Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank

कर्मचारीको कमजोर समन्वयका मारमा सर्वसाधारण

खबरडबली संवाददाता

सोलुखुम्बु । कोरोना सङ्क्रमणको गतिलाई रोक्न देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएसँगै नागरिकको जनजीवन कष्टकर बनेको छ । यो समयमा अतिआवश्यक कामका लागि आवतजावत गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयको सवारी सञ्चालन अनुमति अनिवार्य गरिएको छ ।

गृह मन्त्रालयले प्रदेश एक र दुईको सवारी सञ्चालन अनुमति दिने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसमा भक्तपुर प्रशासलाई दिएको छ ।

यस्तै वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ र लुम्बिनी तथा कर्णाली प्रदेशका जिल्लाहरुको सिफारिसको आधारमा ललितपुर जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालन अनुमति दिने व्यवस्था गरेको छ । यसले गर्दा विभिन्न जिल्लाबाट अतिआवश्यक कामको लागि उपत्यका जाने नागरिकलाई भने असहज भएको गुनासो बढेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट पठाइएको सवारी सिफारिसको भक्तपुर प्रशासन कार्यालयबाट समयमा नै जवाफ नदिने हुँदा समस्या भएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाको भनाइ छ ।

जिल्लाबाट अतिआवश्यक कार्यको लागि आएको निवेदनअनुसार सवारी सञ्चालन अनुमतिका लागि सिफारिस गरिए पनि भक्तपुरबाट अनुमति नआउँदा समस्या भएको उनको भनाइ छ ।

वैदेशिक रोजगारीको भिसा आएपछि सोलु दूधकुण्ड नगरपालिका–५ वडा कार्यालयको सिफारिसका आधारमा आइतबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा निवेदन दिएपनि दुई दिनसम्म अनुमति नपाउँदा समस्या भएको स्थानीयवासी लाक्पा शेर्पाले गुनासो गरे । सोमबार अबेरसम्म पनि प्रशासन कार्यालयबाट अनुमति नपाएपछि वडाकै सिफारिसको आधारमा काठमाडौँ हिंडे पनि पत्ताले बाट फर्कनुपर्ने उनको भनाइ छ ।

सवारी सञ्चालन अनुमति बिना उपत्यका हिडेका करीब पाँच वटा गाडीलाई सोलुखुम्बु र ओखलढुङ्गाको सिमाना पत्तालेबाट फिर्ता गरिएको यहाँका प्रमुख जिल्ला अधिकारी गणेशबिक्रम शाहीले बताए । भक्तपुरबाट सवारी पास नपठाउने र यात्रुले पनि स्थानीय तहको मात्रै सिफारिस बोकेर हिंड्दा समस्या भएको उनको भनाइ छ ।

महाकुलुङ गाउँपालिका तथा सोलु दूधकुण्ड नगरपालिकाको विभिन्न वडाबाट सिफारिस लिएर सोमबार काठमाडौँका लागि छुटेका चार वटा जीप पत्तालेबाट फिर्काएको सोलुखुम्बु प्रहरीले जनाएको छ । दुई जिल्ला प्रशासन कार्यालयका कर्मचारीबीचको समन्वय अभाव हुँदा सर्वसाधारण नागरिकले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट पठाइएको सिफारिसअनुसारको अनुमति लिनको लागि तेस्रो व्यक्तिले पहल गर्नुपर्ने बाध्यता रहेको मिडिया ब्रोडकास्टका सञ्चालक डीबी श्रेष्ठले बताए । उनका अनुसार भक्तपुर र सोलुखुम्बु जिल्ला प्रशासनका कर्मचारीबीचको समन्वय कमजोर हुँदा उपत्यका जाने नागरिकले बढी सास्ती खेप्नुपरेको छ ।

यही असार ३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँको सवारी पास लिएर सञ्चारको टावर मर्मत गर्नको लागि सोलुखुम्बु आउनुभएका श्रेष्ठको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा निवेदन दिएको भएपनि तीन दिन बितिसक्दा समेत अनुमति नपाएको श्रेष्ठले गुनासो गरे । अघिल्लो वर्ष पनि उपत्यकाबाटै सवारी अनुमति आउने भएपनि खासै असहजताको महशुस नभएको यातायात व्यवसायी दावा शेर्पाले बताए ।

सल्लेरीबाट काठमाडौँ जानको लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा शुक्रबार वडा कार्यालयको सिफारिसमा पेश भएको निवेदनको जवाफ नआएपछि पुनः आइतबार अर्को सिफारिस गरिएको सवारी चालक प्रज्ज्वल मगरले बताए ।

एफएमको टावर निर्माणको लागि आएको टोली फर्कनको लागि निवेदन दिएको भएपनि जवाफ नआएपछि पुनः सोही एफएमको निवेदनसहित आइतबार अर्को निवेदन पेश गरिएको उनको भनाइ छ । दुई निकायबीच समन्वय नहुँदा यस्ता समस्याहरु अन्य जिल्लामा पनि भएको पाइएको छ । रासस 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुनाव जित्ने ‘वैज्ञानिक सूत्र’ खोज्न कांग्रेसको नयाँ ब्युरो, १७ जना सदस्य थपिए

काठमाडौं । नेपाली कांग्रेस ले अब चुनावलाई केवल भाषण र झन्डामात्रै होइन, “डाटा र रणनीति” बाट जित्ने तयारी थालेको दाबी गरेको छ । त्यसका लागि पार्टीको नि...

५० लाख बुझाएपछि पूर्वमन्त्री गुप्तालाई जेलबाहिर आउन बाटो खुला

काठमाडौं । घुस प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्ता लाई सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्व...

संसद्मा हर्कको हुटिङ, सभामुखको वार्निङः साम्पाङकाे अडान रहँदा अर्यालले देखाए नियम ३०

काठमाडौं । प्रतिनिधिसभा अहिले कानून निर्माणभन्दा बढी “पर्चा प्रदर्शन प्रतियोगिता” जस्तो देखिन थालेको छ । त्यसको केन्द्रमा छन् हर्क साम्पाङ । केही द...

काफल पोखेपछि आलोचना, पीडित महिलालाई नगरपालिकाले दियो १० हजार

सुर्खेत । वीरेन्द्रनगरमा नगर प्रहरीले काफल बेच्दै हिँडेकी महिलामाथि गरेको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि नगरपालिकाले पीडितलाई १० ह...

दुर्गा प्रसाईं पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौँ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर...

मुस्ताङको कागबेनी

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित धार्मिकस्थल कागबेनी, कालिगण्डकी करिडोर र पृष्ठभूमिमा आसपासका पहाड । तस्बिरः सुन्दरकुमार थकाली/रासस ...

ललितपुरमा नक्कली ‘ब्ल्याक लेबल’ कारखानामा छापा, चार जना पक्राउ

ललितपुर । सशस्त्र प्रहरी बलले ललितपुरमा सञ्चालन भइरहेको नक्कली ब्रान्डेड मदिरा उत्पादन केन्द्रमा छापा मारेर चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने...

वर्षासँगै पहिरोका कारण देशका मुख्य राजमार्गमा यातायात प्रभावित

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बनेका छन्। नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विव...

२२ वर्षपछि आर्सनल च्याम्पियन, सिटीको बराबरीले टुट्यो उपाधि खडेरी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले २२ वर्षपछि ऐतिहासिक उपाधि जितेको छ। लगातार तीन सिजन उपविजेतामा सीमित बनेको आर्सनलले अन्ततः लामो प्रतीक्षाको...

ट्रम्प फर्किएको चार दिनमै किन चीन पुगे पुटिन ?

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर फर्किएको चार दिनमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेका छन्। यो भ्रमणलाई विश्व ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending