Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि कांग्रेसले थाल्यो सातै प्रदेशमा अन्तर्क्रिया

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीको अवस्थाबारे बुझ्न सातै प्रदेशमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।

कोभिड–१९ को महामारी मुलुकभर भयाभह स्थितिमा फैलिन थाले आइतबार देखि सातै प्रदेशमा जुम प्रविधिमाफर्त  अन्तरक्रिया गर्न लागिएको सहमहामन्त्री एवम् कांग्रेसको कोभिड—१९ अनुगमन समिति संयोजक डा. प्रकासशरण महतले जानकारी दिए ।

 ‘कोभिड–१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा अन्तरक्रिया गरी सातै प्रदेशका जनताको अवस्थाबारे जानकारी लिने र कोरोना नियन्त्रण र रोकथामको सम्बन्धन कांग्रेसले ठोस कदम चाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुग्ने महतले बताए । 

पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशका पार्टीका सम्बन्धित नेता कार्यकर्ताको संलग्नतामा कार्यक्रम गर्न लागिएको नेता महतले बताए । महतका अनुसार आइतबार बिहान १० बजेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशसँग अन्तर्क्रिया कार्यक्रम राखिएको छ । सोही दिन अपराह्न ४ बजेदेखि लुम्बिनी प्रदेशसंग अन्तर्क्रियाको कार्यक्रम राखिएको छ ।

यसैगरी जेठ ३ गते बिहान १० बजेदेखि गण्डकी प्रदेश र अपराह्न ४ बजेदेखि वाग्मती प्रदेशका जिल्लाको सहभागिता रहने छ ।

त्यस्तै जेठ ४ गते बिहान १० बजेदेखि प्रदेश नं.२ र अपराह्न ४ बजेदेखि प्रदेश नं. १ का जिल्लाका नेताहरुसँग कांग्रेसले अन्तर्क्रिया गर्ने छ ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, पालिकाका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहने उनले बताए । 

सबै प्रदेशको संयोजन गर्ने जिम्मा संयोजक महतलाई दिइएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा विमान दुर्घटना, सवार १५ जनाको मृत्यु

काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...

भारी हिमपात हुँदा माथिल्लो मुस्ताङको जनजीवन कष्टकर

मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...

संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च जाँदै कांग्रेसका निवर्तमान सांसद

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...

एमालेले थाल्यो घोषणा पत्रका लागि सुझाव संकलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...

बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...

बदलिरहन्छ कास्की-१ काे परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...

कमला नदीमा अस्थायी ‘डाइभर्सन’, चौध वर्षपछि पुल निर्माण अन्तिम चरणमा

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending