Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

चापाकोटमा सामूहिक केराखेती शुरु

वालिङ । स्याङ्जाको चापाकोटमा सामूहिक केरा खेती शुरु गरिएको छ ।

स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी केराको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले सामूहिक केरा खेती शुरु गरिएको हो । चार जना किसानले सामूहिक केराखेती थालेका हुन् ।

एक्लाएक्लै भन्दा सामूहिक रुपमा ज्ञान सीप आदानप्रदान गर्दै काम गर्दा सहजता हुने र लगानीमासमेत साझेदारी हुने भएकाले सामूहिक रुपमा केराखेती थालेको सञ्चालक गोपालप्रसाद घिमिरेले बताए । केराखेतीको सम्भावना राम्रो देखेर आम्दानीको रुपमा विकास गर्नका लागि चापाकोट–९ सुन्तलीटार निर्दिममा स्थानीयवासी गोपालप्रसाद घिमिरे, गङ्गाधर ज्ञवाली, मोहोनीलाल घर्ती र भूपराज घर्ती मिलेर गत वर्षदेखि ‘बीएफएफ बहुउद्देश्यीय कृषि फार्म’ दर्ता गरी व्यवसाय थालेका हुन् ।

“बन्दाबन्दी भन्दा अगाडिको समयमा भारतबाट एक हजार ५०० केराका बेर्ना ल्याएर नर्सरी गयौं” सञ्चालक घिमिरेले भने, “बन्दाबन्दीका समयमा बेर्ना तयार भएपछि लगायौं, अहिले उत्पादन दिन थालेको छ ।” समूहले वार्षिक ५० हजारका दरले २० रोपनी जग्गा भाडामा लिएर सामूहिक खेती थालेको सञ्चालक मोहोनीलाल घर्तीले बताए ।

“अहिले १५ रोपनी क्षेत्रफलमा एक हजार ५०० केराका बोट छन्”, उनले बताए, “अब बाँकी रहेको पाँच रोपनी क्षेत्रफलमा पनि केराका बोट थप गर्ने तयारी भइरहेको छ ।” रु सात लाखको लगानीमा थालिएको व्यवसायबाट पाँच वर्षसम्म आम्दानी लिन सकिने सञ्चालकको भनाइ छ ।

“पानी तानेर सिँचाइ गर्नुपर्ने भएकाले यसको व्यवस्थापनमा पहिलो चरणमा खर्च भएको छ, आगामी वर्षमा खर्चमा कटौती हुने र नाफा बढ्दै जाने छ”, सञ्चालक घर्तीले भने । केरा बिक्रीबाट वार्षिक रुपमा रु चौध लाखका दरले पाँच वर्षमा रु सत्तरी लाख आम्दानी गर्ने दाबी सञ्चालकको छ ।

“यस समूहमा हामी सबै जना ५० वर्षभन्दा माथिका मात्रै संलग्न भई काम गरेका छौं”, सञ्चालक घिमिरेले भने, “युवाले पैसा कमाउनका लागि विदेशको विकल्प नदेखिरहेको अहिलेको अवस्थामा स्वदेशमै काम गर्न सके र बाँझो जमिनलाई सदुपयोग गर्न सकेको खण्डमा आम्दानीको स्रोत यहीँ छ भनेर उनीहरुलाई अभिप्रेरित गर्नका लागि पनि सहयोगी हुने विश्वास लिएको छु ।”

‘जी नाईन’ जातका केराका बिरुवा रहेको फार्ममा उत्पादन भएका केरा बिक्रीका लागि बजारको कुनै समस्या नरहेको सञ्चालक ज्ञवालीले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: