लुम्बिनी । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज निरीक्षण गरेका छन् । उनले कोभिडको महामारीमा उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।
उनले आइसियुसहितको सेवा सञ्चालनमा आएमा प्रतिष्ठान सबै हिसाबले बलियो हुने र उपचारका लागि दाङसहित राप्तीवासी बुटवल जानुपर्ने बाध्यताको अन्त्य हुने भएकाले अस्पतालको सबै हिसाबले विकास गर्नुपर्ने बताए । उनले अब आउने बजेट कोभिड नियन्त्रण केन्द्रित हुने र प्रदेश सरकारले प्रतिष्ठानको बजेटका लागि सहयोग गर्ने जनाए ।
मन्त्री श्रेष्ठले कोभिडको महामारीमा प्रतिष्ठानले कोभिड र अन्य बिरामीको उपचार गरेकामा प्रतिष्ठानका उपकुलपति प्राडा सङ्गीता भण्डारीलाई धन्यवादसमेत दिए । उनले आइसियु, इमरजेन्सी, कोभिड आइसोलेशन कक्षलगायतको निरीक्षण गर्दै १० श्ययाको भेन्टिलेटरसहितको आइसियु तत्काल सञ्चालन गर्न आग्रह गरे ।
त्यस अवसरमा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा भण्डारीले कोभिडको महामारीमा गरिरहेको काम र प्रगतिबारे जानकारी गराए । उनले अक्सिजन प्लान्ट जोड्ने काम तीव्र गतिका साथ भइरहेको र अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा आएपछि आइसियुका बिरामीले पाइपलाइनबाट अक्सिजन पाउने बताए । प्रदेश स्वास्थ्य सचिव डा विकास देवकोटाले बजेटको कुनै चिन्ता नलिन आग्रह गर्दै जतिसक्दो चाँडो अस्पतालमा आइसियु सञ्चालनमा ल्याउनुपर्ने बताए ।
सो अवसरमा प्रतिष्ठानका कामु रेक्टर डा सागर पन्थी, डिन डा वसन्त लामिछाने, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी लगायतको सहभागिता रहेको थियो । यसअघि हिजो स्वास्थ्यमन्त्री श्रेष्ठले तुलसीपुर उमहानगरपालिका–८ मा रहेको मेट्रो आइसोलेशन अस्पतालको पनि निरीक्षण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०९:११
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...
माघ १७ गते, २०८२ - ०९:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अव...
माघ १७ गते, २०८२ - ०९:०१
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । ...
माघ १७ गते, २०८२ - ०८:१८
काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...
माघ १७ गते, २०८२ - ०८:०३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...
माघ १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...
माघ १७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...
माघ १७ गते, २०८२ - ०७:४७
काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...



प्रतिकृया लेख्नुहोस्: