Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

माघी पर्वको बिदा आ–आफ्नै तवरले

टीकापुर। माघीपर्वको अवसरमा कैलालीका पालिकाले आ–आफ्नै तवरले बिदा दिएका छन् । कैलालीका केही पालिकाले दुई त केही पालिकाले तीन दिन बिदाको निर्णय गरेका छन् ।

कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिकाले दुई दिन अर्थात् १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् भने कैलारी र जोशीपुर गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेका छन् । सरकारले यसअघि नै माघ १ गते सार्वजनिक बिदा दिएको निर्णय सार्वजनिक गरिसकेका बेला यहाँका केही पालिकाले थप एक वा दुई दिन बिदाको निर्णय गरेका हुन् ।

कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले २ गतेसम्म बिदा दिएको छ । कैलालीको कैलारी र जोशीपुर गाउँपालिकाले भने तीन दिन दिन बिदा दिएको छ । कैलारी गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले जानकारी दिए।

यता जोशीपुर गाउँपालिकाले भने १, २ र ४ गते बिदा दिएको गाउँपालिकाका अधयक्ष रामकृष्ण चौधरीले जानकारी दिए। कैलालीका केही पालिकामा थारू बाहुल्यता भएको क्षेत्र भएकाले थारू समुदायले माघीमा तीन दिन बिदा दिनुपर्ने माग गरेका थिए । “एक दिन बिदा पर्याप्त भएन भनी माग गरेपछि हामीले थप दुई दिन बिदा दिने निर्णय गरेका हौँ”, जोशीपुर गाउँपालिकाका अध्यक्ष चौधरीले भने, “माघीमा थारू समुदायमा महत्वपूर्ण निर्णय, नयाँ कामको योजना बन्ने भएकाले हामीले बिदा थपेका हौँ ।”

थारू समुदायमा माघीको अवसरमा गाउँमा बडघर भल्मन्सा छनोट गर्ने, गाउँमा अर्को वर्ष गरिने कार्यको वार्षिक योजना बनाउने काम हुन्छ । यसका साथै समुदायका समस्याबारे छलफलसमेत हुने भएकाले यो पर्व महत्वपूर्ण रहेको टीकापुरका छेदुलाल चौधरीले बताए। “यो समयमा घर छुट्टिनेहरुको भागबण्डासमेत हुने चलन छ”, चौधरीले भने, “यो पर्वसँग धार्मिक, पारिवारिक र सामाजिक महत्व जोडिएको छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies