Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

तिलोत्तमामा आइसोलेशन सेन्टर तयारी अवस्थामा

लुम्बिनी । तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा निर्माण गरेको आइसोलेशन सेन्टरलाई तयारी अवस्थामा राखेको छ । गत वर्षको कोरोना महामारीका समयमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा आवश्यक उपकरण व्यवस्थापन गरेर तयारी अवस्थामा राखिएको नगरपालिकाका कोरोना स्थानीय स्रोत व्यक्ति तथा जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए ।

कोरोना सङ्क्रमणको पूर्वतयारीअन्तर्गत नगरपालिकाले शङ्करनगर स्वास्थ्यचौकीमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको हो । नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्यचौकीलाई आइसोलेशन सेन्टरका रुपमा तयार गरिएको उनले जानकारी दिए ।

बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा तिलोत्तमाले गत वर्ष आइसोलेशन सेन्टर निर्माण गरेको थियो । कोरोना महामारीको पहिलो लहरमा यहाँ बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालले पठाएका बिरामीलाई समेत राखिएको थियो । बीस श्ययाको सेन्टरमा एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको जनस्वास्थ्य निरीक्षक भट्टराईले जानकारी दिए ।

सेन्टरमा सघन उपचार कक्ष र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ । केन्द्रमा बिरामीको २४सै घण्टा सेवा दिने गरी स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ । कोरोना महामारीबाट नगरवासीलाई बचाउन नगरपालिकाले गत वर्षदेखि नै आफ्नै स्रोतमा चिकित्सक तथा स्टाफ नर्स नियुक्त गरेको थियो । बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै पनि ठाउँका बिरामीलाई समेत सेन्टरमा राखेर उपचार गरिने छ ।

पछिल्लो तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहर चल्दै गर्दा तिलोत्तमामा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । शनिबारसम्मको तथ्याङ्कअनुसार नगर क्षेत्रमा १५३ सक्रिय सङ्क्रमित रहेका छन् ।

भेरी अस्पताललाई सहयोग जुट्दै

नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको उपचारमा समस्या देखिएपछि धमाधम सहयोग जुट््न थालेको छ ।

गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा आवश्यक अक्सिजन ग्यासको समेत अभाव भएको जानकारी हुनासाथ सहयोग जुट्न थालेको हो । सङ्क्रमण अस्वभाविकरुपमा बढ्न थालेपछि कोभिड आइसोलेशनमा श्ययासँगै अक्सिजनको समेत अभाव शुरु भएको थियो ।

गम्भीर प्रकृतिका सङ्क्रमितको उपचारका लागि आवश्यकपर्ने अक्सिजन बाँके क्षेत्र नं २ का सांसद तथा पूर्वशहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले उपलब्ध गराउने भएको छ । अक्सिजनको कमी हुन थालेको र गम्भीर प्रकृतिका बिरामीको उपचारमा समस्या भइरहेको खबर बाहिर आएपछि उहाँले पाँच हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउन लागेका हुन् ।

आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यकपर्ने अक्सिजन उपलब्ध गराउने निर्णय गरेको राईले जानकारी दिए । कोरोना सङ्क्रमित बिरामीलाई आवश्यक अक्सिजन खरीदका लागि शनिबार राष्ट्रिय युवा सङ्घ बाँकेले भेरी अस्पताललाई रु एक लाख ३२ हजार ७५० हस्तान्तरण गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अक्सिजन खरीदका लागि राष्ट्रिय युवा सङ्घले गरेको रकमले धेरै बिरामीको ज्यान जोगिन सहयोग पुगेको जनाउँदै आभार व्यक्त गरे । उनले उक्त रकम अक्सिजन खरीदमै उपयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

शुक्रबार मात्रै नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष सफिक वेहनाले बिरामीलाई अक्सिजन खरीदका लागि रु दुई लाख सहयोग गरेका थिए भने नेपालगञ्जका सामाजिक अभियानकर्मी हेमन्त काफ्लेले सञ्चालन गरेको अभियानअन्तर्गत रु तीन लाख बढी रकम सङ्कलन भएको छ ।

विभिन्न सङ्घ संस्था र मनकारी व्यक्तिको सहयोगबाट तत्कालका लागि बिरामीलाई चाहिने अक्सिजनको अभाव टरे पनि कोभिड अस्पतालमा आवश्यक श्यया र जनशक्ति नहुँदा सबै बिरामीलाई भर्ना गर्नसक्ने अवस्था नरहेको भेरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies