Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अरुले सकेनन्, ठाकुरको नेतृत्वमा चुनावी सरकार बनाऔं

अकबाल अहमत शाह

हाम्रा पार्टीका अध्यक्ष महन्त ठाकुर नै निर्विवाद, निष्कलङ्क, संन्त र शालिन व्यक्ति हुनुहुन्छ । उहाँमा पचासौं वर्ष राजनीति गरेको अनुभव छ । उहाँले प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लागि निकै संघर्ष गर्नुभएको छ ।

अहिलेको अवस्थामा संघीय प्रतिनिधि सभाको औचित्य समाप्त भइसकेको छ । प्रतिनिधिसभाको गरिमा बाँकी रहेन । अहिलेका यी पार्टीका नेताबाट संसद अब अगाडि बढ्न सक्दैन । 

नेपाली कांग्रेसले पनि प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन । माओवादी पनि पार्टी र मुलुकप्रति जिम्मेवार भएन । यी दुई पार्टी मुुलुकको नेतृत्व गर्न असमर्थ भइसकेको छ । यी नेताहरुले नै केपी ओलीलाई निरकुंश बन्न छुट दिएका हुन् । देउवा प्रतिपक्ष दलका नेता भन्ने संवैधानिक परिष्दमा नजाने अनि संवैधानिक अंगहरुमा नियुक्ति गर्न आफ्ना मान्छे भर्ना गर्ने यो कस्तो दोहोरो चरित्र हो ? प्रधानमन्त्रीको कार्यशैलीको विरोध पनि गर्ने अनि राज्यको सुविधान पनि हत्याउने ? 

यसबीचमा प्रचण्डको भूमिका पनि राम्रो देखिएन । केपीको कार्यशैली अवैधानिक थियो,  गणतन्त्र, लोकतन्त्र विरोधी थियो भने उहाँले किन समर्थन फिर्ता लिनु भएन ? प्रतिनिधि सभाको जुन गरिमा थियो प्रचण्ड–देउवाले सत्ताको लोभमा समाप्त पारे । प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्नु, पदलोलुपता देखाउनु, ओलीको कार्यशैलीको विरोध गर्न नसक्नु नै अहिलेको अवस्था सिर्जन हुनु हो । अब यस गतिहिन संसदलाई विघटन गरेर ताजा जनादेशमा जानुपर्छ । 

अहिलेको यस विकराल अवस्थामा मुलुकलाई निकास दिन एउटा निष्पक्ष, स्वस्थ्व व्यक्तिको आवश्यक रहेको छ । जसले गणतन्त्र, लोकतन्त्र बुझेको छ, नेपालको इतिहासमा संसदीय प्रणालीलाई अभ्यासमा ल्याउन र संसदीय प्रणालीलाई राम्रोसँग व्यवस्थापन गर्न सक्ने व्यक्तिले नयाँ सरकारको नेतृत्व लिनु पर्छ । 

त्यसको लागि हाम्रा पार्टीका अध्यक्ष महन्त ठाकुर नै निर्विवाद, निष्कलङ्क, संन्त र शालिन व्यक्ति हुनुहुन्छ । उहाँमा पचासौं वर्ष राजनीति गरेको अनुभव छ । उहाँले प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लागि निकै संघर्ष गर्नुभएको छ । आजसम्म उहाँमा कुनै किसिमको लाञ्छना र आरोप लागेको छैन । उहाँ प्रधानमन्त्रीको हैसियत राख्न सक्ने व्यक्ति हुनुहुन्छ । उहाँको नेतृत्वमा यदि सरकार बन्छ भने धेरै राम्रो हुन्छ । मुलुकले एउटा गति पनि लिन्छ । उहाँकै नेतृत्वमा निष्पक्ष चुनाव सम्भव रहेको छ । 

तर, हाम्रो पार्टीभित्र अराजक, व्यक्तिवादी संक्रिण राजनीति बोकेका नेताहरुले ठाकुर जीलाई अगाडि बढ्न दिनुभएको छैन । लोकतन्त्र, गणतन्त्रको नाममा कलंङ्कित त्यस्ता व्यक्ति हाम्रा पार्टीमा छन् । त्यस्ता व्यक्तिको म घोर भत्र्सना गर्छु । 

(साह जसपाका नेता हुनुहुन्छ )

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies