Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

निषेधाज्ञाका कारण बिकेन कुखुरा, किसान मारमा

रासस

बागलुङ । बागलुङ नगरपालिका–३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । पहिला ४०–४५ दिनमै कुखुरा बेच्नुपथ्र्यो । अहिले कुखुरा खोरमै थन्किएका छन् ।

महङ्गो दाना खुवाएर पाल्नुपर्ने स्थिति छ । पुनको खर्च बढेको बढ्यै छ । निषेधाज्ञाका कारण कुखुरा बिकेका छैनन् । बजार, व्यवसाय ठप्प छ । मासुको खपत घटेको छ । यही बेला मूल्यमा पनि गिरावट आएको छ । ‘ज्यूँदो कुखुराको मूल्य प्रतिकिलो रु ३२० बाट रु २३० मा झरेको छ’, पुनले भने ।

निषेधाज्ञाअघि रु ५०० बढी पुगेको मासुको भाउ पनि घटेर अहिले ४४० भएको छ । ‘कुखुरापालनमा खर्च धेरै छ, यसपालि लागत पनि नउठ्ने भयो, किसानलाई उल्टो घाटा छ’, पुनले भने, ‘कहिले स्थिति सहज हुन्छ भन्ने पनि कुनै टुङ्गो छैन ।’ मासु धेरै खपत हुने होटल, रेष्टराँ नै अहिले बन्द छन् । फाटफुट्टरूपमा घरायसी प्रयोजनका लागि मात्र मासुको बिक्री भइरहेको छ । कतिपय व्यवसायी मासु पसल पनि बन्द गरेर बसेका छन् । खाद्यान्न, तरकारी, माछा, मासुलगायत दैनिक उपभोग्य सामग्री खरिदका लागि बिहान १०ः०० बजेसम्म मात्र बजार खुल्छ ।

कुखुरापालक किसानले गरेको बीमा पनि ५० दिनसम्मका कुखुरामा मात्र लागू हुन्छ । पचास दिन कटेका कुखुरा कुनै रोगव्याधिले मरे पनि किसानले बीमा रकम पाउँदैनन् । पोल्ट्री व्यवसायी सङ्घ बागलुङका अध्यक्ष ध्रुव श्रेष्ठले यही बेला रानीखेत रोगले पनि कुखुरापालक किसानलाई सताएको बताए । ‘तीन÷चार जना किसानको त खोर नै रित्तियो, एकातिर निषेधाज्ञाले कुखुरा नै उठेको छैन, अर्कातिर रोगले किसानलाई अप्ठेरो परेको छ’, उनले भने । बिक्रीका लागि तयार भएका कुखुरा ठूलो मात्रामा किसानकामा रोकिएर बसेको श्रेष्ठले बताए ।

रु १३५ मा चल्ला किनेका किसानलाई ज्यूँदो कुखुरा थोकमा प्रतिकिलो रु २०० मा बेच्नुपर्ने बाध्यता आइलागेको उनको भनाइ छ । दाना पनि महङ्गिएपछि किसानलाई थप मर्का परेको छ । रु तीन हजार ४०० पर्ने दाना अहिले तीन हजार ६०० बढीमा किन्नुपर्छ । कुखुरा बिक्री नभई थन्किए किसानको लागत दैनिक बढ्दै जाने हुन्छ । समयमा बेच्न नसक्दा कुखुरापालनको नियमित चक्रमा असर पुग्छ ।

सङ्घका अनुसार सहज समयमा सातामा २० हजार जति कुखुराका चल्ला बागलुङ भित्रन्छन् । अहिले चल्ला आयात भएका छैनन् । जिल्लामा झण्डै २०० व्यावसायिक कुखुरापालक किसान छन् । पछिल्लो समय ब्रोइलरसँगै स्थानीय जातका कुखुराको पनि व्यावसायिकपालन बढ्दो छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश- अब कुनै आमाको काख नरित्तियोस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।  सहिद दिवसका अव...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।  ...

दक्षिण कोरियामा नेपाली कामदारको कोटा बढाउनेदेखि उमेर घटाउनेसम्मका प्रस्ताव

काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य हात पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...

सहिदका सपना पूरा गर्न उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE