Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

च्याउको बीउ उत्पादनमा वृद्धि

कञ्चनपुर । व्यावसायिक रुपमा च्याउ खेती गर्ने किसानको मागलाई ध्यानमा राख्दै बेदेकोट नगरपालिकाको सुन्दरपुरमा रहेको बाली संरक्षण प्रयोगशालाले कन्ने जातको (वस्टर) च्याउको बीउ उत्पादनमा जोड दिएको छ । अन्यत्रबाट बीउ ल्याएर च्याउ खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि प्रयोगशालाले यस वर्ष १० हजार पोका च्याउको बीउ उत्पादन गर्ने लक्ष्य लिएको छ ।

हालसम्म प्रयोगशालाले पाँच हजार पोका च्याउको बीउ उत्पादन गरेको छ । उत्पादन भएको बीउमध्ये ८०० जति पोका किसानलाई बिक्री गरेको छ । तयार गरिएको एक हजार पोका च्याउको बीउ समेत वितरण गर्ने तयारी गरिएको छ । प्रयोगशालाले उत्पादन गरेका २०० ग्रामको च्याउको बीउको पोकालाई रु ३२ मा बिक्री गरिरहेको छ । “खेती गर्ने किसान बढेपछि च्याउको बीउको माग धेरै आएको छ” प्रयोगशालाका प्राविधिक प्रेमराज न्यौपानेले भने, “किसानको मागलाई मध्यनजर गर्दै बीउको गुणस्तर र उत्पादनलाई बढाएका छौँ ।”

प्राविधिकका अनुसार च्याउको बीउ बनाउने प्रक्रिया पूरा गर्न १० देखि १४ दिन लाग्ने गर्दछ । तयार गरेको बीउ २० दिनसम्म भण्डार गर्न सकिन्छ । प्रयोगशालाले २०५९ सालदेखि कन्ने जातको च्याउको बीउ तयार गरी किसानलाई उपलब्ध गराउँदै आएको छ । च्याउको बीउको माग सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट आएको छ ।

वातावरण अनुकुल बनाइएका प्लाष्टिकका टनेलमा बाह्रै महिना च्याउको उत्पादन हुन सक्दछ । पहिला चिसो मौसममा मात्रै च्याउको उत्पादन हुदै आएकामा हाल बाह्रै महिना च्याउको व्यावसायिक उत्पादन समेत हुन थालेपछि च्याउको बीउको माग अधिक आउन थालेको हो । च्याउबाट भिटामिन ‘ए’, रक्तचाप नियन्त्रण गर्ने तत्व सँगै क्याल्सियम प्रसस्त मात्रामा पाइने गर्दछ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending