काठमाडौं । रिक्त एक राष्ट्रिय सभा सदस्यको लागि आज लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुँदैछ। सो निर्वाचनको लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मतदानको कार्यक्रम दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा हुने जिल्ला निर्वाचन कार्यलय दाङले जनाएको छ ।
मततादाको लागि ‘क’, ‘ख’ र ‘ग’ मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ‘ग’ कोरोना संक्रमित रहेका जनप्रतिनिधिका लागि मतदान गर्ने केन्द्र रहेको आयोगले जनाएको छ ।
चुनावी मैदानमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका दृगनारायण पाण्डे प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहने छन् ।
०७४ सालको चुनावमा खड्का नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिएपछि उनी एमाले प्रवेश गरेपछि माओवादीले उनलाई कारवाही गरेको थियो । आफ्नै स्थानमा उनी फेरी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यसैगरी विपक्षी गठबन्धनका उम्मेदवर पाण्डे ०७४ सालको चुनावमा नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । गत महिना उनी एमाले त्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए । पाण्डेलाई विपक्षी गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र यादव, एमाले माधव समूह र राजमोको साथ रहेको छ । यस्तै, खड्कालाई एमाले ओली समूह र जसपा महन्थ समूहको साथ रहेको छ ।
यस्तो छ लुम्बिनी प्रदेशको मतभारको अवस्था :
लुम्बिनीमा निर्वाचन आयोगले यसअघि सदस्यबाट निस्कासित भएका जसपाका चार जना सदस्यलाई मतदानको अधिकार दिएपछि प्रदेशमा ८३ प्रदेश सभा सदस्य छन्। एक जना सदस्यको मतभार ४८ रहने व्यवस्था अनुसार ८३ जनाको जम्मा मतभार ३९८४ हुन आउँछ ।
यसैगरी निर्वाचन आयोगका नामावली अनुसार स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष्न र उपाध्यक्ष गरी २१७ जना मतदाता रहेका छन् । एकजनाको मतभार १८ रहने व्यवस्था अनुसार स्थानीय तहको जम्मा मतभार ३९०६ रहनेछ । दुवै मतभार जोड्दा लुम्बिनी प्रदेशमा जम्मा ७ हजार ८ सय ९० रहनेछ ।
यसअघि वागमती प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा सत्ताधारी दल एमालेको उम्मेद्वार निर्वतमान गृहमन्त्री रामबाहादुर थापालाई स्वतन्त्र उम्मेद्वार डा. खेमलाल देवकोटाले पराजित गरहेकोले आजको निर्वाचन पनि सवैले चासोका साथ हेरेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल सहित दर्जन नेताहरुलाई पार्टीबाट निष्कासन गरेको र माधव समूहको समर्थन पाण्डेलाई रहेकोले खड्का पुनः निर्वाचित हुन सक्नने सम्भावना न्यून रहेको छ ।
निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै मतगणनाको व्यवस्थापन मिलाइएको छ र आजै अन्तिम मतपरिणाम आउने सम्भावना छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०९:११
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...
माघ १७ गते, २०८२ - ०९:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अव...
माघ १७ गते, २०८२ - ०९:०१
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । ...
माघ १७ गते, २०८२ - ०८:१८
काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...
माघ १७ गते, २०८२ - ०८:०३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...
माघ १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...
माघ १७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...
माघ १७ गते, २०८२ - ०७:४७
काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...



प्रतिकृया लेख्नुहोस्: