Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

माघेसङ्क्रान्ति पर्व नजिकिँयो, थारू र मगर बस्तीमा चहलपहल

महोत्तरी । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारू जाति र मगर बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा हिन्दू धर्मावलम्बी अन्य जातजाति सबै लागे पनि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारू र मगर बस्तीमा तिलासक्रायत पनि भनिने माघेसङ्क्रान्ति पर्वको चहलपहल बढेको हो ।

महोत्तरीसहितका मिथिला क्षेत्रका थारू बस्तीमा यस पर्वका लागि माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहोमा लागेका छन् । पर्वका लागि छोरीचेली, ज्वाइँचेला र भाञ्जाभाञ्जीलाई डाक्न थालिएको पाका थारूको भनाइ छ । “अब पवनी ९पर्व० आई त हाल्यो”, चिउरा कुट्न धान भिजाउँदै गरेकी भङ्गाहा नगरपालिका–४ रामनगरको थारूटोलकी रसिया थारूले भन्नुभयो, “सबै कुराको जोगार (जोहो) मा लाग्नुपर्यो नि ।” पर्व नजिकिएसँगै थारू बस्तीका घरघरैजसो सर्जाम (पर्वका लागि आवश्यक वस्तु) जुटाउने चटारो बढेको रसिया बताउनुहुन्छ ।

त्यसैगरी जिल्लाको बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा सघन बसोबास रहेको मगर समुदायमा पनि माघेसङ्क्रान्ति पर्वको तयारी बढेको छ । मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी र मितमितिनीलाई चाडमा डाक्ने चलन छ । महोत्तरीका उत्तरी क्षेत्रका बर्दिवास र गौशाला नगरपालिकाका सबैजसो बस्तीमा मगर समुदायको बाक्लो बसोबास छ । यसैगरी बर्दिवासका केही बस्ती, गौशाला, भङ्गाहा र रामगोपालपुर नगरपालिका क्षेत्रमा थारू बसोबासको बाहुल्य छ ।

पर्व नजिकिँदै गर्दा थारू र मगर बस्तीमा टाढाटाढा काममा गएकाहरु घर आउने क्रम शुरु भएको छ । जिल्लामा भङ्गाहा नगरपालिकाका सबैजसो बस्ती थारू बसोबास बाहुल्यका छन् भने गौशाला नगरपालिकाका निगौल, बिसरपुर, बर्दिवासको मेघरोल र रामगोपालपुर नगरपालिकाको बिश्वम्भरपुर थारू बसोबासका बस्ती हुन् ।

थारू र मगरबाहेक हिन्दू परम्परा मान्ने अन्य जातजातिमा पनि यो पर्वको तयारी बढेको छ । पर्व मुखमै आइपुग्दा जिल्लाका बजारमा पर्वविशेषका सामग्रीको बजार जमेको छ । महोत्तरीसहितका मिथिला क्षेत्रमा मकरसङ्क्रान्ति र तिलासक्रायत पनि भनिने यो पर्वमा खास महत्वको मानिने तिल, सक्खर (मिठ्ठा), चिउरा र मुरीको बजार बाक्लै जम्न लागेका छन् । पर्वका लागि केही दिन पहिलेदेखि नै तिल, चिउरा, मुरी (विशेष प्रकारको चामलबाट बनाइने भुजा) र जुनेलो (अन्न विशेष) लाई (सक्खरको खुँदो मिसाएर बनाइने लड्डु) बनाइने मैथिल परम्परा छ ।

तिलासक्रायत पर्वमा तिल, चिउरा, जुनेलो र मुरीका लाई (लड्डु) बनाएर कूलदेवतालाई चढाई इष्टजनसँगै खाने, खुवाउने मैथिल परम्परा छ । यो परम्पराले अहिले पर्वविशेषमा चाहिने सामग्रीको बजार जमेको हो । खास पर्वले चिउरा र मुरीको मूल्यमा खासै फरक नआए पनि तिल र सक्खरको मूल्य भने आकाशिएको छ । यसअघि प्रतिकिलो रु १५० देखि २०० सम्म पाइने तिल अहिले जिल्लाका बजारमा रु ३५० सम्म र सक्खर प्रतिकिलो रु १०० सम्म पुगेको बजारु उपभोक्ताले बताएका छन् ।

तिलासङ्क्रान्ति पर्व नजिकिँदै आउँदा सर्वसाधारण उपभोक्ता चर्को मूल्यमा पर्ने भए पनि महोत्तरीका तिल र उखु किसानले भने थोरै राहत महसुस गरेका छन् । जग्गामा तिल थोरै उत्पादन हुने हुँदा अहिले पाएको मूल्यले अन्य बालीसरह रकम प्राप्त हुनुले केही सन्तोष दिलाएको तिल उत्पादक किसान बताउँछन् । एक दशक पहिलेसम्म १०० हेक्टरसम्म क्षेत्रफलमा हुँदै आएको तिलखेती त्यसयता घट्दै गएर अब त कसैकसैले थोरै पाखो बारीमा मात्र लगाउने स्थितिमा पुगेको छ ।

त्यसैगरी चिनी उद्योगले समयमा भुक्तानी नदिँदा दैनिक गर्जो टार्न सकस परेको बताउने उखु किसान पर्वलाई लक्षित गरी घरघरै उखु पेलेर मिठ्ठा बनाउन व्यस्त छन् । उखुु किसान तिलासक्रायत पर्वमा मिठ्ठाको माग र भाउ दुवै बढ्दा केही राहत भएको बताउँछन् । महोत्तरीसहितका मिथिला क्षेत्रमा तिलासक्रायत पर्वमा तिल, चिउरा र मुरीलाई सक्खरमा मुछेर बनाइएको लड्डु विवाहित छोरी, चेली र मित एवं अन्य आफन्तको घरमा ‘सनेस’ पठाउने चलनले घरघरमै अहिलेदेखि नै लड्डु बनाउने काममा गृहिणीहरुको तल्लीनता बढेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending