तन क्यान्सर, मोतिबिन्दु बिरामीलाई निःशुल्क परीक्षण शिविर सञ्चालन गरिने व्यवस्था गरिने छ । आगामी वर्ष वडा नं।५, ६, ७, ८ र ९ लाई पायक पर्ने स्थानमा अर्को नयाँ सुविधा सम्पन्न नगर अस्पताल निर्माणका लागि डिपीआर बनाउने, नगरपालिकाभित्र कम्तिमा दुई वटा वडामा नयाँ स्वास्थ्य ल्याब स्थापना गर्ने, सबै नगरवासीमा स्वास्थ्य बीमाको पहुँच पुर्याउन ५० प्रतिशत अनुदान तथा असाहय, र विपन्न वर्गको पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै सामुदायिक स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई विस्तार गर्दै निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने, सरकारले तोकेको बाहेक मधुमेह, उच्च रक्तचाप, कोलष्ट्रोल र दमखोकीका औषधि नगरपालिकाले निःशुल्क वितरण गरिने व्यवस्था नीति तथा कार्यक्रममा छ । 

यसैगरी जटिल खालका आठ रोगको उपचारमा १०हजार आर्थिक सहयोग उपलब्ध गराउने, एक वडा एक योग ध्यान केन्द्र तथा एक व्यायामशालाको निर्माण गरिने, विद्यालयस्तरीय स्वास्थ्य तथा पोषण कार्यक्रम लागू गर्ने, प्रत्येक वडामा रहेका सामुदायिक विद्यालयमा स्वास्थ्य, शिक्षा तथा पोषण कार्यक्रम गरिने, प्रत्येक स्वास्थ्य संस्थामा निःशुल्क गर्भ जाँच गर्ने र घुम्ती अल्ट्रा सोनोग्राफी सेवा सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

यसैगरी शिक्षातर्फ प्राविधिक तथा व्यवसायिक शिक्षामा प्रोत्साहन गर्ने, उपप्रमुखसँग किशोरी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, गरिब, विपन्न, असहाय, जेहेन्दार विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि मेयर छात्रवृत्ति कार्यक्रम लागू गरी प्रत्येक वर्ष नौ जनालाई इन्जिनियरिङमा छात्रवृत्ति तथा दुई जनालाई एमबिबिएस अध्ययन गर्ने शैक्षिक शुल्क पूर्ण रुपमा नगरपालिकाले व्यहोर्ने गरी छात्रवृत्ति प्रदान गरिने, सवै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट शिक्षण सिकाई गर्न प्रोत्साहन गरिने, स्थानीय पाठ्यक्रमलाई प्रभावकारीताका साथ कार्यान्वयनमा ल्याइने, विद्यालयस्तरीय मेयरकप फुटबल तथा भलिबल कार्यक्रम सञ्चालन गरिने, परीक्षाको नतिजाका आधारमा विद्यालयलाई पुरस्कृत गरिने नीति नगरपालिकको छ । 

त्यस्तै सामुदायिक सिकाई केन्द्रलाई सूचना प्रविधि मैत्री बनाइने, सामुदायिक विद्यालयमा नगरबस सञ्चालन गर्ने, एक माध्यमिक र एक आधारभूत विद्यालय छनौट गरी नमूना विद्यालय घोषणा गर्ने, सामुदायिक विद्यालयमा छात्रालाई निःशुल्क स्यानेटरी प्याड वितरण गरिने, दरबन्दी मिलान सम्पन्न गरिने छ । खेलकुदको विकासका लागि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने, एक वडा एक खेलमैदान बनाइने, नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड तथा विद्यालयमा खेलकूद सप्ताह कार्यक्रम सञ्चालन गरिने, प्रत्येक वडामा ज्येष्ठ नागरिक मिलन चौतारी सञ्चालन गरिने नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख मिश्रले जानकारी दिए । 

किसानलाई प्रविधिमा अनुदानको नीति लिँदै एक घर एक परिवार, फलफूल सदाबहार कार्यक्रम लागू गरिने, बाँझो जग्गा राख्न निधेष गर्दै त्यस्ता जग्गामा कृषि उत्पादनका लागि आह्वान गर्ने, उत्कृष्ट कृषकलाई पुरस्कृत गरिने, कृषि भण्डारण एवं प्रशोधन केन्द्र सञ्चालन गरिने र कृषिमा आधारित उद्योग सञ्चालनमा लगानी बढाइने नीति नगरपालिकाको छ । 

यसैगरी कृषि उत्पादनमा आत्मनिर्भर बनाउन एक घर एक करेसाबारी कार्यक्रममार्फत व्यवसायिक तरकारी खेतीका लागि कृषकलाई सहुलियत दिने, कृषि ऋण उपलब्ध गराउने, प्रविधिमा तथा प्राविधिक सहयोग उपलब्ध गराइने, खाद्य अधिकार सुरक्षा तथा कृषिमा आधारित रोजगार बढाइने, महिलालाई सामूहिक कृषि तथा पशुपालन व्यवसाय गर्न ब्याज अनुदानमा ऋणको व्यवस्था गर्ने, प्रत्येक वडामा कृषिउपज केन्द्र स्थापना गरिने, व्यावसायिक जडिबुटी खेती तथा बेमौसमी तरकारी खेतीका लागि टनेल खेती बिस्तार गरिने नीति नगरपालिकाले लिएको छ । नगरसभा १० गते सम्पन्न हुने भएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies