महोत्तरी । महोत्तरीका उखु किसान दीपावली (तिहार) पर्वको मुखमा धमाधम उखु पेल्न लागेका छन् । दीपावली र लगत्तै आउने छठ पर्वमा मिठ्ठा (सक्खर)को माग निकै हुने बेला पारेर किसान उखु पेल्न जुटेका हुन् ।
अहिले घरमा पेलिएको उखुको सक्खर आम उपभोक्ताको रोजाइमा पर्ने भएपछि किसानको यस काममा व्यस्तता बढेको हो । जिल्लाको बर्दिबास, भङ्गाहा, गौशाला र औरहीसहित उखु खेती निकै गरिने नगरपालिका क्षेत्रका बस्ती÷बस्तीमा अहिले घरघरैजसो तुर्पिन (उखु पेल्ने उपकरण) चलिरहेका भेटिन्छन् ।
“अहिले चाडपर्वले मिठ्ठाको माग निकै छ, त्यसैले तत्काल नगद हात पर्ने हुँदा उखु पेल्न थालिएको हो”, भङ्गाहा–४ प्रेमनगरका किसान सुफल महतोले भने, “अन्य बित्दो खेतीको काम नभएको र चाडपर्व मनाउन तत्काल नगद पाइने हुँदा उखु पेल्न लागेका हौँ ।” चिनी मिल (उद्योग) को चलान कहिले खुल्ने टुङ्गो नहुने र भुक्तानी पनि समयमा नपाउने भएपछि उखु पेल्न थालिएको किसानको भनाइ छ ।
अहिले बर्दिवास नगरपालिकाका किसाननगर, मनहरिपुर, कृष्णपुर, फूलबारीटोल, बिजलपुरा, खजुरिया, पशुपतिनगर, हाथीलेट र प्रेमनगरसहितका बस्तीमा आम किसानलाई उखु पेल्ने चटारो देखिँदैछ । दीपावली मुखमै आइसकेको र पर्वअघि मिठ्ठा बजार पुर्याउन सके अपेक्षित मूल्य पाइने किसान बताउँछन् । भङ्गाहाको प्रेमनगर, रामनगर, टोकाटोल, राजपुर, भूचक्रपुर र सीतापुर धतीयाटोलका घरघरै पनि अहिले उखु पेल्ने तुर्पिन चलिरहेका छन् ।
यस्तै औरहीका बस्ती र एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज रहेकै गौशाला नगरपालिकाको रामनगर बस्तीमा पनि आम किसान उखु पेल्न र रस पकाएर सक्खर बनाउन व्यस्त देखिएका छन् । गौशालामा उखु खेती निकै गरिने इटाटार, रजखोर, भरतपुरखोर, कालीपुर, बटुवा, लक्ष्मीनिंयाँ, पडरिया र कान्तिबजार बस्तीमा पनि उखु पेल्ने धमाधमले छोपेको देखिन्छ । दीपावली र छठलाई केन्द्रित गरी बनाइएको मिठ्ठा (सक्खर) राम्रो मूल्यमा बिक्ने हुनाले उखु पेल्ने अहिलेको मुख्य काम बनेको गौशालाको बटुवा बस्तीका किसान लक्ष्मीप्रसाद कुशवाहाले बताए ।
केही वर्ष पहिलेसम्म १० हजार हेक्टरमाथि पुगेको उखु खेती पछिल्ला तीन वर्षयता क्रमशः घट्दै गएको छ । एकपटक लगाएपछि कम्तीमा दुई बाली लिन पाइने उखु खेती नगद आर्जनको राम्रो स्रोत भए पनि चिनी उद्योगहरुले भुक्तानीमा निकै झुलाउन थालेपछि घट्दै गएको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए । यसपालि खुट्टी (दोस्रो वर्षको बाली) तीन हजार हेक्टरको आसपास र मुडन (पहिलो वर्ष लिने उत्पादन) दुई हजार हेक्टरभन्दा तल झरेको कुशवाहाको भनाइ छ ।
“उखु खेती गर्न अग्रिम रकम नपाइने, उखु कटानको ठिक समयमा चलान नपाउने र मूल्य निर्धारण एवं भुक्तानीमा बर्सेनि लामो उल्झन हुन थालेपछि किसानको जाँगर मरेको छ”, अध्यक्ष कुशवाहाले भने, “यिनै कारणले किसान अन्य वैकल्पिक खेतीतिर लागेका र भएको उखु पनि आफैँ पेल्न थालेका हुन् ।”
जिल्लामा उखु खेतीका लागि उपयुक्त उर्वर माटो र वातावरण भए पनि यसका लागि राज्य र चिनी उद्योगहरुले किसानलाई उत्साहित बनाउन नसकेको आम किसानको गुनासो छ । किसानलाई उत्साहित बनाउने योजना बन्नसके जिल्लामा उखु खेती फस्टाउने प्रशस्त सम्भावना रहेको सङ्घको ठम्याइ छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: