Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

२० वर्षपछि बेलकोटगढीमा बन्यो प्रहरीको आफ्नै भवन

त्रिशूली । सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका प्रहरी एकाइको पुनःनिर्माणअन्तर्गत बेलकोटगढी नगरपालिका–६ मा अवस्थित प्रहरी चौकी झिल्टुङको नयाँ भवन निर्माण भएको छ । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको समयमा चौकी छाडेर प्रहरी जिल्लामा केन्द्रित भएपछि खाली भवनमा बम प्रहारबाट क्षति पुगेको २० वर्षपछि आफ्नै भवन बनेको छ । नयाँ भवनको मङ्गलबार वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्दै प्रदेश मातहतका प्रहरी युनिटमा पर्याप्त दरबन्दी, आवश्यक भौतिक संरचना र समयसान्दर्भिक तालिमको प्रबन्धमा कुनै कमी हुन नदिने बताए ।

वाग्मती प्रहरी प्रमुख वसन्तकुमार लामाले सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका भौतिक संरचना पुनःनिर्माण अन्तिम चरणमा पुगेको र प्रदेशभित्रका सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना गरिएको बताए । वाग्मती प्रदेशमार्फत प्राप्त रु एक करोड ८७ लाख लगानीमा निर्माण गरिएको प्रहरी चौकी महिलामैत्री, अपाङ्तामैत्रीसहितको कार्यालय र ब्यारेक भवन रहेको जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) तुलबहादुर कार्कीले जानकारी दिए । उनको अनुसार भवनमा प्रहरी युनिटको लागि आवश्यक कार्यकक्षसहित बहुविपद् प्रतिरोधी भवनमा विभिन्न नौवटा कोठा रहेका छन् ।

प्रहरी चौकी झिल्टुङ स्थापनाको समयमा साविक दुईपिपल गाविसको मुकाम रहेको स्थान डबलीमा भए पनि चौकीमा क्षति पुगेपछि पुनःस्थापनाको क्रममा स्थानन्तरण गरेर घ्याम्पेस्थित भाडाको घरबाट सञ्चालन गर्दै सोही स्थानमा नयाँ भवन बनाइएको हो । नयाँ भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने बेलकोटगढी नगरपालिका–६का गोपीप्रसाद घिमिरे र उत्तरकुमार घिमिरेलाई प्रंशसापत्रले सम्मान गरिएको छ । सशस्त्र युद्धको समयमा क्षति पुगेका प्रहरी युनिटको पुनःनिर्माणअन्तर्गत किम्ताङ प्रहरी चौकीको पनि निर्माण सम्पन्न भएकाले आज उद्घाटन गर्न लागिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies