Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

१० लाखसम्मका योजना कार्यान्वयन टोल विकास संस्था मार्फत गर्ने

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले रु १० लाखसम्मको योजना कार्यान्वयन टोल विकास संस्था मार्फत गर्ने निर्णय गरेको छ । स्थानीयवासीको अपनत्व सिर्जना गर्न गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ को शुरुमा प्रत्येक वडामा संस्था गठन गरेको थियो । टोल क्षेत्रको विकास र समृद्धिका लागि गाउँपालिकाले अहिले सोही संस्थालाई उपभोक्ता समितिको मान्यता दिइएको योजना कार्यान्वयन गर्दै आएको छ ।

विकास निर्माणका काम गर्नलाई गठन भएका उपभोक्ता समिति विनाअनुमतिपत्रका ठेकेदार बनेको तथा योजना सञ्चालनप्रति जवाफदेही र उत्तरदायी बन्न नसकेको आरोप लाग्न थालेपछि गाउँपालिकाले संस्था गठन गरेको गाउँपालिकाले जनाएको छ ।

टोल क्षेत्रको विकास र समृद्धिका लागि स्थानीय समुदायकै अपनत्व सिर्जना गर्न टोल विकास संस्थालाई उक्त जिम्मेवारी दिएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए । अधिकार र दायित्व दुवै जिम्मेवारी बोकेको टोल विकास संस्थामार्फत काम गर्दा उपभोक्ताको हितमा हुने निष्कर्षसहित संस्थालाई उपभोक्ता समितिको मान्यता दिइएको उनले जानकारी दिए ।

गाउँपालिकाले संस्था गठन तथा परिचालनसम्बन्धी कार्यविधि नै बनाएर प्रत्येक वडामा संस्था गठन गरेको छ । सकेसम्म सर्वसहमति र सहमति नभए निर्वाचनको प्रक्रिया अपनाएर संस्था गठन गर्ने कार्यविधिमा उल्लेख छ । गठित समितिलाई उपभोक्ता समितिको हैसियत प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । सिरिजङ्घाका आठ वडामा ७२ वटा टोल विकास संस्था निर्माण भएको छ ।

सोही संस्थामार्फत १० लाखसम्म बजेट भएका योजना धमाधम कार्यान्वयन भइरहेको उनले बताए । दलीय, जातीय, भाषिक, वर्गीय, क्षेत्रीय र लैङ्गिकताको प्रतिनिधित्व भएको संस्था भएकाले उपभोक्ता समितिको मान्यता दिन पनि सहज भएको गाउँपालिकाले जनाएको छ ।

संस्थाको खाता सञ्चालन पद्धतिदेखि लेखा व्यवस्थापनसम्मका काममा गाउँपालिका आफैँले नियमित नियमन र अनुगमन गर्नुपर्ने जनाइएको छ । संस्थामार्फत योजना कार्यान्वयन गर्दा वित्तीय तथा भौतिक सबै प्रगति पारदर्शी हुने पनि गाउँपालिकाको विश्वास लिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE