चितवन । दुई साताअघि चितवनमा एक महिलाको शंकाष्पद मृत्यु भयो । २८ वर्षीया सविताको मृत्यु स्वभाविक नभएको भन्दै उनको माइती पक्ष प्रहरीमा किटानी जाहेरी दिए । मुद्दा अदालतमा बिचाराधीन छ । तर, अहिले यो घटनासँग सम्वन्धित विभिन्न पात्रका थरिथरि बयान यूट्यूवमा भाइरल छन् । यति मात्रै होइन, सविताका संवेदनशील अडियो–भिडियोलाई पनि यूट्युवरले छताछुल्ल बनाएका छन् । अनि ती अडियो–भिडियोमा लिपसिंक गरेर टिकटकमा भाइरल बन्न खोज्नेको अर्को समूह छ । यस्तो विकृतिलाई नियन्त्रण गर्न प्रहरी प्रशासनले खासै चासो दिएको छैन ।
सात वर्षअघि वैशाख ३ गते सविताको चितवनका योगेन्द्रकुमार धितालसँग मागी विहे भएको थियो । घरमा श्रीमान, ससुरा, सासु र एक पाँच वर्षीय छोरा छन् । गत वैशाख ४ गते सविता आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवार र छरछिमेकीले उनलाई चितवन मेडिकल कलेजमा पुर्याएका थिए । अस्पताल लैजाँदासम्म उनी जीवित रहेको बताइएको छ । तर, डाक्टरले उनको ज्यान जोगाउन सकेनन् ।
माइती पक्षका अनुसार लामो समयदेखि सविता पारिवारिक कारणले तनावमा थिइन् । विवाहमा दाइजो नल्याएको निहुमा उनलाई प्रताडित गर्ने गरिएको बहिनी सजनीको आरोप छ । परिवारले उनलाई जबरजस्ती मानसिक तनावको औषधि खुवाउने गरेको पनि उनले बताएकी छन् । तर, श्रीमान योगेन्द्रले भने आफ्नी श्रीमती साँच्चै मानसिक समस्याको शिकार बनेको र चिकित्सकको परामर्शमा औषधि सेवन गराएको दावी गर्छन् । उनको दावीअनुसार बिहे गर्दा नै सविता मानसिक तनावको समस्यामा थिइन् ।
सजनीले सार्वजनिक गरेको एउटा अडियो सुन्दा सविता अत्यन्तै विक्षिप्त अवस्थामा पुगेको प्रतीत हुन्छ । उनले रुँदै बहिनीसँग भनेकी छन्, ‘म एकदमै कमजोर भइसकेँ । अब म सक्दिनँ कान्छी । मसँग बोल्ने आँट पनि छैन । म एकदम निराश भइसकेँ । धेरै बलियो हुन खोजेँ तर, भित्रबाट नै कमजार भइसकेँ । म दिनदिनै यो पीडा सहन सक्दिनँ ।’
ह त्या कि आ त्मह त्या रु घटनापछि मृत कका माइती पक्षले यसलाई सहजरुपमा लिन सकेनन् । सविताको ह त्या गरिएको वा मा नसिक(यातना दिएर आ त्मह त्याका लागि वाध्य पारिएको उनीहरुले आशंका गरेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले आ त्मह त्या ठहर्याएको थियो । सविताले आफ्नै कोठामा पासो लगाएर झु ण्डिएको प्रहरीले जनाएको छ ।
मृतकको पोस्टमार्टम रिपोर्टमा मृत्यूको कारण ‘ह्या ङ्गिङ’ (झु ण्डिएको) भनिएको छ । जिल्ला प्रहरी कार्यालयक चितवनका प्रहरी नायव उपरिक्षक (डीएसपी) सुर्य बहादुर थापाले घ टनाको वस्तुस्थितिले ह त्या नदेखिएको बताए । तर, आ त्मह त्याका लागि दु रुत्साहन गरिएको प्रहरीको अनुसन्धानले देखाएको उनको भनाइ छ ।
नेपाल प्रेससँग डीएसपी थापाले भने, ‘यो आ त्मह त्या दुरुत्सा हनको घटना हो भन्ने प्रहरीको प्रारम्भिक निष्कर्ष हो । हामीले आफ्नो तर्फबाट सबै प्रमाणसहितको प्रतिवेदन अदालतमा बुझाइसकेका छौं । अन्तिम निर्णय अदालतबाटै हुने हो । हामी आफ्नो तर्फबाट अदालतलाई सबै सहयोग गर्छौं ।’
सविताका माइती पक्षको भनाइमा परिवारबाट उनले लामो समयदेखि विभिन्न खाले यातना भोग्दै आएकी थिइन् । श्रीमानले म दिरा सेवन गरेर पिट्ने गरेको उनीहरुको आरो प छ । त्यो भन्दा संवे दनशील चाहिँ ७५ वर्षका ससुराले सवितालाई यौ न दु र्व्यवहार गरेको बताइएको छ । घटनालगत्तै माइती पक्षको किटानी जाहेरीका आधारमा प्रहरीले सविताका श्रीमान योगेन्द्रकुमार धिताल, ससुरा रमेशकुमार धिताल र आमाजु भावना ढकाललाई पक्राउ गरेको थियो । उनीहरु सबै धरौटीमा छुटेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: