Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

विपक्षीले आरोप लगाएका मात्रै हुन्, दुरगामी प्रभाव पर्दैन

विष्णु रिजाल

बजेटमा प्रस्तुत भएको कार्यक्रममा विपक्षीले आरोप लगाएको जस्तो दुरगामी प्रभाव पार्ने कुनै कार्यक्रम छैन । त्यहाँ वातावारणीय प्रभाव मुल्याङकनका आधारमा विज्ञहरुको सिफारिसमा चुरे बाहेकका क्षेत्रमा भन्ने उल्लेख गरिएको छ । त्यसैले यसमा धेरै विवाद गर्नुपर्ने मैले देख्दिन । 

राजनीतिक दलहरुका आ–आफ्ना धारणा र दृष्किोण हुन्छन् । सरकारले कुनै पनि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा आलोचना र टिप्पणी स्वभाविक नै हो । नेपालमा पहिलो पटक अध्यादेशबाट बजेट आएको पनि होइन । बजेट आएपछि, त्यसका केही नियम हुन्छ, नीति बन्छ र त्यसबाट सरकार चल्छ । सरकार जोसुकैको होस देशमा सरकार रहन्छ र उसले निरन्तर काम गर्छ । विपक्षीहरुले कामचलाउ सरकारले कामै गर्न पाउँदैन भन्ने जुन तर्क गरेका छन्, त्यो गलत छ । सरकारको कामै काम चलाउने हो । काम नचलाउने सरकार कतै पनि हुँदैन । 

जुन देशमा जुनजुन बस्तुको सम्भावना छ, त्यही प्रयोग गर्ने हो । अहिले नेपालले युरेनियम, तेल वा खोप निर्यात गर्छौ भनेर सम्भव छैन । हामीले हाम्रो देशमा जुन वस्तुको सम्भावना छ, त्यही देशको नियम, कानुन, संविधान र वातवरणीय प्रभावको आधारमा केही कुरा गरौं भन्दा विरोध गर्नुको कुनै अर्थ छैन । आफु केही गर्न नसक्ने खालि अरुको मात्रै सेक्ने भनेको हामीले बुझ्नु पर्छ कि तिनिहरुको दिमाग त्यति नै सिमित छ । 

सरकारले आफ्नो देशको भूगोल सुहाउँदो काम गर्न खोज्दा अरुको देशको हितमा वा अर्काको इशारामा काम गर्यो भन्नु उनीहरुको दिमागमा त्यहि नै चलेको छ, जुन उनीहरुले अरुमाथि प्रोभोग गरिरहेका छन् । यसको मतलब उनीहरु जसरी काम गर्छन्, त्यसरी नै अरुलाई सोच्ने गर्छन । जसले सरकारको विरोध गर्दै हुनुहुन्छ, उसको घरमा गिट्टी, बालुवा कहाँबाट आयो ?  गिट्टी, बालुवा नै ननिकाल्ने भन्ने त होइन होला नि ?  यसबारेमा सरकारले अर्थमन्त्रालय मार्फत विज्ञको सल्लाहमा वातावरणीय प्रभाव मुल्याङ्कन गरेर मात्र चुरे बाहेकको ठाउँमा गर्ने भनेर प्रष्ट पारिसकेको छ । त्यसैले यसमा लम्बेतम्बे विरोध गर्नु उचित छैन । 

यसमा पहिलो कुरा चुरे संरक्षण र सरकारले ल्याएको कार्यक्रम एउटै हो भनेर बुझ्नु नै गलत छ । जुन प्रस्तुत कार्यक्रम चुरे क्षेत्रमा लक्षित होइन भनेर प्रष्ट पारिसकेको छ । दोस्रो, कुरा हिजो किन भएन वा तीन वर्षसम्म बजेटमा किन ल्याइएन भन्ने प्रश्न छ ।  त्यो सरकारलाई जुन वेला आवश्यक छ, त्यही वेला ल्याउने हो । किन भएन भन्ने कुरा अहिले सान्दर्भिक हुँदैन । 

अहिले जति पनि विपक्षी दलहरुले विरोध गरिरहेका छन्, उनीहरुले देश, वातावरण तथा पर्यावरण सन्तुलनको हिसावले आएको छैन । सरकारको विरोध गर्न अरु कुरा नपाएपछि स्वार्थको रोटी सेकाउन सकिन्छ कि भन्ने कुत्सित मनसायबाट आएको छ । यो दुरासयपूर्ण छ । 

(विष्णु रिजाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन् )

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies