Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

दुई अस्पताललाई अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण

रासस

बनेपा । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका विभिन्न उद्योगमा खाली रहेका सिलिण्डरलाई सङ्कलन गरी भरेर जिल्लाका दुई अस्पतालमा वितरण गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण देशभर सङ्क्रमण फैलिएको र उपचार एवं अक्सिजनको अभाव भई सिर्जना भएको विषम परिस्थिति र आम जनसमुदायको स्वास्थ्यमा पर्न गएको असरलाई मध्यनजर गरी, मानवीय क्षति रोकथाम तथा सङ्क्रमणदर नियन्त्रण गर्न नेपाल प्रहरीको प्रयासमा सो सिलिण्डर सङ्कलन गरी अक्सिजन भरेर वितरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार जिल्लाका विभिन्न व्यापार–व्यवसायी, ग्रिल तथा आल्मुनियम उद्योग, विभिन्न वितरण केन्द्र र सहयोगी व्यक्तिबाट सङ्कलन गरिएको खाली सिलिण्डर भरी त्यसको पारदर्शी वितरण गर्ने अभियान अनुरुप बिहीबार धुलिखेलस्थित धुलिखेल अस्पताललाई ३० थान र बनेपास्थित शिर मेमोरियल अस्पताललाई १० थान हस्तान्तरण गरेको बताए। उनका अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दुई दिनमा ६७ थान अक्सिजन सिलिण्डर सङ्कलन गरेको र पनौतीस्थित नवज्योति ग्यास प्रालिबाट उक्त खाली सिलिण्डरह भर्ने कार्यसमेत भइरहेको छ । कार्यालयले करिब १०० वटा खाली सिलिण्डर सङ्कलन गरेर अक्सिजन भरी हस्तान्तरण गर्ने जनाएको छ ।

त्यसरी सङ्कलन गरिएका सिलिण्डरमा नमेटिने गरी नाम लेखिएको कारणपछि अवस्था सहज भएपश्चात सम्बन्धित व्यक्ति, उद्योग र डिपोलाई नै फिर्ता गर्ने गरी सम्झौता गरेको जनाएको छ । अहिले खाली सिलिण्डर भर्नका लागि लाग्ने रकमसमेत जिल्ला प्रहरी कार्यालयले नै व्यहोरिरहेको र त्यसलाई पछि कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टले व्यहोर्ने भएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए । त्यससँगै थप खाली सिलिण्डर सङ्कलन गर्ने कार्यसमेत जारी रहेको अवस्थामा सो अभियानमा कोभिड रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न इच्छुक महानुभावलाई जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै अस्पतालभन्दा बाहिर अत्यावश्यक स्वास्थ्य उपचार प्रयोजनबाहेकका सिलिण्डर सङ्कलन गरी फिर्ता दिई अस्पताल प्रयोजनमा ल्याउने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश- अब कुनै आमाको काख नरित्तियोस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।  सहिद दिवसका अव...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।  ...

दक्षिण कोरियामा नेपाली कामदारको कोटा बढाउनेदेखि उमेर घटाउनेसम्मका प्रस्ताव

काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य हात पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...

सहिदका सपना पूरा गर्न उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending