सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको छ । चौध दिनसम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतबार गरिएको परीक्षणमा कोरोना नभएपछि उनीहरुलाई डिस्चार्ज गरिएसँगै याल्वाङ कोरोना सङ्क्रमण मुक्त बनेको हो ।
मङ्सिर ११ गते नौ र आइतबार ४४ गरेर ५४ जना कोरोना सङ्क्रमित विद्यार्थीको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएसँगै नाम्खा गाउँपालिका कोरोनामुक्त पालिका बनेको सिआइसिटी सदस्य तथा मुचु स्वास्थ्यचौकीका एचए पेमा छुकी लामाले जानकारी दिए ।
आइसोलेसनमा बसेका सबैको रिपोर्ट नेगेटिभ आएपछि याल्वाङको महाबौद्ध माध्यमिक विद्यालयको होस्टेलमा बस्ने विद्यार्थी घर फिर्ता भएका छन् भने धार्मिक विद्यालय गुम्बामा अध्ययनरत विद्यार्थी सोही गुम्बामै रहेको लामाले जानकारी दिए ।
याल्वाङमा कोरोना सङ्क्रमण लक्षणका बिरामी नभएपछि आइतबारबाट यो सङ्क्रमण बिरामी शून्य बनेको याल्वाङ स्वास्थ्यचौकीका इञ्चार्ज ग्याछु लामाले जानकारी दिए । आइतबार डिस्र्जाच भएका ५४ जनाको सम्पर्कमा आएका कोही कसैमा यो सङ्क्रमणको लक्षण नदेखिएको र यदि देखिएमा परीक्षणको दायरालाई बढाउने इञ्चार्ज लामाले बताए ।
केही दिन अगाडि वडा नं ४ को ठूलो जनसङ्ख्या रहेको समुदायस्तरमा कोरोना परीक्षण गर्दा कोही कसैमा नदेखिएको हो । महाबौद्ध याल्वाङका तीन कर्मचारी र ३२ विद्यार्थीसहित ३५ सङ्क्रमित तथा धार्मिक विद्यालय गुम्बाका १९ विद्यार्थी गरेर ५४ जना डिस्चार्ज भएका हुन् । दुई कोरोना सङ्क्रमितलाई काठमाडौँ लगिएको छ ।
नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक सविना बोहरा, याल्वाङ स्वास्थ्यचौकी इञ्चार्ज ग्याछु लामा, एचएहरू पेमा छुकी लामा, गोरा भण्डारी र लोग बोहरा, ल्याब असिस्टेन्ट छेदेन लामा, छिरिङ लामा, मन्दिरा शाही र गाउँपालिकालगायतका स्वास्थ्यकर्मीको अथक प्रयासपछि कोरोना नियन्त्रणमा आउनुका साथै आइतबारदेखि उक्त गाउँपालिका सङ्क्रमण मुक्त बनेको हो । ससो गाउँपालिकामा जिल्ला ल्याब टेक्निसियन बलिराज भण्डारी नियमित दटेका थिए ।
उत्तरी नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमण पहिलोपटक कात्तिक २२ गते देखिएको थियो । कात्तिक २४ गते चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । चार जनामा देखिएको सङ्क्रमण फैलिएर ५६ जनामा सरेको थियो । हुम्लामा पहिलोपटक असोज ३ गते यो सङ्क्रमण देखिएको थियो । हालसम्म ६६ जना सङ्क्रमित देखिएका छन् । अब हुम्लामा जिल्ला अस्पतालका कार्यरत एक जना चिकित्सक मात्रै सङ्क्रमित छन् । अन्य सबै सङ्क्रमणमुक्त बनेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: