Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचन : एमाले र कांग्रेस उम्मेद्वारबीच कडा प्रतिस्पर्धा, यस्तो छ अंकगणित ?

खबरडबली संवाददाता

काठमाडौं ।  रिक्त एक राष्ट्रिय सभा सदस्यको लागि आज लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुँदैछ। सो निर्वाचनको लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । 

 बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मतदानको कार्यक्रम दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा हुने जिल्ला निर्वाचन कार्यलय दाङले जनाएको छ ।

मततादाको लागि ‘क’, ‘ख’ र ‘ग’ मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ‘ग’ कोरोना संक्रमित रहेका जनप्रतिनिधिका लागि मतदान गर्ने केन्द्र रहेको आयोगले जनाएको छ ।

चुनावी मैदानमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका दृगनारायण पाण्डे प्रतिस्पर्धामा उत्रिएका छन् ।  निर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहने छन् । 

०७४ सालको चुनावमा खड्का नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिएपछि उनी एमाले प्रवेश गरेपछि माओवादीले उनलाई कारवाही गरेको थियो । आफ्नै स्थानमा उनी फेरी प्रतिस्पर्धामा उत्रिएका छन् । 

यसैगरी विपक्षी गठबन्धनका उम्मेदवर पाण्डे ०७४ सालको चुनावमा नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । गत महिना उनी एमाले त्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए । पाण्डेलाई विपक्षी गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र यादव, एमाले माधव समूह र राजमोको साथ रहेको छ । यस्तै, खड्कालाई एमाले ओली समूह र जसपा महन्थ समूहको साथ रहेको छ । 

यस्तो छ लुम्बिनी प्रदेशको मतभारको अवस्था :

लुम्बिनीमा निर्वाचन आयोगले यसअघि सदस्यबाट निस्कासित भएका जसपाका चार जना सदस्यलाई मतदानको अधिकार दिएपछि प्रदेशमा ८३ प्रदेश सभा सदस्य छन्। एक जना सदस्यको मतभार ४८ रहने व्यवस्था अनुसार ८३ जनाको जम्मा मतभार  ३९८४ हुन आउँछ ।

यसैगरी निर्वाचन आयोगका नामावली अनुसार स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष्न र उपाध्यक्ष गरी २१७ जना मतदाता रहेका छन् । एकजनाको मतभार १८ रहने व्यवस्था अनुसार स्थानीय तहको जम्मा मतभार ३९०६ रहनेछ । दुवै मतभार जोड्दा लुम्बिनी प्रदेशमा जम्मा ७ हजार ८ सय ९० रहनेछ ।

यसअघि वागमती प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा सत्ताधारी दल एमालेको उम्मेद्वार निर्वतमान गृहमन्त्री रामबाहादुर थापालाई स्वतन्त्र उम्मेद्वार डा. खेमलाल देवकोटाले पराजित गरहेकोले आजको निर्वाचन पनि सवैले चासोका साथ हेरेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल सहित दर्जन नेताहरुलाई पार्टीबाट निष्कासन गरेको र माधव समूहको समर्थन पाण्डेलाई रहेकोले खड्का पुनः निर्वाचित हुन सक्नने सम्भावना न्यून रहेको छ । 

निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै मतगणनाको व्यवस्थापन मिलाइएको छ र आजै अन्तिम मतपरिणाम आउने सम्भावना छ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending