Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

बजेटप्रति बाबुराम भट्टराईको टिप्पणी : नहुने चुनावको एमाले घोषणापत्र !

खबरडबली संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा कार्यकारीणी परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले शनिबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सार्वजनिक गरेको बजेटलाई नहुने चुनावको एमाले घोषणापत्र भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो धारणा राख्दै बजेटमा कुनै संरचनात्मक परिवर्तको छनक नपाइएको बताएका हुन् । ‘सिधासादा मतदातालाई ललीपप बॉडेको देखियो’, उनले भने, ‘पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन। उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो।’

पूर्वअर्थमन्त्री समेत रहेका भट्टराईले आफ्नो गृर्ह जिल्लालाई बजेटले समेट्न नसकिएकोमा व्यङ्ग्य गर्दै भने, ‘एउटै नयॉ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो ।’

प्रतिनिधि सभा विघटन गरेर कामचलाउ हैसियतमा रहेको सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अध्यादेश मार्फत शनिबार १६ खर्ब ४७ अर्ब बढीको बजेट प्रस्तुत गरेका थिए ।

संसद विघटनको मुद्दा अदालतमा विचाराधिन रहेको अवस्थामा कामचलाउ सरकारले पूर्ण आकारको बजेट ल्याएकोमा विभिन्न राजनीतिक दल, अर्थविद्, योजनाविद्, पूर्व निर्वाचन प्रमुख आयुक्त लगायतहरुले सरकारको आलोचना गरेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजाका रोजाइको प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री कार्कीको मनमौजी

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...

चैत ५ गतेदेखि १९ सम्म कसरामा विक्रमबाबा पूजापाठ हुने

चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...

अमेरिकाले इरानको खार्ग टापुलाई किन निशाना बनायो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...

सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास जोगाउन नसक्ने सैनिक अधिकारीमाथि पनि कारबाहीको सिफारिस

काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...

मानवीय लापरवाहीबाट डढेलोको जोखिम उच्च

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...

रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: