काठमाडौं । चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले ताइपेईविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गर्नुभएको हो । खेलको चौंथो मिनेटमा नै विष्टले पेनाल्टीमार्फत गोल गर्नुभएको हो । सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक ताइपेईका चेङ हाओको हातमा लागेपछि नेपालले पेनाल्टीको अवसर पाएको हो । विष्टले पेनाल्टीको अवसर सहजै उपयोग गरे ।
खेलको ११औँ मिनेटमा ताइपेईका खेलाडी वु चुन चिङको प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङले रोक्नुभयो । यस्तै खेलको १६औँ मिनेटमा सुनिल बलको गोल गर्ने प्रयास सफल हुन सकेन् । खेलको २४औँ मिनेटमा अन्जन विष्टले गोलको प्रयास गरेका थिए तर उनी चुके । मध्यान्तरअघिको खेलसम्म ताइपेईले नेपालसामु निकै दबाबमा खेल्यो । सो अवधिभर नेपाली टोली ताइपेईमाथि हावी रहन पुग्यो । नेपाली खेलाडीहरूले बराबरी गोल गर्ने कुनै अवसर ताइपेईका खेलाडीलाई दिएन ।
मध्यान्तरपछिको खेलमा ताइपेईले आक्रामक खेल्यो । पटक पटक गोलको प्रयासहरू भए पनि ताइपेई सफल भने हुन सकेन् । यसबीचमा खेलको ५४औँ मिनेटमा सन्तोष तामाङको प्रयास पनि सफल हुन सकेन । यस्तै खेलको ७०औँ मिनेटमा ताइपेईले कर्नरकिकको मौका पाए पनि त्यसको नेपाली खेलाडीले बचाउ गरेका थिए । खेलको ८०औँ मिनेटमा मनिष डाँगी गोल गर्नबाट असपल हुनुभए पनि ८१औँ मिनेटमा भने नवयुग श्रेष्ठले उत्कृष्ट गोल गरे । योसँगै नेपालले ताइपेईविरुद्ध २–० गोलको अग्रता लियो । त्यसपछिको खेलमा ताइपेई केही आक्रामक खेल्न पुग्यो । उसको तर्फबाट पटकपटक गोलको प्रयास भए पनि सफल भने हुन सकेन ।
जितसँगै नेपालले ६ अंक जोडेको छ । नेपाल समूह बीको चौथो स्थानमा छ । ताइपेई हालसम्म अङ्कबिहीन छ । यसअघि पनि नेपालले ताइपेईलाई नै पराजित गर्दै तीन अङ्क जोडेको थियो । फिपा बरियतामा ताइपेई १४१औँ स्थानमा छ भने नेपाल १७१औँ स्थानमा छ । दुवै देशका खेलाडीले कुवेतको गर्मीलाई मुख्य चुनौतीका रूपमा लिएका थिए । बिहीबार राति खेल हुँदाका बखतको अधिकतम तापक्रम ३९ डिग्री सेन्टिग्रट थियो । समूह बी मा १२ अङ्कका साथ अस्ट्रेलिया शीर्ष स्थानमा छ । दोस्रो स्थानमा १० अङ्कसहित कुवेत छ भने १० अङ्ककै साथ जोर्डन तेस्रो स्थानमा छ ।
इराकसितको मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । नेपालले दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । नेपाली टोलीको प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी रहेका छन् ।
नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ । यसअघि नेपाल गत साता मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १७ गते, २०८२ - ०८:१३
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एबीसी न्यूजसँग कुरा गर्दै इरानमा अमेरिकाले गरेको हमलाहरूले "निकै नै क्षति पुर्याइसकेको" र इरानको नेतृत्व...
फाल्गुन १७ गते, २०८२ - ०८:०६
काठमाडौं । इरानले आफ्नो सिमानाभित्रका विभिन्न स्थानमा भएका अमेरिकी र इजरेली हमलाको जबाफमा मध्यपूर्वभरी नै हवाई हमलाहरू गरेको छ। इरानले हमला गरेको...
फाल्गुन १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अन...
फाल्गुन १७ गते, २०८२ - ०७:५२
तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ। केही समयअघि मात्रै इरानी रा...
फाल्गुन १७ गते, २०८२ - ०७:३९
बरहथवा (सर्लाही) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पार्टी नेताबाट सम्पत्ति शुद्...
फाल्गुन १७ गते, २०८२ - ०७:३५
काठमाडौँ । विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्यु...
फाल्गुन १७ गते, २०८२ - ०७:३२
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सा...
फाल्गुन १७ गते, २०८२ - ०७:२८
कञ्चनपुर । हरेक निर्वाचनमा दलहरूको चुनावी एजेन्डा बन्ने गरेको शुक्लाफाँटा आरक्ष विस्थापितको विषय यस पटकको निर्वाचनमा पनि सबै दलका उम्मेदवारको चुनावी ए...
फाल्गुन १७ गते, २०८२ - ०७:२४
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ ग...
फाल्गुन १५ गते, २०८२ - ०९:२३
काठमाडौं । संखुवासभा र ताप्लेजुङ सीमाक्षेत्र केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। शुक्रबार बिहान ३ बजेर १८ मिनेट जाँदा संखुवासभाको टोप्केगोला ...



प्रतिकृया लेख्नुहोस्: