Life insurence
Khabar Dabali ९ असार २०७८ बुधबार | 23rd June, 2021 Wed
Himalayan Golden detail page

नयाँ बसपार्क स्थित अस्थायी प्रहरी पोष्ट तोडफोड गर्ने ५ जना पक्राउ

खबरडबली संवाददाता

सुनसरी । धरान उपमहानगरपालिका–१५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा गर्ने कार्यमा संलग्न रहेको अभियोगमा  ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–५ बस्ने २४ वर्षीय विक्रम राई, सोही उपमहानगरपालिका–३ बस्ने २७ वर्षीय सिजन राई, सोही उपमहानगरपालिका–४ बस्ने २६ वर्षीय कालु भन्ने सरोज लिम्बु, सोही उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय बसन्त राई र सोही उपमहानगरपालिका–१५ बस्ने ३२ वर्षीय रेगन लिम्बु रहेका छन् । उनीहरुमध्ये विक्रम, सिजन र सरोजलाई धरान उपमहानगरपालिका–५ देउरालीबाट जेठ १८ गते तथा बसन्त र रेगनलाई धनकुटा छथर पोखरी–४ बन्चरेबाट सोमबार पक्राउ गरिएको हो । 

जेठ १३ गते प्रहरी पोष्ट तोडफोड भएको घटनामा संलग्न रही फरार रहेका उनीहरुको खोजी गर्न क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोरङ, तेह्रथुम र धनकुटाका प्रहरी कार्यालय र १ नम्बर प्रदेश प्रहरी व्यूरो समेतको सहयोगमा घटनामा संलग्न १० जनामध्ये ५ जनालाई पक्राउ गरेको हो । 

उनीहरु उपर जिल्ला अदालत सुनसरीमा ज्यान सम्वन्धी कसूर अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अशक्त र परित्यक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताएका छन् ।  नेपाल बाल संगठनको ...

जातीय विभेद अन्त्यका लागि छुवाछूतमुक्त अभियान शुरु

चितवन । भरतपुर महानगरपालिकाले जातीय विभेद अन्त्यका लागि छुवाछूत मुक्त अभियान शुरु गरेको छ । महानगरले नीतिगत कार्यक्रम नै बनाएर सामाजिक अन्तरघुलनका निम...

पहिराले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु, ३ जना घाइते

रोल्पा । अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९  लिउनमा तीनजनाको ज्यान  गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनी...

किशोरीलाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय पुरुष पक्राउ

दुल्लु । जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद...

मकवानपुरमा हालसम्म १२० जना कोरोना सङ्क्रमितको मृत्यु

वाग्मती । मकवानपुरमा हालसम्म १२० कोरोना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ  । हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको...

धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि अझै २ महिना लाग्ने

वाग्लुङ । धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट थप गर्न कम्तीमा दुई महिना समय लाग्ने भएको छ । द्रुत गतिमा काम थालिएको भए पनि प्लान्ट निर्माणका लागि निर्म...

किन गरियो भाइरल सन्तोषी सुब्बाको हत्या ? चिकित्सकका अनुसार उनी गर्भवती भएको आशंका

काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको प्रहरीले जनाएको छ ।   मन्दिर क्षेत्रमा प्रहरील...

बागलुङमा ३० हजार जनसङ्ख्या भएको २८ वडा पहिराको उच्च जोखिममा

बाग्लुङ । यस वर्ष बागलुङमा पहिराका कारण ३० हजार जनसङ्ख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ । बागलुङका २८ वडा पहिराको उच्च, २४ वडामा पहिराको मध्यम र ...

खेत जोतेर फर्कँदै गर्दा लडेर ३९ वर्षीय श्रेष्ठको मृत्यु

गोरखा । खेत जोतेर फर्कँदै गर्दा लडेर गोरखामा एक जनाको मृत्यु भएको छ । जिल्लाको शहीद लखन गाउँपालिका–८ का ३९ वर्षीय कुमार श्रेष्ठको लडेर मृत्यु भएको वडा...

किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी अनुदान

जाजरकोट । भेरी नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण गरेको छ । दूध पकेट क्षेत्र विस्तार र किसानको आय बढाउन अन...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy