Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

ठाकुर समस्या हुन्, ओलीको विकल्प जो भएपनि खोज्नुपर्छ

मृगेन्द्र कुमार सिंह यादव 

महन्त  जीकै कारण निरङ्कुश, सर्वसत्तावाद सोच भएको व्यक्तिलाई प्रोत्साहन दिने काम भयो । यसको जिम्मा उहाँले लिनुपर्छ । 

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत नपाएपछि अर्को विकल्प खोज्नु पर्छ । नयाँ सरकार बन्नु पर्छ । तर, वैकल्पिक शक्तिको रुपमा उदाएको हाम्रो पार्टीभित्र सत्ता समिकरणलाई लिएर समस्या उत्पन्न भएको छ । देशको राजनीति अस्तव्यस्त रहेसंगै पार्टीमा पनि विग्रह शुरु भएको छ । पहिला मिल्नु पर्छ भनेर रातारात पार्टी एकता गरे अहिले तिनै नेताहरु पार्टी फुटाउन लागि परेका छन् । 

अहिलेको अवस्थामा हाम्रो पार्टीले संस्थागत निर्णय नगरी राजनीतिक गतिरोध अन्त्य हुने अवस्था छैन । हाम्रै पार्टीको कारणले फेरी पनि ओलीकै नेतृत्वमा अल्पमतको सरकार नबन्ला भन्न सकिदैन । यदि ओलीकै नेतृत्वमा अल्पमतको सरकार बन्यो भने पनि संसदबाट विश्वासको मत पाउने अवस्था छैन । 

हाम्रो पार्टीले ओलीको विकल्प खोज्नु पर्छ । नयाँ सरकार बनाउन सहयोग गर्नुपर्छ । संसदलाई बन्दी बनाएर राख्ने होे सांसदको के औचित्य रह्यो ? त्यसैले हामी असफल भइसकेको ओली नेतृत्वको सरकारको पक्षमा छैनौं । यो विषयमा पार्टीको बैठक बस्नु पथ्र्यो तर बस्न सकेको छैन । निर्णय पनि केही गर्दैनन् । दुई अध्यक्षमात्र पार्टी होइन । तत्काल कार्य समितको बैठक बोलाएर राजनीति निकास दिनुपर्छ । भए सर्वसम्वत नभए बहुमतबाट निर्णय गर्नुपर्छ । एउटा अध्यक्ष एकातिर अर्को अध्यक्ष अर्कोतिर यो त राम्रो भएन नि । कार्यसमितको बैठकले जे निर्णय गर्छ त्यो मान्नुपर्छ ।  

महन्त ठाकुर एक्लै गएर केपीसंग वार्ता गर्ने पार्टीलाई केही पनि जानकारी नहुने । एक्लै सुटुक्क बालुवाटार गएर प्रधानमन्त्रीलाई भेट्ने अनि के के सहमति गर्ने त्यो सहमति मान्नुपर्ने । पार्टीको बैठक बोलाउनु पर्दैन । महन्त जी कै कारण लुम्बिनी प्रदेशका चार सांसद शहीद भए । त्यो जिम्मेवारी लिनु पर्दैन । बाहिर सत्ता चाहिदैन भन्ने बालुवाटार गएर सत्ताको  बार्गेनिङ गर्ने । त्यसैले मुलुकलाई भड्खालोमा हाल्ने र पार्टीभित्र भाँडभैलो गर्ने महन्त ठाकुर हो । 

ठाकुर जी ले बुझ्नु पर्ने हो ओली जीले पार्टीको निर्णय नमान्दा दुई तिहाइको सत्ता कसरी ढल्यो ? अहिले पार्टीनै सिद्धिने अवस्थामा पुगेको छ । आफ्ना पार्टी मिलाउन नसक्ने नेतासँग हाम्रा अध्यक्ष ठाकुरको संगत भयो । त्यसले पार्टीभित्र विग्रह शुरुभयो । पार्टीको बैठक पनि नबोलाउने , आफुलाई जे मन लाग्यो त्यही गर्ने यो त भएन नि । पार्टीलाई जानकारी नदिइ लुसुलुसु बालुवाटार जाने, वार्ता समिति बनाउने यस्तो पनि तरिका हुन्छ ? पार्टी एकीकरण भएपछि अहिलेसम्म एउटा पनि बैठक बसेको छैन । देशको वैकल्पिक शक्तिकोरुपमा उदाएको पार्टी नेताको कारण ध्वस्त हुने अवस्थामा पुग्यो । 

तत्काल पार्टीको कार्यसमितको बैठक बोलाएर भए सर्वसम्वत नभए बहुमतको आधारमा निर्णय गरेर मुलुकलाई निकास दिनुपर्छ । ओलीलाई विस्तापित गरेर नयाँ सरकार गठन गर्नुपर्छ । हाम्रो पार्टीले वैकल्पिक सरकार बनाउन एकमतले समहयोग गर्नुपर्छ । संख्या पुगेन भने अल्पमतको सरकार ओलीकै नेतृत्वमा बन्ने अवस्था सिर्जना हुन्छ । वर्तमान प्रधानमन्त्रीमाथि संसदको विश्वास नै नभएपछि विकल्पमा अर्को सरकार बनाउनु पर्छ । महन्त  जीकै कारण निरङ्कुश, सर्वसत्तावाद सोच भएको व्यक्तिलाई प्रोत्साहन दिने काम भयो । यसको जिम्मा उहाँले लिनुपर्छ । 

(यादव जसपाका नेता हुनुहुन्छ)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies