काठमाडौं । हरेक दिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ ।
कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण थालेका हुन् । परीक्षणका क्रममा मङ्गलबार कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन परीक्षणमा गरिएकामा १२ जनामा पोजिटिभ देखिएको कामपाले जनाएको छ । आज टुकुचा तरकारी बजारमा परीक्षण गरिने छ ।
स्वास्थ्य मन्त्रालय र सीसीएमसीले पहिचान गरेका उच्च सङ्क्रमणको सम्भावना रहेका स्थानहरुमा परीक्षण शुरु गरिएको हो । यस किसिमको परीक्षण १० हजार जनामा गर्ने लक्ष्य रहेको छ । कामपा स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले भने, ‘परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेशनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ ।’
उनका अनुसार कामपाको सहकार्यमा धेरै सङ्क्रमित भएका असन, डिल्लीबजार न्युरोड, बालुवाटार र कोटेश्वरमा परीक्षण गरिने छ भने भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायरलगायतका स्थानमा सम्बन्धित स्थानीय तहको सहकार्यमा एन्टिजेन परीक्षण हुनेछ ।
कामपाले कोरोनाका बिरामी बढेसँगै पिसिआर विधिबाट पनि परीक्षणलाई तीव्र बनाएको छ । गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।
कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ । कामपाका ल्याव टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरूप टोली तयारी अवस्थामा रहेको छ । ‘कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ’, कुँइकेलले भने ।
परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ ।
उक्त सेवा कामपाको २३ वडामध्ये सात स्थानबाट नागरिकले प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै नभई अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि कामपाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० कामपाको हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ । हाल कामपामा ११ हजार ६३१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०९:११
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...
माघ १७ गते, २०८२ - ०९:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अव...
माघ १७ गते, २०८२ - ०९:०१
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । ...
माघ १७ गते, २०८२ - ०८:१८
काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...
माघ १७ गते, २०८२ - ०८:०३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...
माघ १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...
माघ १७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...
माघ १७ गते, २०८२ - ०७:४७
काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...



प्रतिकृया लेख्नुहोस्: