Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

सुकुमबासी आयोग र प्रदेश–१ का स्थानीय सरकारबीच सम्झौता

पहिलो चरणमा ३० स्थानीय तहका सुकुमबासीलाई जग्गा प्रदान गरिने

मोरङ। भूमिहीन तथा सुकुमबासीलाई जग्गा प्रदान गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगले प्रदेश–१ का २८ स्थानीय सरकारसँग सम्झौता गरेको छ । सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरिने सम्झौता गरेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - आयोगले प्रदेश १ का सुकुमबासीलाई जग्गा प्रदान गर्ने प्रक्रिया सुरु गरेको छ । पहिलो चरणअन्तर्गत यसअघि दुईवटा स्थानीय तहसँग सम्झौता गरेको थियो भने सोमबार थप २८ स्थानीय तहसँग पनि सम्झौता गरेको छ । यसअघि सम्झौता गरेका उदयपुरको बेलका र कटहरी गाउँपालिकामा काम गरिरहेको आयोगका प्रदेश संयोजक गोपाल गुरागाईंले बताए । अन्य स्थानीय तहमा छिटै काम सुरु हुने उनले बताए ।

आयोगले प्रदेश १ का ताप्लेजुङ, पाँचथर इलाम, धनकुटा भोजपुर, झापा, मोरङ सुनसरी र उदयपुरका स्थानीय तहसँग सम्झौता गरेको छ । ती स्थानीय तहमा जग्गा उपलब्ध गराउनुपर्ने भूमिहीन तथा सुकुमबासीको संख्या पनि सार्वजनिक गरेको छ ।

आयोगका अनुसार ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा ३६, पाँचथरको हिलिहाङ गाउँपालिकामा तीन सय ८५, इलामका माङसेबुङमा दुई हजार तीन सय २०, इलामको माई नगरपालिकामा चार हजार एक सय ९५ र धनकुटाको धनकुटा नगरपालिकामा चार सय ७०, परिवारलाई जग्गा उपलब्ध गराउनु पर्नेछ ।

त्यस्तै, झापाको कन्काई नगरपालिकामा चार हजार पाँच सय ५३, गौरादह नगरपालिकामा चार हजार नौ सय ९२, दमक नगरपालिकामा पाँच हजार तीन सय ५१, कमल गाउँपालिकामा चार हजार पाँच सय ४७, झापा गाउँपालिकामा चार हजार २५, बाह्रदशी गाउँपालिकामा ६ सय ९६ र हवल्दीबारी गाउँपालिका दुई हजार नौ सय ८५ परिवार सुकुमबासी रहेका छन् ।

मोरङको उर्लाबारी नगरपालिकामा पाँच हजार ४४, पथरीशनिश्चरे नगरपालिकामा नौ हजार पाँच सय, बेलबारी नगरपालिकामा ६ हजार ६१, रंगेली नगरपालिकामा ११ हजार नौ सय २३, लेटाङ नगरपालिकामा चार हजार चार सय ४५, कानेपोखरी गाउँपालिकामा चार हजार एक सय ७४ र मिक्लाजुङ गाउँपालिकामा तीन हजार ६ सय ४२ सुकुमबासी रहेको आयोगले जनाएको छ ।

यसैगरी, सुनसरीको धनरान उप–महानगरपालिकामा आठ हजार एक सय १०, बराहक्षेत्र नगरपालिकामा आठ हजार चार सय सात, उदयपुरको त्रियुगा नगरपालिकामा १८ हजार चार सय दुई, उतरपुरगढी गाउँपालिकामा सात हजार र चौदण्डीगढी नगरपालिमा ११ हजार एक सय २६ परिवारलाई जग्गा उपलब्ध गराउनुपर्ने जनाएको छ ।

सुनसरीकै कटाहरी नगरपालिकामा १० हजार दुई सय ९५, बेलका नगरपालिकामा १० हजार आठ सय ४३ घरपरिवार सुकुमबासी रहेका छन् । भोजपुरको हतुवागढी गाउँपालिका तथा झापाको बुद्धशान्ति गाउँपालिकाको तथ्यांक सार्वजनिक गर्न बाँकी रहेको छ ।

सुकुम्बासी समस्या समाधानका लागि पटक–पटक आयोग बने पनि काम नभएको आयोगका अध्यक्ष देवी ज्ञवालीले बताए । अब भने सुकुमबासी समस्या समाधान हुने उनको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies