काठमाडौँ । काठमाडौँ महानगरपालिकाले युवा केन्द्रित स्वरोजगार, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ। यो व्यवस्था आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
नगर सभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डङ्गोलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी–जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, संरक्षणविहीन व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, एकल महिला तथा सहिद परिवारलगायत पछाडि परेका समुदायको विकासका लागि लक्षित वर्गमैत्री सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा ‘एक वडा, एक नमुना कार्यक्रम’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै यसको दिगोपना सुनिश्चित गरिने तथा कार्यक्रमलाई संस्थागत गरिने जनाइएको छ। त्यस्तै, ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर’ अभियान सञ्चालन गरी ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै नि:शुल्क स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध गराइनेछ।
महानगरपालिकाले ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ।
यसैगरी, सहयोगापेक्षी सडक आश्रित मानवमुक्त काठमाडौँको घोषणालाई साझेदार निकायसँगको समन्वय र सहकार्यमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ‘मानवीयताको सहर’ भन्ने मूल सन्देशलाई व्यवहारमा उतारिने नीति तथा कार्यक्रममा उल्लेख छ।
महानगरपालिकाले आधुनिक तथा परम्परागत ज्ञान, सीप र कलाको प्रमाणीकरण गरी प्रमाणपत्र प्रदान गर्ने व्यवस्था समेत गर्ने जनाएको छ।
वातावरण संरक्षणतर्फ ध्यान दिँदै महानगर क्षेत्रका टोल, विद्यालय, पार्क तथा समुदायमा चरा–चुरुङ्गी मैत्री अभ्यास सञ्चालन गरिनेछ। साथै चराचुरुङ्गीका लागि पानी उपलब्ध गराउन विभिन्न स्थानमा पानीपात्र स्थापना गरिने कार्यक्रम पनि अघि सारिएको छ।
त्यसैगरी, सम्मानित राष्ट्रिय व्यक्तित्व तथा नवयुवा पुस्ता ‘जेन जेड’ र ‘जेन अल्फा’ लाई लक्षित विशेष कार्यक्रम सञ्चालन गरिनेछ। महानगरपालिकाले नवयुवा पुस्तालाई सुशासनका संवाहकका रूपमा स्वीकार गर्दै उनीहरूको सुझाव, आवश्यकता र सहभागितालाई प्राथमिकताका साथ सम्बोधन गर्ने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १७:५३
काठमाडौं । नेकपा (एमाले)ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमाले अध्य...
श्रावण १४ गते, २०८३ - १७:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २...
श्रावण १४ गते, २०८३ - १७:३३
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज पुगेर हालैको घटनामा ज्यान गुमाएका दुवै व्यक्तिका परिवारसँग भेट गर्ने भएका छन्। गृहमन्त्री गुरुङ...
श्रावण १४ गते, २०८३ - १७:२७
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बि...
श्रावण १४ गते, २०८३ - १७:१७
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछि विकस...
श्रावण १४ गते, २०८३ - १७:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको आकस्मिक बैठक बोला...
श्रावण १४ गते, २०८३ - १७:०३
जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका अर्का युवक विकास ठाकुरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जिल्ला प्रशासन कार्...
श्रावण १४ गते, २०८३ - १६:५५
काठमाडौं । सुनसरीमा विकसित सुरक्षा अवस्थाको अनुगमन तथा समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। प्रधानमन्त्री बालेन शाहसँग छलफल गर...
श्रावण १४ गते, २०८३ - १६:५०
काठमाडौं। सिरहामा प्रदर्शन हिंसात्मक बन्दै गएपछि आगजनी र तोडफोडका घटना बढ्न थालेका छन्। बिहीबार बिहानदेखि चर्किएको प्रदर्शनका कारण जिल्लाको सुरक्षा अव...
श्रावण १४ गते, २०८३ - १६:४३
जनकपुरधाम । सिरहाको गोलबजारमा जारी तनावका बीच गोली लागेर एकजनाको मृत्यु भएको छ। कर्फ्यु आदेश लागू रहेकै बेला दुई पक्षबीचको झडप थप चर्किएपछि क्षेत्र...



प्रतिकृया लेख्नुहोस्: